April 18, 2021, Sunday

कुर्सी काण्ड, भारतसँग लड्ने, सीमामा काँडेतार लगाउने र २५ वर्ष अघिको कारबाही फिर्ता लिने प्रस्ताव नेकपा बैठकमा

काठमाडौं । सत्तारुढ नेकपाको असार १० गतेदेखि चलेको स्थायी कमिटी बैठकमा कुर्सी काण्डले निकै हंगामा मच्चाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकारी सुविधा उपभोग गर्दै वसेको नेकपा स्थायी कमिटीको बैठकमा कुर्सी काण्डले नेतृत्व बर्गको चरम आलोचना हुन थालेको छ ।

बैठकको अग्रभागमा रहेको मञ्चमा पार्टीका सचिवालय सदस्य ९ जनाको लागि दर्शकदीर्घा जस्तै गरी बनाइएको हलमा ३५ जना सदस्य उपस्थित थिए । मञ्चमा रहेका नौ जना सचिवालय सदस्यहरुमा अध्यक्षद्धय ओली र दाहालको आशन भने सचिवालयका अन्य सात सदस्यभन्दा अघि थियो । आशनको लागि पनि अध्यक्षद्धय ओली र दाहाललाई सोफासेट थियो भने अन्य सात जना शर्षि नेतालाई कुर्सीमा अध्यक्षहरुको भन्दा पछि राखिएको थियो ।

कम्युनिष्ट पार्टीको बैठकमा यसरी अध्यक्षलाई भने अन्य सदस्यभन्दा फरक देखिने गरी आसनको व्यवस्था गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले बिद्रोही स्वभावमा अध्यक्षद्धयको हुर्मत लिएका थिए ।

उनले सचिवालयका अन्य सदस्यभन्दा अध्यक्षद्धयको आसन अघि राखिएको, अन्यलाई कुसीको तर अध्यक्षलाई सोफोसेट राखिएको भन्दै आपत्ति जनाएका थिए । नेपालपछि भीम रावलले कम्युनिष्ट पार्टीको बैठक असमानता र विभेद किन ? भनी प्रश्न गरेका थिए ।

अर्की नेतृ अष्टलक्ष्मी शाक्यले कम्युनिष्टको बैठकमा पनि विभेद र सामन्तवादी सोच, संस्कार शैली देखिएको भन्दै आलोचना गरेकी थिइन् । नेताहरुलाई अपमान हुने गरी अध्यक्षद्धयलाई मात्र सोफाको व्यवस्था गरिएको भन्दै आलोचना भएपछि बैठकको अध्यक्षता गरिरहेका प्रचण्डले सोफासेट हटाएर कुर्सी राख्न लगाएका थिए । नेपालल यसअघि नै अध्यक्षद्धयकै लहरमा पछिबाट कुर्सी ल्याएर बसेका थिए ।

नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै नेता मणी थापा र पोष्टबहादुर बोगटीले भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक भूमि वार्ताकै माध्यमद्धारा फिर्ता लिन नमाने युद्धको विकल्प नभएको बताए थिए । उनीहरुले भारतसँग वार्ताको माध्यमलले सफलता नपाए युद्धको तयारीममा जुट्नु पर्नेमा जोड दिए ।

अर्का नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणी पोखरेल लगायतले भारतसँगको नेपालको सीमानामा काँडेतार र पाँच मिटर अग्लो पर्खाल लगाउनु पर्ने सुझाव दिएका थिए ।

उता सचिवालयका सदस्य समेत रहेका नेता वामदेव गौतमले २५ वर्षअघिको घटनालाई उप्काउँदै २०५२ साल माघमा आफूसहित १६ जनालाई गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । गौतमले त्यसबेला आफूसहित १६ जना केन्द्रीय सदस्यहरुले महाकाली सन्धीको विरोध गरेको भन्दै सन्धी गर्दा महाकालीको मुहाना किटान गर्नु पर्ने माग गरेको स्मरण गराए ।

उनले आज आएर हाम्रै सरकारले महाकाली नदिको मुहान लिम्पियाधुरा हो र त्यसपूर्वका लिपुलेक, कालापानीको भूभागलाई नेपालको बास्तविक भूभाग मानेर नक्सा प्रकाशन गरिएपछि आफूहरुको अडान ठिक भएको वताएका थिए ।

टनकपुर, महाकालीसहित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना सम्झौता संसदबाट अनुमोदन गराउँदा त्यसको विपक्षमा मत दिने गौतमसहित १६ जनालाई पार्टीले कारबाही गरेको थियो । त्यसवेला पार्टीको अध्यक्ष रहेका मनमोहन अधिकारीको निधन भइसकेको छ भने महासचिव माधवकुमार नेपाल अहिले पार्टीको बरिष्ठ नेता छन् ।

त्यसवेला गौतमसहित कारबाहीमा परेकी साहना प्रधान र प्रेमसिंह धामीको निधन भइसकेको छ भने सीपी मैनाली, असोक कुमार राई, देवीप्रसाद ओझा, धनहर्क राई, हर्क चेम्जोङ नेकपामा छैनन् । गौतम लगायतका नेताहरुले २०५२ साल माघमा भएको टनकपुर सम्झौतालाई संसदबाट अनुमोदन गराउँदा साथ नदिएपछि कारबाही गरिएको थियो र फागुन २१ गते नेकपा माले गठन गरेका थिए ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ असार १५, १३: ५३: ११

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ असार १५, १३: ५३: ११

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ असार १५, १३: ५३: ११

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP