April 23, 2021, Friday

घुमुवा प्रहरीका कारण बद्नाम हुँदै प्रहरी संगठन

काठमाडौ । नेपाल प्रहरीको हरेक युनिट सम्हाल्दै आएका अधिकृतले सुक्ष्म ढंगले सूचना संकलनको लागि गोप्य रुपमा आफूले खटाउने गरेका प्रहरी, जसलाई घुमुवा प्रहरी भनिन्छ, का कारण बद्नामी कमाउन थालेका छन् ।

सुक्ष्म र सही सूचना प्राप्त गर्नको लागि प्रहर िअधिकृत सिभिल पोशाकमा खटाइने यसता प्रहरीहरुले सूचना भन्दा पनि प्रहरीका हाकिमको विश्वास पात्र भएको धम्की दिएर रकम असुल्ने गरेका छन् । प्रहरीका हाकिमलाई रकम संकलन गर्ने माध्यम बनेका यस्ता घुमुवाको नियन्त्रण, नियमन र निरिक्षण प्रहरी प्रधान कार्यालय र सचिवालयबाट बेला बेलामा हुने गरे पनि त्यसको कार्यान्वयन क्षणिक रुपमा मात्र हुने गरेको छ ।

हालै मात्र महानगरीय प्रहरी परिसर काठमाडौंका घुमुवा हवल्दार धिरेन बिष्ट र सिपाही विक्रम चन्द १० लाख रुपैयाँ लुटपाटमा बुधबार पक्राउ परेपछि घुमुवा प्रहरीको बद्नाम झन बढेको हो । प्रहरीका हाकिमहरुले घुमुवा राखी असुली गर्ने प्रचलन हटाउन कुवेरसिंह राना आइजीपी हुँदा प्रयत्न गरे पनि पूर्ण रुपमा त्यो लागू हुन सकेन ।

सूचना संकलन गर्ने प्रहरीहरु नै रकम असुलीमा परिचालित हुँदा नेपाल प्रहरीको छविमा कालो दाग लाग्ने गरेको छ । यस्ता घुमुवा सूचना संकलन नगरी लुटपाट र असुलीमा मात्र केन्द्रित हुने गरेका कारण बद्नाम भएका हुन् ।

आइजीपी सचिवालयका तत्कालीन डीआइजी विज्ञानराज शर्माले मध्यक्षेत्रदेखि तराईका जिल्लाका घुमुवाहरुलाई काज सरुवा गरी पहाडमा पठाएका थिए । रमेश खरेल सचिवालयमा हुँदा पनि २ बर्षभन्दा बढी समय कार्यरत सबै घुमुवालाई सरुवा गरी पहाडतिर पठाए । तर शर्मा र खरेल सचिवालयबाट अन्यत्र सरुवा भएको ३–४ महिनामा ती घुमुवाहरु पुन त्यही जिल्लामा गएर असुलीमा लागेका थिए ।

पूर्वआइजीपी सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाटै कृष्णदेव साहको नेतृत्वमा तराईमा घुमुवा परिचालन गरी अतिरिक्त असुली गर्ने गरेको आरोप लागेको थियो । साहको नाम त्यतिबेला चर्चामा आयो, जुनबेला उनी सर्लाहीको बागमति गाउँपालिकामा खटिए र विप्लव माओवादीका एक जिल्ला कार्यकर्ता उनी त्यहीँ भएको बेला मारिए ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका असई नवीनकुमार थापा असुलीका सबै तौरतरिका थाहा भएकाले जो एसपी आए पनि त्यहीँ बस्ने गरेका थिए । एसपी सुशीलसिंह राठौरले अहिले पनि उनैलाई विश्वास गरेर घुमुवाको जिम्मेवारी दिएका थिए । थापाले लागूऔषध कारोबारीहरुसँग समेत घुुुस असुली गर्ने गरी संरक्षण गरेको आरोप प्रहरी भित्रैबाट लाग्ने गरेको छ ।

प्रहरीका एसपीका लागि स्वर्ग मानिएको पर्षाकी एसपी गंगा पन्तले रविभूषण यादवलाई घुमुवा राखेकी छन् । तस्करी, केरियरदेखि सबैतिर यादवले नै चाँजोपाँजो मिलाउँछन् । महोत्तरीमा सिपाही धर्मेन्द्र यादवलाई घुमुवा राखी यसअघिका एसपी श्यामकृष्ण अधिकारीले पनि यथेष्ठ आम्दानी गरिसकेका छन् ।

बारामा सई उपेन्द्र साह जिप्रकाका एसपीका घुमुवा हुन । एसपी कृष्ण पँगेनीले साहलाई नै घुमुवाको जिम्मेवारी दिएका छन् । सर्लाहीका एसपी विश्वमणि पोखरेलले हवल्दार बैजु यादवलाई घुमुवामा राखेर आम्दानी बढाएका छन् ।

चितवनका हरेक एसपीले असई सीताराम खतिवडालाई घुमुवाका रुपमा राख्ने गछृन । एसपी नान्तिराज गुरुङले खतिवडालाई नै जिम्मेवारी दिएका छन् । असुली धन्दामा पोख्त खतिवडा अहिले पनि घुमुवा नै छन् ।
धनुषाका एसपी रमेश बस्नेतले सई रामरेख यादवको नेतृत्वमा घुमुवा टोली परिचालन गरेका छन् ।

कमाई हुने जिल्लाका एसपीका घुमुवाहरुको सम्पत्तिमात्रै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्ने हो भने राज्यले करोडौंको स्रोत बिनाको सम्पति प्राप्त गर्न सक्छ । घुमुवाहरु नै करोडपति भएका छन् भने सुगम जिल्लाको नेतृत्व लिएका प्रहरीका उपरिक्षकहरुले कति सम्पती जोडेका होलान, स्वतः अन्दाज गर्न सकिन्छ ।

पर्साका यसअघिका एसपी सोमेन्द्रसिंह राठौरले इन्स्पेक्टर अलिअख्तर अन्सारी, सई विदुर शिवाकोटी र सिपाही सुरेन्द्रबहादुर कार्कीलाई अपराध महाशाखाबाट आफूसँगै लगेका थिए ।

आइजीपी ठाकुर ज्ञवाली बाराको एसपी हुँदा असई उपेन्द्र साह घुमुवा थिए । उनीपछिका हरेक एसपीको पालामा उनी घुमुवाका रुपमा जिल्लाभर तस्करीदेखि विभिन्न क्रियाकलाप गर्नेहरुसँग असुली गर्ने मौका पाए । सई बढुवापछि उनी घुमुवाकै रुपमा बारामै पदस्थापन भए ।

प्रद्युम्न कार्की २ नम्बर प्रदेशको डीआइजी भएपछि बद्नाम घुमुवालाई सरुवा गर्न थाले । त्यसक्रममा उनले सई उपेन्द्र साहलाई गणमा सरुवा गरे । तर ठाकुर ज्ञवाली आइजीपी हुनासाथ साहले उनलाई फोन गरी बारामै पठाउन आग्रह गरे बमोजिम त्यहीँ फर्किए ।

धिरजप्रताप सिंह २ नम्बर प्रदेशमा सरुवा हुनासाथ आइजीपी ज्ञवालीले साहलाई बारामै फर्काउन आदेश दिए । अहिले साह बारा प्रहरीका घुमुवाका रुपमा अतिरिक्त असुलीमा रात दिन क्रियाशिल छन् ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ असार १५, १३: ५५: ५६

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ असार १५, १३: ५५: ५६

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ असार १५, १३: ५५: ५६

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP