May 14, 2021, Friday

‘प्रधानमन्त्रीमा बसीरहन मन छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन नभएको बताएका छन् ।

स्वर्गीय मदन भण्डारीको ६९औं जन्मदिनका सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता ओलीले यस्तो धारणा राखेका हुन् ।

ओलीले आफू पदमा, सरकारमा बसिरहन मन नभएको बताए पनि यतिबेला आफूँ हटेमा नेपालको पक्षमा कोही पनि नबोल्ने ठोकुवा पनि गरे ।

ओलीले भने, ‘यदी म पदबाट हटेँ भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन, किनभने भोलिपल््ट बर्खास्त ?’ उनले आजका लागि नभइ भोलिका लागि र आफ्ना लागि नभइ देशका लागि केपी ओलीको सरकार भएको दाबी गरे ।

उनले पार्टी र संसदीय दल यस्तो बहकावमा कुद्नेवाला
नभएको जनाउँदै भने, ‘हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्तो बहकावमा कुद्नेवाला पनि छैन । यति कुरा नबुझ्ने अन्जान खेलमा सामेल हुनेवाला पनि छैन । यसको अगुवाइमा अहिलेका परिवर्तन भएका हुन । यसको पृष्ठभूमिमा जननेता मदन भण्डारीको स्पष्ट विचारबाट निर्देशित भएर यो पार्टी चलेको छ,’ ओलीले भने ।

ओलीले संसदको स्पष्ट दुई तिहाइ हिस्सा जननेता मदन भण्डारीको विचारबाट निर्देशित भएर अगाडि बढेको बताए । उनले यो भनी रहँदा पूर्वमाओवादी अहिले पार्टीमा अल्पमतमा रहेको संकेत पनि गरे ।

अर्को प्रशंगमा प्रधानमन्त्री ओलीले नयाँ नक्सा प्रकरणपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिले हटाउन लागिपरेको पनि स्वीकारे । ओलीले चीनसँग पारवहन सम्झौता गरेपछि पहिलो कार्यकालमा राजीनामा दिन बाध्य पारिएको पनि दाबी गरे ।

‘अहिलेको अहिले केपी ओलीलाई नहटाई हुँदैन । पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो, हामीसँग बहुमत थिएन’ उनले भने । उनले अहिले पनि त्यही सपना देखिएको उनको भनाइ थियो ।

‘संविधान संशोधन भएर नक्सा जारी भयो । अब हटाइहाल्नुपर्छ, यस्तो अपराध गर्ने केपी ओलीलाई । बाहिरबाहिर भन्न नसक्ने, भित्रभित्र कुरा हो त्यो । यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउनुपर्छ’, उनले दाबी गरे ।

दिल्लीका सञ्चारमाध्यमहरू हेर्दा सबैकुरा थाहा हुने भन्दै उनले आफ्नो नेतृत्वको सरकार हटाउन राजदूतहरू सक्रिय भइरहेको, होटल–होटलमा गतिविधि भइरहेको दाबी गरे तर, कस्तो गतिविधि भइरहेको छ भनेर प्रस्ट पारेनन् ।

‘नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो’, ओलीले भने ।

एनले कसैले प्रधानमन्त्री बन्न हतार नगरे हुन्छ र आग्रहहरू नपाले पनि हुन्छ भन्दै पार्टीभित्रका असन्तुष्ट पक्षलाई घुमाउरो पारामा जवाफ दिएका थिए ।

ओलीले नक्सा छाप्ने र संविधानमा अंकित गर्ने कुरा ‘प्वाइन्ट अफ् नो रिटर्न हो’ भनेको स्मरण पनि गरे । ‘मैले भन्ने गरेको छु प्वान्ट अफ् नो रिटर्न नै गरेको हो ।

किनकि, यसअभियानबाट हामी फिर्ता नै हुँदैनौं । प्वाइन्ट अफ् रिर्टन राख्ने कुरै थिएन । प्वाइन्ट अफ नो रिर्टन, हामी हाम्रो भूमि फिर्ता लिन्छौं त्यसकारण प्वाइन्ट अफ् रिर्टन चाहिएन,’ प्रधानमन्त्री ओलीले भने ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको २०५० साल जेठ २ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । उनकै स्मृतिमा मदन भण्डारी फाउण्डेसन लगायतका संस्था खोलिएका छन् । स्वर्गीय भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी हाल मुलुकको राष्ट्रपति छिन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ असार १५, १३: ५८: ०५

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ असार १५, १३: ५८: ०५

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ असार १५, १३: ५८: ०५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP