May 18, 2021, Tuesday

ठुला मिडिया विरुद्ध महासंघ उर्लियो सडकमा

काठमाडौं । कोरोनाभाइरस माहामारीको कारण पेशाबाट निस्काशन गरिएका तथा पारिश्रमिकबाट बञ्चित श्रमजिवी पत्रकारको हितमा नेपाल पत्रकार महासंघले काठमाडौंको बबरमहलमा श्रमजिवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना गरेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताउँदै कोरोनाका कारण देखाउदै मिडियाका मालिकहरुले पत्रकारिता गरि बाच्न पाउने पत्रकारको अधिकार खोसेको बताए ।

उनले पत्रकारलाई जागिरबाट निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने गरेको भन्दै ति समस्या समाधानका लागि महासंघ भोलिदेखिनै त्यस्ता सञ्चारगृहमागई अनुगमनगरी निश्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलनगर्ने बताए ।

यस्तै महासंघका महासचिव रमेश विष्टले पत्रकारको श्रम शोषण गर्ने सञ्चारगृह बन्द हुदैमा जनता सूचनाको हकबाट बञ्चित नहुने बताउँदै पत्रकारको हितका लागि सबै पक्षलाई जानकारी गरेर मात्रै आन्दोलनमा आएको भन्दै सहज ढंगबाट श्रमजीवि पत्रकारको अधिकार स्थापित हुदै भने महासंघ टुलुटुलु हेरेर नबस्ने बताए ।

महासंघको पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडियाका मालिकहरुले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताए ।

प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकारहरुले हिजको दिनमा देशको स्वतन्त्रताका लागि लडेको भन्दै आज कोरोनाको बहानमा पत्रकारको पसिनाको परिश्रम नदिने मिडियाका मालिकलाई कुनैपनि वाहानामा नछोड्ने धारणा राखे ।

नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिंग्देलले कारोनाको बाहानमा पत्रकारलाई मिडियाका मालिकहरुले सडकमा ल्याएको भन्दै श्रमजीवि पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै हैन मिडियाका मालिकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिए ।

सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डितले जनतालाई सु–सूचित गर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिएका पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुःखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्ने बताईन् ।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले श्रमजीवि पत्रकारकालागि आफ्नो संगठनले पटक पटक आवाज उठाउदै आएको भन्दै मिडियाका मालिकहरुले नाफा कमाउदा महल बनाउने, घाटाको भागिदार श्रमजीवि पत्रकार हुनुपर्ने व्यवस्था खारेजी हुनुपर्ने भन्दै मिडियाका मालिकहरुलाई पत्रकारको श्रमको परिश्रमिक दिन माग गरे ।

लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले मिडियाका मालिकले पत्रकारको रोजीरोटि खोसेको भन्दै हिजो उहाँहरुले मिडिया खोल्दा कति सम्पति थियो, आज कति छ, त्यसको छानविन हुनुपर्ने धारणा राखे ।

क्रान्तिकारी संगठन नेपालका प्रतिनिधि धनन्जय बुढाले मिडियाका मालिकहरुले पत्रकारमाथि गरिएको श्रम शोषणका विरुद्र हिजोदेखि नै आफ्नो संगठन लागेको भन्दै महासंघको यस अन्दोलनमा ऐक्यवद्धता रहेको बताए ।

प्रगतिशिल पत्रकार संघका पूर्व अध्यक्ष नारायण शर्माले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयनकालागि बषौंदेखि आवज उठाइरहेको अवस्थामा आज त्यही मुद्दामा सबै पत्रकारको साझा मुद्दाका रुपमा लिएर आन्दोलन भइरहेकोमा त्यसमा आफ्ना संगठनको पूर्ण साथ रहने बताए ।

कान्तिपुर संयुक्त ट्रेड यूनियनका प्रतिनिधि अर्जुन पाठकले जसरी मिडिका मालिकहरुले श्रमजीवि पत्रकारलाई श्रमशोषणगरि सम्पत्ति कमाएका छन् त्यसको पर्दाफास गर्ने बेला आएको बताए ।

जनपत्रकार संगठनकी सचिव सृजना तिम्सिनाले मिडिया मालिकहरुले पत्रकारलाई प्रयोग गर्दै फाइदा उठाउने र संकटका बेला पत्रकारको घाउमा नुन छर्ने काम इतिहास देखि भइरहेको भन्दै त्यसबा बिरुद्ध कडा आन्दोलन आवश्यक रहेको बताईन् ।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७७ असार २१, १५: २१: ४७

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७७ असार २१, १५: २१: ४७

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७७ असार २१, १५: २१: ४७

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP