May 19, 2021, Wednesday

बर्षमान र जनार्दन लिएर बालुवाटार छिरे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड आइतबार बालुवाटार छिरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्नुअघि अध्यक्ष दाहालसहित पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । भेटलगत्तै बालुवाटार पुगेका अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच आइतबार छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीको राजीनामा मागसँगै देखिएको नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रचण्ड–नेपाल पक्ष भने पार्टी एकताको प्रयास भन्दै बालुवाटारको छलफलमा गएका थिए । त्यहाँ ओली र प्रचण्ड पक्षका तीन–तीन जना नेताहरु सहभागी भएका छन् ।

प्रचण्ड पक्षबाट ऊर्जामन्त्री समेत रहेका पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुन जनार्दन शर्मा सहभागी छन् । ओलीपक्षबाट भने महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका ओलीनिकट नेता शंकर पोखरेल छलफलमा छन् ।

यसअघि प्रचण्डले पार्टी फुटाउने काममा राष्ट्रपतिको संलग्नता नराख्न राष्ट्रपतिलाई सुझाव दिएका थिए । पार्टी एकतालाई जोगाउन आफूहरु लागि परेको बताउँदै राष्ट्रपतिसमक्ष उनीहरुले पार्टी एकतामा जोड दिएको दाबी गरेका छन् । नेकपा स्थायी कमिटिको बैठक सोमबारको लागि बोलाइएको छ ।

दुवै पक्षबीचको छलफलमा प्रचण्ड लाइनका वर्षमान र जनार्दनवाहेक वरिष्ठ नेता नेपाल र झलनाथ खनाललाई लगिएको छैन । उता ओलीले भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भन्दा बढी विश्वास ५ नम्वर प्रदेशका मुख्य सचिव शंकर पोखरेललाई विश्वास र भर गरेको देखिन्छ ।

प्रधानमन्त्री ओलीको हरेक संकटको घडीमा शंकर पोखरेलको भूमिका निर्णायक हुने गरेको छ । शंकर पोखरेल र ओलीको ससुराली खलक शाक्यहरु भएकै कारण अन्य नेताको तुलनामा ओलीले पोखरेलमा भर परेर थप कदम चाल्ने गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका समेत विश्वास पात्र पोखरेले प्रधानमन्त्री ओलीको सचिवालयको अनुगमन, नियमन र समिक्षा समेत गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

लमजुङ केन्द्र भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्पकाे धक्का
लमजुङ केन्द्र भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्पकाे धक्का
  • २०७७ असार २३, १३: ५४: ०४

नयाँ विकल्प, काठमाडाैं- लमजुङको भुलभुले केन्द्र भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएकाे छ । भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा,...

बालबालिकालाई कोरोना खोप लगाउने ब्यावस्था गर्ने देउवाकाे आग्रह
बालबालिकालाई कोरोना खोप लगाउने ब्यावस्था गर्ने देउवाकाे आग्रह
  • २०७७ असार २३, १३: ५४: ०४

नयाँ विकल्प, काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउने र त्यसबेला बालबालिका धेरै प्रभावित हुने विज्ञहरूले बताइरहेकोले सरकारले...

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७७ असार २३, १३: ५४: ०४

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

भर्खरै

TOP