November 24, 2020, Tuesday

जनसम्पर्क अमेरिकाको सभापतिमाः के सी

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकामा धनन्जय नरसिंह के.सी कार्यवाहक सभापति नियुक्त भएका छन् ।

निर्वाचित सभापति आनन्द बिष्ट नेपाली काँग्रेस पार्टीको आमन्त्रित केन्द्रिय सदस्यमा नियुक्त भएपछि खाली रहेको सभापति पदमा बरिस्ठ उपाध्यक्ष केसी स्वतह सभापति नियुक्त भएका हुन ।

२०१४ को अधिवेशनको निर्वाचित विष्ट नेतृवको कार्य समितिको पधावदी समाप्त भैसकेको भएपनि अधिवेशन हुन नसक्दा नयाँ नेतृत्व आउन सकेको थिएन ।

जनसम्पर्क समितिका अधिकांश सदस्य तथा पदाधिकारी विचको भेलाले धनञ्जय नरसिंह केसीलाई सभापति नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद(१ (८) मा निकाय भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ भन्ने र धारा ५८ मा पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वतस् रिक्त हुनेछ भन्ने स्पष्ट उल्लेख छ ।

यसरी विधानमै उल्लेख गरिएको ब्यावस्थाका कारण रिक्त पदमा वरिष्ठ पदाधिकारी नियुक्त गर्दा पार्टीको निर्देशन समेत आवास्यक नपर्ने उल्लेख छ ।

सोहि विधानमा टेकेर बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह के सी कार्यबाहक सभापति नियुक्त गरिएको जनसम्पर्क समिति अमेरिकाले जनाएको छ । विष्टको कार्यकाल १३आंै महाधिवेशनमा सकिए पनि अर्को अधिवेशन हुन सकेको थिएन ।

पार्टीको विधानमा पदावधि समाप्त भएकोले पार्टीले ६ महिनाको लागि सोहि टिमलाई म्याद थप गर्ने र सोहि अवधिमा अधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

सो ६ महिनामा अधिवेशन गर्न नसके वा नयाँ कार्य समिति चयन नभएमा पनि पुरानो समिति स्वतह खारेज हुने ब्यावस्था गरिएको छ । विष्ट नेतृत्व समितिको पदावधि १३औं महाधिवेशन अघिनै समाप्त भएकोले बरिष्ठ उपसभापति धनञ्जय नरसिंह के सी र पूर्व संयोजक बिष्णु सुवेदीले थुप्रै भेला र बैठक गरे पश्चात् जुलाई १०, २०२० को भेलाले केसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको हो ।

साथै अधिवेशन तयारी समिति बनाउनको लागि एक भर्चुअल भेलाको आयोजन गर्न ७ जना धनञ्जय नरसिंह के सी, ईश्वर सापकोटा, बिष्णु सुवेदी, प्रमोद सिटौला, कृष्ण लामिछाने, भक्त थापा र प्रतिक पाण्डे रहेको समिति समेत गठन गरेको छ । समितिले सबैलाई समेटेर भेला बोलाउने बताइएको छ ।

सम्बन्धित समाचार

हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
  • २०७७ असार २९, १२: ३५: ५०

नयाँ विकल्प काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर...

बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते,  आराेपीकाे घर जलाइयाे
बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे
  • २०७७ असार २९, १२: ३५: ५०

नयाँ विकल्प बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ...

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
  • २०७७ असार २९, १२: ३५: ५०

नयाँ विकल्प, काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।...

भर्खरै

TOP