May 18, 2021, Tuesday

बीपी स्मृति दिवसमा रचनात्मक कार्यक्रम देशव्यापी गर्ने तरुण दलको निर्णय

काठमाडौं । नेपाल तरुण दलले महामानव वीपी कोइरालाको ३८ औँ स्मृति दिवस आगामी साउन ६ गते साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउने निर्णय गरेको छ ।
सबै जिल्ला समितिका सभापतिहरुलाई परिपत्र गदै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पार्टीका सबै जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सहभागी गराउन, वृक्षारोपण, सरसफाई, रक्तदान, फलफुल वितरण, अन्तरक्रिया जस्ता रचनात्मक र सृजनात्मक कार्यक्रम गरी मनाउन निर्देशन दिएका छन् ।
तरुण दल केन्द्रीय समितिको निर्णय बमोजिम स्मृति दिवसमा कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टाइनहरुमा सरसफाई गरिने, शुद्ध खानेपानी वितरण गर्ने÷गराउने, सचेतना फैलाउने, स्थानीय प्रशासन एवम् निकायसंग समन्वय गरी बाढी पहिरो पीडित जनताहरुलाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा कृयाशील हुन निर्देशन दिइएको छ ।
कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने सजगता, प्राकृतिक विपद र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरुमा सचेतनामुलक कार्यक्रमहरु ऋायोजना गर्न र वीपी स्मृति दिवस भव्य र व्यापक रुपमा मनाउन जिल्लाका सम्पूर्ण तह क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समितिका समितिहरुलाई समेत परिचनालन गर्ने निर्णय भएको अध्यक्ष बस्नेतले नयाँ विकल्प डटकमलाई बताए ।
एक सातासम्म मनाइने स्मृति दिवस कार्यक्रममा सहभागी हुँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न पनि निर्देशन दिएको छ । अध्यक्ष बस्नेतले यसअघि नै बाढीपीडितको उद्धार, सहयोग र राहतका लागि सक्रिय हुन निर्देशन दिएका थिए ।
देशका पहिला जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको निधन २०३९ साल साउनमा भएको थियो ।

सम्बन्धित समाचार

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री बादल
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री बादल
  • २०७७ असार ३०, १०: १८: ४१

नयाँ विकल्प, काठमाडाैं- दुई दिनपछि हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ...

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७७ असार ३०, १०: १८: ४१

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७७ असार ३०, १०: १८: ४१

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

भर्खरै

TOP