May 19, 2021, Wednesday

२८औं आईजीपी नियुक्तिले संगठनमा जगाएको आशा

काठमाडौं । गत विहिबार नेपाल सरकारले नेपाल प्रहरीका २८ औ आईजीपी नियुक्ति गरयो ।

प्रहरीका नव नियुक्त २८ औ आईजीपी शैलेश थापा क्षेत्री यस्ता भाग्यमानी ब्याक्ति हुन । जसले आफु आइजीपी हुँदा पहिलो बधाई आफ्नै प्रतिस्पर्धी एआइजी हरि वहादुर बाटै पाए ।

आइजीपी थापाको यो अत्यान्तै शुखद तथा शुभ संकेत हो । सहकर्मीको साथ र विश्वाशलाई कायम राख्न सके भने थापाका लागि २२ महिने कार्यकाल अवस्य सहज तथा सफल हुनेछ ।

थापाको आईजीपी कार्यकालको सफलता वा असफलता उनैले अख्तियारगर्ने कार्यशैली,योजना,संगठन परिचालन गर्ने तौर तरिकाबाटै निक्र्योल हुनेछ ।

नव नियुक्त आइजीपी थापाकालागि संघिय संरचना अनुसार प्रहरीको समायोजन, राजनितीक हस्तक्षेप विहिन प्रहरीको सरुवा बढुवा र संगठनमा हुने आर्थीक अनियमितता,संगठन भित्र हुने आर्थिक अनियमितता, भष्टचार नियन्त्रण भने चुनौतीका रुपमा पहाड बनेर उभिएका छन् ।

सहकर्मीको सहयोग इमान्दार प्रयास भयो भने यो चुनौति चिर्न असंभव भने पक्कै हुने छैन । प्रहरी संगठनमा नरम मिजास, विबाद सहित छवि बनाएका थापा कानुन कार्यान्वयनमा कत्तिको खरो उत्रिन्छन त्यो भने हेर्न बाँकी छ ।

थापाको नेतृत्व संहाले संगै प्रहरी संगठनमा जुन किसिमको उर्जा र आशा थपिएको छ । यसलाई कायम राख्नु थापाको लागि अर्को ठुलो चुनौती हो । यसको पहिलो परिक्षा थापाले केहि दिन भित्रै हुने एआइजी नियुक्तीमा दिनु पर्ने छ ।

आफु आइजीपी नियुक्ति संगै प्रहरीमा रिक्त रहेका दुई एआइजी बढुवामा थापाले आफनै सहकर्मीलाई न्याय दिन सकेनन् भने आलोचनाको सुरुवात त्यहिबाटै सुरु हुनेछ । विगतका कतिपय अव्वल भनिएका, संगठन भित्र र बाहिरबाट ठुलो आशा गरिएका पुर्व आइजीपीहरु राजनितीको मोहरा बन्दा प्रहरीका अव्वल अधिकारीहरु पछाडि पारिएका छन ।

त्यस्ता प्रहरी प्रमुख नियुक्ति उत्साहप्रद रहेपनि उनिहरुको बर्हिगमन भने खल्लो र अपमानजनक बनेको उदाहरण छन् ।

राजनीतिक चक्रव्यू मा आइजीपी कार्यकाल
नेपाल प्रहरीमाका अधिकांश आइएजीपीहरु विवाद मुक्त भने हुन सकेका छैनन् । अस्वस्थ्य प्रतिस्पर्धासंगै आईजीपीहरु राजनितीक हस्तक्षेपको शिकार कसरी हुन्छन भन्ने पहिलो उदाहरण हुन रत्न शम्सेर राणा  । २०४६ सालको राजनैतिक परिवर्तन अघि आइजीपी बनेका राणा जनआन्दोलन पछि संगठनबाटै निकालीए ।

पदावधी बाँकी रहेका तत्कालिन आइजीपी रत्न शम्सेर राणा वलजफ्ती हटाइए । उनको ठाँउमा नयाँ आइजीपी मोतिलाल बोहोरा नियुक्ति गरियो ।

तत्कालिन सरकारले राणलाई हटाउन नेपाल प्रहरी नियमावलीनै परिवर्तन गरि आइजीपीको पदावधी ३२ बर्षे सेवा अवधीनै हटाएर ३० मा झ्mारे । आफु निकट सुदुर पश्चिमका मोतीलाल बोहोरालाई आइजीपी बनाउँन तत्कालीन गृहमन्त्री शेर देउवाले प्रहरी नियमावली नै परिवर्तन गराएको भनाई छ ।

बोहोरालाई आईजीपी बनाउन आईजीपीको पदावधी ३० बर्ष कायम गरिएपनि बोहोराको नियुक्ती पछि पुन आइएजीपीको कार्यकाल ३२ बर्ष बनाउनुले यसको थप पुष्टि गर्छ । नेपाल प्रहरीमा बसेको यो गलत परंपरा यतिसम्म गाँजियो कि प्रहरी आईजीपी नियुक्ती जसको शक्ति उसैको भक्ति हुन थाल्यो ।

आईजीपी नियुक्तीमा सहब्याचि तथा शक्ति केन्द्र नजिकका विचको अस्वस्थ्य प्रतिस्पर्धीको यतिसम्म चल्यो कि आइएजी संगठन भित्रै रक्षात्मक अवस्थामा रहनु पर्ने अवस्थामा पुगे । संगठन भित्रैवाट प्रत्यक्ष अप्रत्यक्ष असाहयोग को शिलसिला नै चल्यो ।

पुर्व आईजीपी अच्युत कृष्ण खरेल–धुव्र बहादुर प्रधान, प्रदिप शम्सेर राणा–श्याम भक्त थापा, रमेश चन्द–रविन्द्र प्रताप शाह, उपेन्द्र कान्त अर्याल–राजेन्द्र सिंह भण्डारी, प्रकाश अर्याल–रमेश सिलबाल तथा जयवहादुर चन्दको झ्mगडा सर्वोच्च अदालत सम्मै पुग्यो ।

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल नियुक्ती पछि डिआइजी रमेश खरेल राजिनामा दिएर संगठनै परित्याग गरे भने खनालका अर्का प्रतिस्पर्धी पुश्कर कार्की विच कार्यकाल भरिनै बोलचाल नै भएन ।

पछिल्ला ३० बर्षमा आईजीपी बनेका ठाकुर प्रशाद ज्ञवाली तथा नव नियुक्त २८ औ आइजीपी शैलेश थापा क्षेत्रीको आईजीपी नियुक्तिको विबाद रहित बन्नुको मुख्य कारण उनिहरुको ब्यावसायीक छविका कारणपनि भएको पुर्व प्रहरी अधिकारीको वताउँछन ।

नेपाल प्रहरीका पुर्व डिआइजी हेमन्त मल्ल भन्छन “आइजीपी नियुक्तिमा वरियता मिचिएन र राजनितीक हस्तक्षेप कम हुँदा आईजीपी नियुक्ति विवाद रहितमात्र बनेका छैनन् । संगठन भित्र र बाहिरबाट पनि सहयोग भैरहेको छ ।

यसको पछिल्लो उदाहरण २७ औ र २८ औ आईजीपी नियुक्तीलाई लिन सकिन्छ । ब्यावसायीक छवि भएको ब्याक्ति संगठन प्रमुख भयो भने संगठन भित्र र बाहिरबाट पनि सहयोग हुन्छ ।”

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७७ असार ३०, १२: ५१: ४५

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७७ असार ३०, १२: ५१: ४५

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७७ असार ३०, १२: ५१: ४५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP