April 18, 2021, Sunday

विदेशमा अलपत्र परेका नागरिकहरुलाइ निःसुल्क नेपाल ल्याउने सरकारकाे निर्णय

सरकारका प्रवक्ता डा. युवराज खतिवडा

काठमाडौं–कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा अलपत्र परेका नागरिकहरुलाइ सरकारले निसुल्क नेपाल ल्याउने निर्णय गरेकाे छ ।

सरकारले कोभिड १९ का कारण वैदेशिक रोजगारीका गएर काम गुमाएर अलपत्रमा नागरिकको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट  पारित पछि निसुल्क स्वदेश फर्काउने बाटाे खुलेकाे हाे ।

अब वैदेशिक रोजगारीमा गई अलपत्र परेका नेपाली  सरकारी खर्चमा फर्किन पाउने भएका हुन् ।

मन्त्रिपरिषदका निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा. युवराज खतिडाले यसकाे जानकारी दिएका हुन

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर हाल अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन पाउने छन ।

जसकालागी सरकारले श्रमिककाे कोषमा रहेकाे रकम प्रयोग गर्ने छ ।

सरकारले विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किन चाहने नेपाली नागरिकले आफैंले हवाइजहाजकाे टिकट खरिद गर्नुपर्ने निर्णय यसअघि गरेको थियो ।

त्यसका विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विदेशमा  अप्ठेरोमा परेकालाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

त्यसपछि निर्देशिका बनाई मन्त्रिपरिषदबाट स्वीकृत भएपछि विदेशमा अप्ठेरोमा परेकालाई सरकारी खर्चमा नेपाल फर्किन बाटो खुलेको हो ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ श्रावण १, २०: ०७: ४१

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ श्रावण १, २०: ०७: ४१

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ श्रावण १, २०: ०७: ४१

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP