नयाँ विकल्प
प्युठानकाे भिङग्री–स्वर्गद्वारी सडक खण्डमा मजदुर बाेकेकाे ट्याक्टर दुर्घटनामा ७ जनाकाे मृत्यु भएकाे छ
स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको
प्युटान प्रहरीले जनाएकाे छ । दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने मजदुरकाे मुत्यु भएको बताइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक डिएसपी नरेन्द्र कुमार कार्कीका अनुसार दुर्घटना शनिवार राती १२ बजे तिर भएकाे हाे ।
लकडाउनका बेला घर गएका मजदुर काममा फर्किने क्रममा दुर्घटनामा परेका हुन । मृतक सात जना युवा राेल्पाका रहेकाे कार्कीले बताए ।
घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...
नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...
नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...