April 19, 2021, Monday

मोटरसाईकल चालक र सवार दुवै सरकारी कर्मचारी, के हाेला कारवाही ?


नयाँ विकल्प

काठमाडौं– सामाजिक संञ्जालमा पछिल्लाे समय चर्चामा (भाईरल) बनेको यो तस्वीरको यथार्थ खुलेको छ ।
सामाजिक संञ्चालमा सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन ।


यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठने थिएन ।

तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए ।
सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन । जसको विषयमा सामाजिक संञ्जालमा चर्चा हुनु आफैमा स्वाभाविक हो ।


को थिए त उनिहरु ?


यातायात ब्यावस्था विभागका अनुसार प्रदेश–३–०२–००१ब–१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिका को हो ।

गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार( स्टाेर) प्रयाेजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएकाे छ । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन ।


उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिटरोल ( सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर ) भर्न धादिङबाट काठमाडाैं आएकाे खुलेकाे छ ।

सरकारी नम्बरको मोटरसाईकल चालक प्रताप बराल गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन । उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव–इन्जिनियर सविता शाही हुन ।

उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए ।


नयाँ विकल्पसंग कुरागर्दै गल्छी गाँउपालिकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको बताए । श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडाैं आएका हुन ।

सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि चितोल अर्थात सरकारी संकेत नम्बर आवस्यब पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएकाे बताए ।

“ सरकारी मोटर साईकल पनि गल्छी गाँउपालिकाकै स्वामित्वमा छ । मोटरसाईकलमा सवार कर्मचारीले लगाएकाे कपडाकाे विषयमा प्रश्न उठेको छ । यसका अाफनै मर्यादा पनि छन । यस विषयमा सत्य तथ्य बुझ्ने काम भैरहेकाे छ । त्यसपछि हामी कारवाहिको प्रक्रिया अगाडी बढाउँदै छौ । ”श्रष्ठले भने


यस्तो छ कानुनी ब्यावस्था

सरकारी सवारी साधन सञ्चालन तथा प्रयाेग सम्बन्धि नर्देशिका २०७२ मा सरकारी कर्मचारी का लागि सवारी साधन सम्बन्धी निर्देशिका जारी गरिएको छ ।
जस अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी तथा प्रथभ श्रेणीका कर्मचारीले सरकारी सवारी साधनको उपयोग गर्न पाउने ब्यावस्था छ ।


सरकारी सवारी साधन प्रयोगकर्ताले सरकारी सम्पतिको उचित संरक्षण गदै मितब्ययी रुपमा सरकारी सवारी साधन प्रयोग गर्नु पर्छ । साथै आफुले प्रयोग गरेको सवारी साधनको उचित प्रयोग र त्यसको जवाफदेहिता स्वयं सवारी चालककै हुने उल्लेख गरिएको छ ।


जस अनुसार सरकारी नम्बर प्लेटको सवारी चालक र सवार दुवै सरकारी कर्मचारी नै भएको र उनिहरुले लगाएको कपडाको मर्यादा बारे कारवाहि स्वरुप सचेत गराउने वा कारवाहि नै हुने भन्ने विषयमा गाँउपालिकामा छलफल भैरकेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ श्रावण ५, १०: २१: ४७

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ श्रावण ५, १०: २१: ४७

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ श्रावण ५, १०: २१: ४७

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP