May 10, 2021, Monday

नेकपा विवादः प्रचण्ड–माधव अवसानको बाटोमा

काठमाडौं । शक्ति संधर्षमा लामो समयदेखि फसेको नेकपा विवाद अन्ततः नाटकीय शैलीमा मौखिक समझदारीमै टुङ्गीएको छ ।

कोरोना संक्रमण ( कोभिड–१९) ले मुलुक ठप्प भएको बेला नेकपा भित्रको सरगर्मी र पछिल्लो समय बाढी पहिरोले देश आक्रान्त भैरहेको बेला सत्ताको खेलमा फसेको नेकपाले नागरिकमा थप निराशा थपेको थियो ।

पार्टी एकिकरणका बेला तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच पाँच बर्षमा आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमती भएको थियो ।

ओली पक्षले भने त्यो सहमति संशोधन भएको जनाउँदै आएको छ । नेकपाभित्र यस विषयमा बेला बेला विरोधका स्वर सुनिदै आएको छ ।

तर पछिल्लो ६ महिनादेखि सत्ता परिवर्तनको किचलोले पार्टी नै फुटको संघारमा पुगेको थियो । आन्तरिक किचलोमा फसेको नेकपा अन्ततः मौखिक सहमतीमा शिथिल बनेको छ ।

गत शनिवारको सचिवालय बैठकमा ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट हटाउने एक शुत्रिय माग राखेका असन्तुष्ट पक्षका प्रचण्ड तथा माधव नेपाल किन एकाएक सम्झौतामा पुगे भन्ने चासो सर्वत्र छ ।

प्रचण्ड–माधवले ओलीसँग यो नाटकिय सम्झौता गर्न बाध्य हुनुको संभावित कारण बारे नयाँ विकल्पले यसका केहि पछिल्ला घटनाक्रम तथा तथ्य केलाउने प्रयास गरेको छ ।

भारतको दवाव र यान्छीको प्रभाव
नेकपा विवादमा फस्नुको पछिल्लो कारण भारत पनि हो । भारतले मिचेको नेपाली भुमि लिपुलेक, लिम्पीयाधुरा, कालापानी समेटेर नेपाल सरकारले नक्शा जारी गरेपछि ओली सरकार निशानामा परेको थियो ।

ओली सरकाल हटाउन भारतले प्रत्यक्ष अप्रत्यक्ष भुमिका खेलेको स्वयं ओलीले दावी गदैं आएका छन । ओलीको यो सार्वजनिक अभिब्यक्तिपछि अर्का अध्यक्ष प्रचण्डले भारतलाई समेत माथ दिनेगरि अभिब्यक्ति दिए ।

प्रचण्डले ओलीको राजिनामा भारतले नभइ आफुले मागेको बताएपछि नेकपासंगै नेपाली राजनीति तरंगित बन्यो । अन्तराष्ट्रिय जगतको ध्यान समेत नेपालको पछिल्लो राजनीतिप्रति मोडियो ।

नेपाल र प्रचण्ड ओलीलाई दुवै पदबाट हटाउन वार कि पारको लडाइमा लागे । यसबीचमा नेपालका लागि चिनियाँ राजदुत को भुमिका नेकपा संकट समाधानको लागि सञ्जिवनीको काम नै ग¥यो ।

चिनियाँ राजदुत होउ यान्छीको सक्रियता अन्ततः परिणाममुखि नै बन्यो । नेपाली राजनीतिमा भारतीय प्रभाव बढदै गएपछि राजदुत यान्छीले असन्तुष्ट पक्षका माधव नेपाल , झलनाथ खनाल तथा ओलीका निकट मानिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंगको भेट नै नेकपा विवाद समाधानको मुख्य विन्दु बन्यो ।

कारवाहिको त्रासमा प्रचण्ड माधव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनैपनि हालतमा हटाउने योजनासहित अगाडि बढेका प्रचण्ड–माधव अन्ततः सम्झौतामा पुग्नुपर्यो । यसलाई प्रचण्ड र माधब नेपालको लागि अस्तित्वको लडाईकै रुपमा हेरिएको छ ।

राजिनामाको एकसुत्रीय मागबाट ओली टसमस नहुनु बरु उल्टै कारवाहिको लागि अगाडि बढ्न खोज्नुले प्रचण्ड माधवमा थप त्रास सिर्जना गरेको राजनितीक वृत्तमा चर्चा छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल सरकारी जग्गा प्रधानमन्त्री निवास बालुवाटार प्रकरणमा मुछिएका छन ।

प्रहरीको प्रारंभिक अनुसन्धानमा जग्गा हिनामिनामा नेपालको समेत संलग्नता रहेको खुलेको छ । गृहमन्त्रालयले ललिता निवास जग्गा हिनामिना भएको विषयमा छानविन गर्न केन्द्रिय अनुसन्धान ब्यूरोलाई जिम्मा दिएको थियो ।

ब्यूरोले एक बर्ष लगाएर तयार पारेको अध्यायन प्रतिवेदनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समेतलाई दोषी देखाएको छ ।

प्रधानमन्त्री ओलीको दवावमा ललिता निवास प्रकरणमा मुख्य दोषी रहेका नेकपा महासचिव विष्णु पौडेल र नेता नेपालको नाम नाटकिय रुपमा हटाईएको विषयमा चौतर्फी आलोचना भैरहेको छ ।

नेकपाका एक उच्च नेताका अनुसार प्रधानमन्त्री ओलीले आफुमाथी षडयन्त्र भए नेपाललाई उक्त प्रकरणमा फसाउने धम्कि दिएका छन । माधव कुमार नेपालले सार्वजनिक रुपमा आफ्ना अभिब्यक्ति मार्फत यसको पुष्टि पनि गरेका छन ।

उता पूर्वप्रधानमन्त्री समेत रहेका असन्तुष्ट प्रचण्ड माथी ओलीले कारवाहीको डण्डा कतिवेला बर्षाउछन भन्ने त्रास छ ।

तत्कालिन विद्रोहि माओवादी लडाकुको पुनःस्थापनाको लागि छुट्याएको ६० अर्व बढि रकम प्रचण्डले हडपेको विषयमा उनका सहकर्मी समेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पटक पटक उठाउँदै आएका छन ।

कतिपय यसका प्रमाण स्वयं प्रधानमन्त्री ओलीको हातमा समेत पुगेसकेको बताइन्छ । राष्ट्रिय अनुसन्धान ब्युरो, सर्तकता केन्द्र स्वयं प्रधानमन्त्री ओली मातहत नै छन ।

पछिल्लो समय अनुसन्धानको नाममा विरोधीको फोन रेकर्ड राख्ने गरिएको प्रति प्रचण्ड माधव थप सशंकित बनेका छन ।

बाँकी सम्झौतामा नाटकीय सहमती

शनिवार बसेको नेकपा सचिवालय बैठकमा नाटकीय शैलिमा नेकपाको राजनीतिक माहोल नै परिवर्तन भएका थियो ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आगामी मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने र त्यसपछि पार्टीको नेतृत्व हस्तानतरण गर्ने प्रस्ताव पेश गरेका थिए ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७७ श्रावण ५, १४: ०१: २३

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७७ श्रावण ५, १४: ०१: २३

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७७ श्रावण ५, १४: ०१: २३

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP