नयाँ विकल्प
काठमाडौं– अविरल बर्षाका कारण मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।
काठमाण्डौको टोखा नगरपालिका–१ पासिडाँडामा मंगलबार दिउँसो आएको पहिरोमा परी सोही ठाउँ बस्ने राजकुमार रानामगरका ३ वर्षीय जुम्ल्यहा छोरा–छोरी सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको छ ।
धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका–६ गोलाङपारी बनमा मंगलबार बिहान आएको पहिरोमा परी एकै परीवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया श्रीमती सम्झना खाँण र ३ वर्षीया छोरी अन्जिता खाँण रहेका छन ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा तीनै जनाको शव फेला निकालेका छन ।
नवलपरासी–वर्दघाट सुस्ता पूर्व बुलिङटार गाउँपालिका–२ टाँडीमा मंगलबार बिहान आएको पहिरोमा परी सोही स्थानका ६१ वर्षीय शेर बहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खिलमाया नेपालीको मृत्यु भएको छ ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ औडाखान बस्ने ३५ वर्षीया लक्ष्मी ढोलीको घरमा सोमबार दिउँसो आएको पहिरोमा परि उनका भाईहरू २४ वर्षीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको छ ।
शंकरपु प्रहरीका अनुसार लक्ष्मी ढोली, उनको ९ वर्षीय छोरा सुभम परियार र छोरी सोनिया परियारलाई सकुशल उद्धार गरेको थियो । मृतक दुइजना दाजुभाई हुन
पहिरोका कारण क्षति
काठमाडौंको दक्षिणकाली नगरपालिका–९ लामा गाउँमा मंगलबार बिहान आएको अविरल वर्षाको कारण फर्पिङ हुमाने सडक खण्डमा पहिरो जाँदा बाटो अवरोध भएको छ ।
त्यस्तै पहिरोका कारण सोही ठाउँ बस्ने भवानी खत्रीको टहरा समेत पुरिँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
अविरल वर्षाको कारणले ललितपुर जिल्लाका पाङ्दुर डोल, भलुखोला, नयाँगाउ, ससिता भञ्ज्याङ, मानिखेल रातो माटो, कालचे, रातो भिर, लुकुनी वेशी, रुम्वा टोल, खयर घारी, विरखेधारा, टिकाभैरबबाट धुसेल जाने बाटो मंगलबार बिहानदेखि अवरोध भएको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नम्बर १३ र १२ आठ किलो तथा वडा नम्बर ११ को एघार किलोस्थित अमरसिंह राजमार्गमा मंगलबार बिहान आएको पहिरोका कारण बाटो अवरोध भएको छ ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–२ कलंकी र सल्लेको बिचमा मंगलबार बिहान आएको पहिरोका कारण हेटौंडा–काठमाडौं सडकखण्ड अवरोध भएको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ पादुकाखोलामा मंगलबार बिहान आएको पहिरोका कारण कर्णाली राजमार्गमा अवरोध भएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–१ नाला, सोही गाउँपालिका–४ बिलनगर र आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान आएको पहिरोका कारण पृथ्वी राजमार्गमा अवरोध भएको छ ।
पहिरोले अवरोध भएका स्थानहरूमा हटाउने कार्य गरिरहेको छ ।
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...