April 19, 2021, Monday

राप्रपा नेता तथा पत्रकार गिरीलाई मातृशोक

नयाँ विकल्प

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् पत्रकार किरण गिरीलाई मातृशोक परेको छ ।

गिरीकी आमा सरस्वती गिरीको मनमोहन अस्पताल काठमाडौंमा सोमबार निधन भएको थियो । ८९ बर्षीया गिरीको पार्थिब शरीरलाई सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।


गिरीप्रति अन्तिम श्रद्धान्जली दिन राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राप्रपाका बरिष्ठ नेता एवम् पूर्बमन्त्री सुनिलबहादुर थापा, नेताहरु निलकण्ठ काफ्ले, मोहन दाहाल पार्टी कार्यकर्ता, संचारकर्मी, आफन्तजन, आर्यघाट गएका थिए ।


राप्रपाका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले पनि हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दै शोकसन्तप्त परिबारजनप्रति समबेदना ब्यक्त गरेको पत्रकार किरण गिरीले जानकारी दिए ।

स्वर्गीय गिरीका दुई छोरा, तीन छोरी छन् । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल, इन्जा एशियाले शोक बिज्ञप्ती जारी गरी शोकसन्तप्त परिबारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी प्रार्थना गरेको छ । गिरी संसदीय मामिला पत्रकार समाजका संस्थापक पनि हुन् ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ श्रावण ७, १७: १५: १२

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ श्रावण ७, १७: १५: १२

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ श्रावण ७, १७: १५: १२

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP