नयाँ विकल्प ,
काठमाडाैं-
ललितपु जिल्ला अदालत अवैध रुपमा मृगौला प्रत्यारोपणकाे अभियाेगमा पक्राउ परेका १२ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान थाल्न प्रहरीलाई अनुमति दिएको छ
।प्रहरीलेचितवनको पुरानो मेडिकल कलेजका राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेती,जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत रामचन्द्र ढकाल, अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्ले, जमुना राज भण्डारी,असइ भिमप्रसाद खनाल,योगेन्द्रराज तिमल्सिना, रेष्मा राई ललितपुर महानगरपालिका ३ नम्बर वडाका वडा अध्यक्ष श्रीगोपाल महर्जन र नवराज केसी लाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले ११ दिनअघि चितवनको पुरानो मेडिकल कलेजबाट ३ जना चिकित्सक र काठमाडौंबाट ९ जनालाइ नियन्त्रणमा लिएकाे थियाे ।
पक्राउ परेका सबैलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।
अस्पतालले मिर्गौला दिने र लिनेलाई २०७६ साल जेठ २० गते भर्ना गराएको थियो। तर मिर्गौला प्रत्यारोपण समितिले उनीहरूलाई प्रत्यारोपण गर्न २०७६ साल जेठ २६ गते मात्रै स्वीकृति दिएको ब्युरोको अनुसन्धानले देखाएको छ।
ललितपुरका ५३ वर्षीय व्यक्तिलाई मिर्गौला दिनका लागि ओखलढुंगाका एक गरिब परिवारका व्यक्तिलाई फकाइ महँगो रकम लिने प्रलोभन दिइएको पनि प्रहरी अनुसन्धानले देखाएको छ।
नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...
नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...
नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...