April 23, 2021, Friday

विहीबारदेखि यात्रुवाहक सवारी संचालन हुने, यस्ता छन् मापदण्ड

नयाँ विकल्प


काठमाडौं । सरकार र यातायात व्यवसायी तथा यातायात मजदुरबीच भएको सर्तसहितको सहमतिमा विहीबारदेखि देशभर सबैप्रकारका सार्वजनिक यातायात संचालनमा आउने भएका छन् ।

साउन ५ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायी तथा मजदूर संगठनहरु मिलेर बनेको कार्यदलको बैठकले गरेको निर्णयबमोजिम सबैप्रकारका यात्रुवाहक सवारी साधन संचालनमा आउने भएका हुन् ।


सहमतिअनुसार सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५० प्रतिशत विमाङ्क रकम बेहोरेर सम्पूर्ण श्रमिकहरुको बिमा गर्नु पर्ने, यातायात श्रमिकको कोरोनाबाट मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारको तर्फबाट कोषको स्थापना गर्न मन्त्रालयमा पठाउनु पर्ने छ ।
नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले लकडाउनपछि सार्वजनिक सवारी साधन सञ्चालन गर्न सवारी तथा यातायात व्यवस्था ऐनमा व्यवस्था भएको छोटो, मध्यम र लामो दूरीमा सेवा संचालन गर्न यातायात व्यवस्था विभागले पहल गर्ने सहमति भएको बताए ।

नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी


यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको कार्यकक्ष भएको छलफलमा यातायात श्रमिकलाई मास्क, पञ्जा, स्यानीटाइजर, पीपीइ लगायतका स्वास्थ्य सामग्री सम्वन्धित यातायात व्यवसायीले उपलब्ध गराउने र स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड र व्यवस्थापकिय तयारी पुरा गरी साउन ८ गतेदेखि सेवा सञ्चालन गर्न अनुरोध गर्ने सहमति भएको छ ।
सरकारले तोकेको भाडा दरमा साना, मझौला रठूला सबै प्रकारका सार्वजानिक यात्रुवाहक सवारी साधन जोर विजोरका आधारमा सञ्चालन गर्न र कोरोना विमाका लागि श्रमिकहरुको विवरण एक साता भित्र केन्द्रीय कार्यदलको कार्यालयमा पठाउन अनुरोध गर्ने सहमति भएको अध्यक्ष भण्डारीले नयाँ विकल्पलाई बताए ।

सवारी सञ्चालन विधि, श्रमिकहरुको स्वास्थ्य र सुरक्षा, यात्रुहरुको सुरक्षा बारे छलफल नै नगरी सरकारले असार २६ गते सार्वजनिक यातायात आकस्मिक रुपमा संचालन गर्ने निर्णय गरेको प्रति आपत्ति जनाएको थियो ।

ल्कडाउनपछि यातायातका साधन नचल्दा यातायात क्षेत्र धरासयी बनेको र यातायात श्रमिक र आश्रित परिवारमा आर्थिक संकट उत्पन्न भएको मजदूर संगठनहरुले जनाएका छन् ।


तीन वटै मजदूर संगठन र व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मैद्रिक नीतिले व्यवसायी तथा स्वरोजगार श्रमिकहरुको समस्याहरुलाई संवोधन गर्न बैंक किस्ताको पुनरतालिका र पुनर्कर्जाको व्यवस्था गरेकोमो स्वागत गरेका छन् ।


यसअघि आफ्ना १३ बुँदे माग अघि सार्दै यातायात व्यवसायी र मजदूर संगठनका प्रतिनिधिहरुले ध्यानाकर्षण पत्रमार्फत प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, जनता समाजवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई, संसदको विकास समितिकी सभापति कल्याणी खड्का लगायतलाई भेटेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र तीन वटा ट्रेड युनियनहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले सरकारसँग साउन ८ गतेदेखि यातायात संचालन गर्ने सहमति गरेका थिए ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ श्रावण ७, २१: २३: ११

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ श्रावण ७, २१: २३: ११

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ श्रावण ७, २१: २३: ११

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP