May 17, 2021, Monday

निधीको कब्जाम कांग्रेस अनुशासन समिति ! विधान विपरित स्पष्टिकरण

उपसभापति विमलेन्द्र निधी तथा जनसम्पर्क समिति वेल्जियमकी सभापति सीता सापकाेटा


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले विदेशस्थित जनसम्पर्क समितिका सभापति र पदाधिकारीलाई अनुशासनको कारबाही गर्ने उदेश्यले स्पष्टिकरण सोध्ने कार्य पार्टी विधान विपरित भएको पाइएको छ ।


राष्ट्रिय महत्व र दूरगामी प्रभाव पार्ने विषयमा पार्टीले धारणा बनाउँदा पार्टी उपसभापति विमलेन्द्र निधीको हावी देखिएको भन्दै पार्टी भित्र र वाहिर सर्बत्र आलोचना र टिप्पणी भइरहँदा सामाजिक संजाल फेसवुकमा स्टाटस लेखेको आधारमा अनुशासन समितिले पत्र काटेको थियो ।


अनुसाशन समितिले तीन साताअघि बेल्जियमस्थित जनसम्पर्क समितिकी सभापति सीता सापकोटा र अमेरिकास्थित जनसम्पर्क समितिका पूर्वसंयोजक विष्णु सुवेदीलाई सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेखेकै आधारमा स्पष्टिकरण सोधेको थियो ।

पार्टीको निर्देशन र निर्णय विपरित संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउन लगाएको र अंगिकृत नागरिकताको विषयमा संसदको राज्य व्यवस्था समितिमा छलफल चलिरहँदा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्कालै नागरिकता पाउनु पर्ने पक्षमा पार्टीको धारणा बनाउन उपसभापति निधीले दबाब दिएका थिए ।

विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गर्नासाथ नागरिकता पाउनु पर्छ भन्ने पार्टीको आधिकारिक धारणा उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्य गुरुराज घिमिरे, गगन थापा लगायतका नेताले असहमति जनाइसकेका छन् ।


तर, त्यही नागरिकताको विषयमा उठेको विवादका विषयमा अभिव्यक्ति दिएकै आधारमा उपसभापति विमलेन्द्र निधीले आफूसँग असहमत राख्ने पक्षलाई कारबाही गर्ने उदेश्यले स्पष्टिकरण सोध्न केन्द्रीय अनुशासन समितिलाई दबाब दिएका थिए ।


कांग्रेसको विधानले कुनै पनि सदस्यलाई पार्टीको आधिकारिक निर्णय विपरित अभिव्यक्ति दिन वा क्रियाकलाप गर्न छुट छैन । तर, सार्वजनिक महत्वको विषयमा कुनै नेताको क्रियाकलापमाथि टिप्पणी नै गर्न नपाइने भन्ने छैन ।


सामाजिक संजालमा बिचार राख्न वा सन्देश प्रभाव गर्न रोक लगाउनु भनेको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपरित हुन्छ । पार्टीको केन्द्रीय अनुशासन समितिले बेल्जियमकी सभापति सापकोटा र अमेरीकाका सुवेदीलाई स्पष्टिकरण सोध्नु संविधानको मर्म र भावना विपरित मानिन्छ ।


त्यसमा पनि केन्द्रीय अनुशासन समितिले पार्टीको जिम्मेवारी पदाधिकारी वा सदस्यको क्रियाकलाप बिधान विपरित छ वा अनुशासन विपरित छ भन्ने लागेमा सर्वसम्मत निर्णयबाट स्पष्टिकरण सोध्न सक्ने व्यवस्था छ ।


तर पार्टीको विधान विपरित अनुशासन समितिका सदस्य उमाकान्त चौधरीको उपस्थिति बिना नै बैठक बस्दै मनलाग्दी स्पष्टिकरण सोधिएको असन्तुष्ट पक्षले जनाएको छ । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले महाधिवशेनको मुखमा आएर स्पष्टिकरण सोध्नु पूर्वाग्रहपूर्ण क्रियाकलाप भएको बताएका छन् ।


अनुशासन समितिका पाँच सदस्यमध्ये एक जना उमाकान्त चौधरी विगत पाँच महिनादेखि केन्द्रीय अनुसाशासन समितिको बैठकमा गएका छैनन् । अनुशासन समितिले कुनै पनि विषयमा निर्णय गर्न सबै सदस्यको सर्वसम्मत निर्णय गर्नु पर्छ ।


नागरिकताको विषयमा अभिव्यक्ति दिने नेता, कार्यकर्ताहरुलाई उपसभापति निधीको निर्देशनमा अनुशासन समितिका संयोजक भिष्मराज आङदम्वेले संस्थापन इत्तरका नेता, कार्यकर्तालाई खोजी खोजी स्पष्टिकरण सोध्ने गरेका छन् ।


अनुशासन समितिले पार्टी र नेताहरुको व्यक्तिगत छविमाथि आँच आउने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले असार १७ गते सापकोटालाई पत्र काट्दै २० दिनभित्र लिखित स्पष्टीकरण दिन भनेका छन् तर, सो पत्र सापकोटासमक्ष नपुग्दै वाहिर चर्चा गरिएको छ ।


उपसभापति निधीको भूमिकाले पार्टी र सभापति शेरबहादुर देउवालाई सिध्याउँदै गरेको भनेर स्टाटस लेखेपछि सापकोटाविरुद्ध निधीले पत्र काट्न लगाएको बुझिएको छ । सापकोटाविरुद्ध नेपाली जनसम्पर्क समिति युरोप संयोजक दिल गुरुङले पार्टीमा उजुरी दिएका भन्ने कपोल्कल्पित पत्रलाई कारण देखाइएको छ ।


नेता रामचन्द्र पौडेल निकट मानिने सभापति सापकोटाले भने आफूलाई त्यो पत्र प्राप्त भइनसकेको बताएकी छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसभापति विष्णु सुवेदीलाई पनि भर्चुअल बैठकमा पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।


सुवेदीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले पार्टीको महासमिति सदस्यबाट निलम्वन गर्न सिफारिस गरेको झुटो दाबी गरिएको छ । जवकी अमेरिकास्थित जनसम्पर्क समितिका संयोजक रहेका गोरख विष्टलाई हटाएर धनञ्जयनरसिंह केसीलाई संयोजक तोकिसकिएको छ ।


बिधान बमोजिम निर्धारित समयमा अधिवेशन गर्न नसकेका विष्टलाई जनसम्पर्क समिति अमेरिकाले हटाएको र उनीमाथि २०७२ को महाभुकम्पको समयमा संकलन गरिएको करोडौं रुपैयाँ घोटाला गरेको आरोप छ । उनले हालसम्म पनि संकलित रकम कति हो भनेर सार्वजनिक गरेका छैनन् ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ श्रावण ९, १३: ३८: ०६

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ श्रावण ९, १३: ३८: ०६

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ श्रावण ९, १३: ३८: ०६

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP