May 17, 2021, Monday
कर्मचारीलाई तलब नदिने यी ठुला अस्पताल–२

विएण्डवी अस्पतालबाट कर्मचारी निकालिए



नयाँ विकल्प,
काठमाडौं–कोरोना संक्रमण (कोभिड–१९)को बहनामा ललितपुरको ग्वार्को स्थीत विएण्डवी अस्पतालले गैरकानुनी रुपमा कर्मचारी निकालेको छ ।
अस्पताला कार्यरत तिन दर्जन बढि नर्स तथा अन्य विभागमा कार्यरत कर्मचारी समेत निकालिएको छ ।

विएण्डवी उपत्यकाको महंगो र सुविधा सम्पन्न अस्पताल मानिन्छ । कोरोना संक्रमणसंगै नेपालमा लक–डाउन सुरु भएदेखि नै उक्त अस्पतालले कर्मचारीलाई तलब नदिने र जवरजस्ती विदामा राख्ने तथा कामबाट समेत निकाल्ने गरेको पाईएको छ ।

नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रणमा खटिने चिकित्सक तथा नर्सलाई १०० प्रतिसत प्रोत्साहन भत्ता दिने पुर्व घोषणा विपरित उपत्यकाकै ठुला र सुविधा सम्पन्न मानिएका ठुला अस्पतालले तलब रोक्का गर्ने कर्मचारी निकाल्ने गरेको प्रति सरकारी निकाय भने मौन छ ।

उपत्यकाकै अन्य ठुला अस्पतालहरु धापासी स्थीत गाण्डी अस्पताल, थापाथली स्थीत नर्भिक अस्पताल, भैसेपाटि स्थीत मेडिसीटी अस्पताल तथा बसुन्धरास्थीत चिरायु अस्पतामा कार्यरत नर्स तथा अन्य कर्मचारीले पछिल्लो दुइ महिनाको तलब पाएका छैनन् ।

नेपाल नर्सिङ संघका अनुसार नेपालका अधिकांश निजी अस्पताल र केही सरकारी अस्पतालमा समेत समयमा तलब नदिएको र जबर्जजस्ती छुट्टिमा राखेको मौखिक गुनासो आउने क्रम दैनिक रुपमा बढदै गएको छ

समितिमार्फत संचालित केही सरकारी अस्पतालमा समेत समयमा तलब नदिने तथा करार नविकरण समेत रद्ध गर्ने क्रम बढेको छ ।
अस्पतालमा कार्यरत नर्स तथा अन्य कर्मचारी गैरकानुनी रुपमा निकाल्ने र तलब सुविधा नदिने क्रम बृद्धि भएको गुनासो बढेपछि
नेपाल नर्सिङ संघका वरिष्ट उपाध्यक्ष रमेश सुब्बको संयोजकत्वामा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

विएण्डवी माथी कारबाहिको तयारी


ललितपुरको ग्वार्को स्थीत विएण्डवी अस्पतालमा कार्यरत नर्स तथा कर्मचारीलाई गैरकानुनी रुपमा निकाल्ने निर्णय तत्काल फिर्ता नलिए कानुनी कारवाहिको प्रक्रिया अगाडि बढाईने नेपाल नर्सिङ संघले जनाएको छ ।

समस्या समाधानकालागि संघले पटक पाटक अस्पताल ब्यावस्थापन संग छलफल गरेपनि अहिले सम्म फिर्ता लिने कार्य सुरु भएको छैन ।
नयाँ विकल्पसंग कुरा गदैं नेपाल नर्सिङसंघकी केन्द्रिय अध्यक्ष मनकुमारी राईले करार सम्झौता विपरित तलब नदिने, कामबाट निकाल्ने, र जबरजस्ती विदामा बसाल्ने गर्ने निर्णय तत्काल फिर्ता नलिए नेपाल नर्सिङ संघले पिडितको पक्षमा कानुनी लडाई लडने बताईन ।

“ठुला अस्पतालमा यस्ता समस्या बढि रहेको पाईएको छ । अधिकांश अस्पतालबाट मौखिक उजुरी आईरहेका छन।हामी पहिलो चरणमा छलफलबाटै समस्या समाधान होस भन्ने चाहि रहेका छौं । यसरी समाधान भएन भने अधिकार रक्षाकालागि कानुनी लडाई समेत सुरु गछौं ” । राईले भनिन् ।

अस्पतालका कार्यरत नर्स तथा अन्य कर्मचारील संक्रमणको उच्च जोखिम मोलेर काम गरिरहेका छन । राजधानीका ठुला अस्पतालहरु गाण्डी अस्पताल, विएण्डवी अस्पताल, मेडिसीटी अस्पताल, चिरायु अस्पताल, विराटनगरको नोवेल मेडिकल कलेज, झापाको विएण्डसी अस्पतालमा कार्यरत नर्स तथा कर्मचारी सबैभन्दा बढि श्रम–शोषणमा परेका पाइएको छ ।

सरोकारवाला निकायको रहस्यमय मौनता

साना–ठुला मात्र अस्पतालमात्र हैन सरकारी लगानीमा सञ्चालित अस्पतालहरुमा कार्यरत हजारौं कर्मचारी तथा नर्सले रोजगारी गुमाएका छन ।

कोभिड–१९ नियन्त्रण तथा अन्य विरामीको उपचारमा अहोरात्र खटिएका नर्स तथा कर्मचारीलाई करार सम्झौता विपरित तलब रोक्ने, छुट्टिमा राख्ने,र कामैबाट निकालिएको प्रति स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग तथा मेडिकल काउन्सील रहस्यमय रुपमा मौन देखिएका छन ।

उता पिडित नर्स तथा कर्मचारी समेत खुलेर आफ्ना समस्या राख्न सरिहेका छैनन् ।
अनुगमन समितिको स्थलगत अध्ययनमा जागिर गुमेका नर्स तथा कर्मचारीलाई मनौवैज्ञानिक त्रासमा राखिएको छ । जसले गर्दा पिडित नर्स तथा कर्मचारीहरु समस्या आफुमै लुकाएर राख्ने गरेको समेत पाइएको छ ।
अनुगमन समितिका संयोजक रमेश सुब्बाका अनुसार अस्पतालमा कतिपय नर्स तथा कर्मचारी उजुरी गरेकै कारण थप प्रताडित बन्ने डरले
उजुरी गर्न डराई रहेका छन ।
सुब्बा भन्छन “साना अस्पताललाई केहि समस्या होला तर अरवौ लगानीमा खुलेका सुविधा सम्पन्न मानिने अस्पतालले नर्स तथा कर्मचारीलाइ तलब नदिनु , छुट्टिमा राख्नु र कामबाटै हटाउनु अत्यान्तै दुःखत छ” ।

अस्पतालमा कार्यरत नर्स माथी विभिन्न शोषण हुदाँ दक्ष जनशक्ति वाहिर जाने क्रम बढ्दो छ । समस्या समाधानमा सरोकारवाला निकाय सजग नभए भविस्यमा नर्सको अभाव हुनसक्छ ।
एउटा नर्स तयार पार्न बर्षौ लाग्ने र खर्चिलो भएकाले विकसीत मुलुकहरु युरोप, अष्ट्रेलिया, क्यानडा, अमेरीकाले समेत तेस्रो मुलुकबाट नर्स डाक्टर मगाउन थालेका छन ।

नेपालकका महंगा र सुविधा सम्पन्न अस्पतालहरुबाट नर्स तथा अन्य विभागमा कार्यरत कर्मचारीमाथी भैरहेको श्रम शोषणले नकारात्कम संदेश जाने तर्फ सरोकारवालाले बेलैमा सोच्ने कि १

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ श्रावण १२, १९: २४: ५१

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ श्रावण १२, १९: २४: ५१

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ श्रावण १२, १९: २४: ५१

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP