April 23, 2021, Friday

विभाग गठन र अनुशासनको कारवाहीपछि पौडेल पक्ष सशंकित, गुटको भेला पार्टी कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका२० वटा केन्द्रीय विभागको संयोजक नियुक्त गर्दै पूर्णता दिन थालेपछि असन्तुष्ट बनेका नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक बोलाएका छन् ।

नेता पौडेलले आफैले फोन गरी आफू निकट केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन् । ‘रामचन्द्र दाईले समयसामयिक विषयमा छलफल गर्नका लागि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्न बोलाउनु भएको छ’, केन्द्रीय सदस्य जीवन परियारले नयाँविकल्पसँग भने ।

पार्टीले केन्द्रीय विभाग संयोजक तोकिएकामध्ये, तरुण विभाग, महिला विभाग आदिलाई पूर्णता दिन थालेको, क्रियाशील सदस्यता वितरण गर्दा नवप्रवेशीलाई प्राथमिकता दिएको नेविसंघ र नेपाल तरुण दललाई पूर्णता दिन नसकेको विषयमा पौडेल समूह असन्तुष्ट बनेको छ ।

सभपाति देउवाले आफूइत्तरका विदेशस्थित नेपाली जनसम्र्क समितिका संयोजक र पदाधिकारीलाई अनुशासनको कारबाही गर्न थालेको आदि विषयमा दुइ साताअघि पौडेलको सम्पर्क कार्यालयमा बैठक बसी पौडेल समूहले आपत्ति जनाएको थियो ।

विभाग गठन गरी सभापति देउवाले महाधिवेशन प्रभावित पारी आफ्नो पक्षमा पार्न खोजेको भन्दै पौडेल समूहले गत साउन १ गते सभापति देउवालाई ध्यानकर्षण पत्र नै पार्टी केन्द्रीय कार्यालयमा बुझाएको थियो ।

पौडेलले अनुशासनको नाममा संस्थापनइत्तरका नेताहरुलाई कारबाही गर्नको लागि स्पष्टिकरण सोधेको भन्दै आपत्ति जनाएको एक सातापछि सभापति देउवाको निर्देशन र दबाबमा केन्द्रीय अनुशासन समितिले तीन जनालाई अढाई वर्षअघिको निर्वाचनमा अन्तरघात गरेको भन्दै कारबाही गरेको थियो ।

नेता पौडेलका प्रतिष्पर्धी पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित संस्थापनइत्तर पक्षका कैलालीका पुष्करनाथ ओझालाई समेत कारबाही गरिएपछि नेता डा. शेखर कोइराला र डा. मिनेनद्रप्रसाद रिजालले समेत असन्ुतष्टि पोखेका थिए ।

मंगलबार मात्र राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका सुनिल थापा लगायतको विषयमा समेत पौडेललाई आशंका जन्माएको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र सुनिलबहादुर थापासहित २१ जना केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश गरेसँगै देउवा पक्ष बलियो हुनसक्ने भन्दै पौडेल शसंकित बनेका हुन् ।

राप्रपाका प्रभावशाली नेताहरु धनकुटा, भोजपुर, झापा, मोरङ, सिन्धुपाल्चोक, बारा र महोत्तरीबाट कांग्रेसमा प्रवेशसँगै पौडेललाई चिसो पसेको हो । यि जिल्लामा संस्थापनइत्तरका भनिए पनि कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालाको प्रभाव छ । महोत्तरीवाहेकका जिल्लामा सिटौला र शेखरको प्रभाव बलियो बन्ने देखिएपछि पौडेल अत्तालिएका हुन् ।

थापासहितका नेता राप्रपाबाटा कांग्रेस प्रवेश गर्ने औपचारिक कार्यक्रममा बोल्दा समेत पौडेलले कांग्रेसमा धेरै संघर्ष, त्याग र योगदान दिएका व्यक्तिहरु भएकाले उनीहरुलाई सम्मान गर्न स्वीकार्न पर्ने भन्दै मानसिक दबाब दिएका थिए ।

तर, कार्यक्रममा सभापति देउवाले सुनिललाई सहमहामन्त्री र अन्यलाई योग्यता र क्षमता हेरेर पक्षपात नगरी जिम्मेवारी दिने बताएका थिए ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ श्रावण १४, १२: ५८: ३३

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ श्रावण १४, १२: ५८: ३३

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ श्रावण १४, १२: ५८: ३३

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP