May 18, 2021, Tuesday

प्रहरीलाइ घुस दिने ९ सवारी चालक नियन्त्रणमा

फाइल फाेटाे


नयाँ विकल्प,


काठमाडौं–चेकपोष्टमा रहेका प्रहरीलाई घुष दिएर दुर्व्यावहार गर्ने सवारी चालकलाई हेटौडा प्रहरीले नियन्त्रणमा लिएको छ ।


हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुव्र्यवहार गर्ने सवारी साधनका ९ जना चालक तथा सहचालकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बा १५ च ६२३ नम्बरको पिक अप गाडीका चालक काठमाडौं–१३ का ४२ वर्षीय कर्म थापा, बा ८ च ४३४ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुर–५ का ३० वर्षीय उमा शंकर साह, सह–चालक १८ वर्षीय किशोर, ना १ ज ८६२३ नम्बरको सुमो गाडीका चालक रौतहट गुजरा–५का २३ वर्षीय महमद सदरे आलम, ना ४ च ५९४१ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुर–७ का २१ वर्षीय नितेश कुमार झा, प्रदेश ३–०१–००५ ख ९२४५ नम्बरको बसका चालक रौतहट चन्द्रपुर–२ का ३५ वर्षीय उमेश कुश्वार रहेका छन ।


यसैगरी पक्राउ पर्नेमा ना ५ ख ३५१५ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर–१ का ४० वर्षीय बिर्ख बहादुर यसमाली, ना ४ च २३४० नम्बरको पिक अप गाडीका चालक बारा बर्सौनी गाउँपालिका–२ बस्ने २७ वर्षीय प्रमोद मुखिया र ग १ ख ९७१७ नम्बरको बसका चालक धनकुटा बेलाहारा–१६ बस्ने ३९ वर्षीय बिनोद नेपाली रहेका छन ।


अति आवश्यक सामग्री तथा पाठयपुस्तक ढुवानी लेखिएको टाटा पिक अप गाडीमा त्रिपालले छोपेर गाडीभित्र पास नभएका मानिस राखी ल्याउदै बिना गरेको चेकिङ टोलीले देखेपछी गाडी छोड्न भनी प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुव्र्यवहार समेत गरेपछि ती गाडीका चालक तथा सहचालकहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


पक्राउ परेका थापाले ५सय, साहले ३ सय, सहचालक किशोरले २ सय, आलमले ५ सय, झाले ५०, कुश्वारले ३ सय, यसमालीले १ सय तथा नेपालीले १ हजार रुपैयाँ घुष दिन खोजेको प्रहरीले दावी गरेको छ ।

उनीहरुमाथि सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७७ श्रावण १४, १३: ५४: २६

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७७ श्रावण १४, १३: ५४: २६

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७७ श्रावण १४, १३: ५४: २६

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP