May 14, 2021, Friday
कांग्रेसमा लोकतन्त्र

१६ वर्षदेखि अधिवेशन गर्न नसक्ने भ्रातृसंस्थालाई ६ महिना थमाैति

लिलाराज खनाल ,



काठमाडौं । नेपालको ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसका कतिपय भ्रातृसंस्थाको महाधिवेशन विगत १७ वर्षदेखि भएको छैन भन्दा धेरैलाइ पत्यार नलाग्न सक्छ । तर, यथार्थ यही हो कि पार्टीले त्यस्ता संस्थाको म्याद बारम्वार थप्दै आएको छ ।

विधान बमोजिम नियमित महाधिवेशन गर्न नसक्ने नौ वटा भ्रातृ संस्थाको म्याद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार ६ महिना थप गरेका छन् । विधान बमोजिम निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने नेपाल विद्यार्थी संघवाहेक कुनै पनि भ्रातृ संस्थालाई पार्टीले विघटन गरेर तदर्थ समिति बनाउन सकेको छैन ।

भ्रातृ संस्थाको विधान बमोजिम निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थामा विगत १७ वर्षदेखि नेतृत्व गर्दै आएका नेताहरुले जिल्ला तहमा संगठन समेत विस्तार गर्न सकेका छैनन् ।

नेपाल किसान संघ र नेपाल आदिवासी जनजाति संघको १७ वर्षदेखि क्रमशः भानु सिग्देल र आईवी (इन्द्रबहादुर) गुरुङ अध्यक्ष छन् । १७ वर्षदेखि महाधिवेशन नभएको अर्को भ्रातृ संस्था हो नेपाल प्रजातान्त्रिक सेनानी संघ । यसको अध्यक्ष टंकप्रसाद शर्मा कँडेल हुन् । गुरुङ र कँडेल दुवै पूर्वसांसद हुन् ।

त्यस्तै, राष्ट्रिय लोतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठ र नेपाल तामाङ संघका अध्यक्ष कबेलबहादुर लामाले १४ वर्षदेखि संस्थाको महाधिवेसन गराउन सकेका छैनन् ।

नेपाल ठाकुर समाजका अध्यक्ष अनिरुद्र ठाकुर विगत १३ वर्षदेखि आफै अध्यक्ष बन्दै आएका छन् । उनले समाजको गठन गरेदेखि हालसम्म अधिवेशन गराउन सकेका छैनन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद मीन विश्वकर्मा नेपाल दलित संघका अध्यक्ष समेत हुन् । पार्टीको विधान कार्यान्वयन तहमा रहेका उनले संघको महाधिवेशनको मिति बारम्बार तोक्दै स्थगित गर्दै आएका छन् । उनी आठ वर्षदेखि अध्यक्ष छन् ।

कांग्रेस कार्यकर्ताको बेर्ना उत्पादन गर्ने संस्था नेपाल विद्यार्थी संघको महाधिवेशन भएको तीन वर्ष भएको छैन । तर, २ वर्षे कार्यकाल भित्र महाधिवेशन गर्न नसकेको भन्दै तत्कालिन अध्यक्ष नैनसिंह महरलाई राजिनामा दिन लगाएर संघको नेतृत्व झण्डै एक बर्ष खाली राखियो ।

नेविसंघको महाधिवेशन गर्ने उदेश्यले विधान विपरित ३२ वर्ष उमेर कटेका अर्थात ५० बर्ष काटेका राजिप ढुंगानालाई अध्यक्ष बनाएर ६ महिना भित्र महाधिवेशन गर्ने जिम्मेवारी पार्टीले दिएको थियो । तर, उनी मुस्किलले एक दर्जन मात्रै केन्द्रीय कार्यसमितिको भरमा नेविसंघ चलाउन बाध्य छन् ।

१० महिनाअघि नै म्याद सकिएको नेपाल तरुण दलको म्याद दुई पटक ६÷६ महिना गरी थप भए पनि महाधिवेशन गर्न सकेन र फेरि तेश्रो पटक ६ महिनाको लागि म्याद थप गरिएको छ ।


३३ महिनाअघि ४ सदस्यीय पदाधिकारी चयन गरेको तरुण दलमा हाल महासचिव पद नै रिक्त भएसंगै ३ सदस्यीय पदाधिकारीको भरमा तरुण दल चलिरहेको छ ।

भ्रातृ संस्थाको महाधिवेशन गर्ने, गराउने वातावरण बनाउनुको सट्टामा बारम्बार बिना कारण ६ महिना म्याद थप गर्दै लैजाने पार्टी नेतृत्वको शैली जिमिन्दारी शैली भएको कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बताए ।

‘पार्टीका भ्रातृ संस्थालाई तदर्थ समितिबाट चलाउन खोज्ने , विधानलाई मिचेर विधविहिनताको आधारमा पार्टी चलाउने प्रयास भएको छ,’ नेता केसीले भने, ‘पार्टीमा बहुमत छ भन्दैमा बिधान मिच्न पाईंदैन, सहमतिबाट मात्र पार्टीको नियमावलीलाई परिवर्तन गर्न सकिन्छ ।’

पार्टीको भ्रातृ संस्थामध्ये नेपाल महिला संघ, नेपाल मगर संघ, नेपाल मुश्लिम संघको केन्द्रीय कार्यसमिति मात्र बैधानिक छ । नेपाल नेवा संघको महाधिवेशन नभएको १२ वर्ष भएपनि पार्टीले म्याद थप गरेको छैन ।

नेपाल महिला संघको ३ वर्षे कार्यकाल पनि आगामी भदौ महिनामा समाप्त हुँदैछ । कांग्रेसको सुभेच्छुक संस्थामा नेपाल प्रेस युनियनवाहेक सबै संस्थाले नियमित महधिवेशन गर्दै आएका छन् । नेपाल प्रेस युनियनको भने बैधानिकता समेत समाप्त भएको स्रोतले बतयो । युनियनको दर्ता समेत नविकरण नभएको युनियनका पदाधिकारीहरु बताउँछन् ।

सम्बन्धित समाचार

बहुमतको सरकार बनाउन किन पत्याइएन देउवालाई ?
बहुमतको सरकार बनाउन किन पत्याइएन देउवालाई ?
  • २०७७ श्रावण १६, २०: २७: ३१

नयाँ विकल्पकाठमाडौं । स्थानिय तहको २०७४ मा सम्मपन्न निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डले चार्टर गरेको हेलिकोप्टर चडेर...

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ श्रावण १६, २०: २७: ३१

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ श्रावण १६, २०: २७: ३१

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

भर्खरै

TOP