April 23, 2021, Friday

डोटी, रुपन्देही र पाल्पामा सवारी दुर्घटना हुँदा ६ को मृत्यु

नयाँ विकल्प,

काठमाडौं- देशका विभिन्न स्थानमा भएकाे सवारी दुर्घटनामा परि ६ जनाकाे ज्यान गएकाे छ । नेपाल प्रहरी मुख्यालयका अनुसार डोटी, रुपन्देही र पाल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाकाे मृत्यु भएकाे हाे

डोटी पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा ना.६ ख २५२९ नम्बरको बस
सडकबाट करिब १ सय मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार
हाल नाम, थर, वतन नखुलेका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २७ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-५ स्थित सडकमा लु.५३ प २८७६ नम्बरको स्कुटर
आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११
शिवपुर बस्ने ५४ वर्षीय नारायणप्रसाद बस्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

पाल्पा निस्दी गाउँपालिका-५ पटाकसरमा लु.१ ज २८८७ नम्बरको जिप अनियन्त्रित
भई सडकबाट करिब ७ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जिपमा सवार २
जनाको मृत्यु भएको छ ।

दुर्घटनामा निस्दी गाउँपालिका-५ डब्बुडाँडा बस्ने ६३ वर्षीय ठाकुर प्रसाद थालको घटनास्थलमै र सोही गाउँपालिका-४ बस्ने बिष्णुमाया सारुको ३ महिनाको छोरा सिमोवन कालुङको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते अन्य ६ जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ श्रावण २८, १२: ५६: २३

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ श्रावण २८, १२: ५६: २३

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ श्रावण २८, १२: ५६: २३

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP