May 10, 2021, Monday
बिबादमा कांग्रेसको विभाग गठन

विभागमा देउवा पक्षका नेताकै गृह जिल्लाको वर्चश्व

नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र उनी पक्षधर नेताहरुको असहमति र विरोधका बाबजुध यसै साता पार्टीका १८ वटा विभागलाई बिस्तार र पूर्णता दिएका छन् ।

विभाग गठन गर्दा आफू पक्षधर कार्यकर्तालाई मात्र समावेस गरेको र २८ विभाग बढाएर ४८ पुर्याएको भन्दै पौडेल समूह त्यसका बिरुद्ध वक्तब्यबाजीमा उत्रिएको छ । सभापति देउवाले भने २८ विभागका प्रमुख तोकेका छैनन भने दुई विभागलाई पूर्णता दिइएको छैनन् ।

देउवाले गठन गरेका विभागमा भौगोलिक र जातिय असन्तुलन भने धेरै पाइन्छ । उनी निकट झण्डै ४० जना केन्द्रीय सदस्यमध्ये २० जनालाई मात्र अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त भइरहँदा विभाग गठनमा समेत केही प्रभावशाली नेताकै बर्चश्व देखिएको छ ।

संघीयता र समावेसिताको पक्षधर भएको दाबी गर्ने कांग्रेसको वर्तमान नेतृत्वले १८ वटा विभाग गठन गर्दा मुस्ताङबाट एक जनाको मात्र प्रतिनिधित्व गराउन सकेको छ भने राजधानी काठमाडौं जिल्लाका मात्र ४७ जनालाई विभागमा स्थान दिएको छ ।

कठमाडौंपछि सबैभन्दा धेरै सदस्यको प्रतिनिधित्व धनुषाबाट छ । उपसभापति विमलेन्द्र निधिको गृह जिल्ला धनुषाबाट १८ विभागमा २० जनाको प्रतिनिधित्व रहेको छ । यो जिल्लाबाट हरेक विभागमा प्रतिनिधित्व छ भने दुई वटा विभागको प्रमुख नै धनुषाका छन् ।

धनुषापछि सबैभन्दा धेरै १९ जना कैलालीबाट प्रतिनिधित्व छ । कैलाली कांग्रेस सभापति देउवाकी धर्मपत्नी डा.आरजु राणाको राजनीतिक क्षेत्र हो । गत २०७४ सालको आम निर्वाचनमा राणा पराजित भएकी थिइन् ।

कैलालीपछि झापा र पर्षाबाट समान १७÷१७ जनालाई विभागमा समेटिएको छ । झापा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको गृह जिल्ला हो भने पर्षा मुलुकको व्यापारीक केन्द्र पनि हो । आर्थिक प्रभाव, उद्योगी वा व्यापारीको प्रभाव र दुई जना विभागीय प्रमुख पर्षाकै रहेकोले यति धेरै प्रतिनिधित्व भएको कांग्रेसका असन्तुष्ट पक्षको बुझाई छ ।

पहाडी जिल्ला स्याङ्जाबाट १५ जनाको प्रतिनिधित्व छ । यो संगठन विभाग प्रमुख तथा देउवा निकटका नेता पूर्वउपसभापति गोपालमान श्रेष्ठको गृह जिल्ला हो ।

उपसभापति विजयकुमार गच्छदार तथा नेता ज्ञानेन्द्रबहादुर कार्कीको गृह जिल्ला सुनसारीबाट १४ र महामन्त्री पूर्णबहादुरर खड्काको गृह जिल्ला सुर्खेतबाट १४ जनाको प्रतिनिधित्व १८ विभागमा भएको छ ।

केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराई तरुण र नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुख हुन् । उनीहरुको समेत गृह जिल्ला भएको तनहुँ नेता रामचनद्र पौडेलको समेत गृह जिल्ला हो, जहाँ १२ जनालाई विभिन्न १८ विभागमा राखिएको छ ।

उपत्यकाको जिल्ला ललितपुरमा १२ जनाको प्रतिनिधित्व छ भने भक्तपुरबाट ७ जना र सभापति देउवाको गृहजिल्ला डडेलधुराबाट पाँच जनाको मात्र प्रतिनिधित्व रहेको छ ।

यस्तो छ प्रतिनिधित्व

काठमाडौंबाट अम्विका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग प्रमुखमा, लता घिमिरेलाई सदस्य सचिवमा, हरिदर्शन श्रेष्ठ, सुदर्शन सिग्देल, मुकुन्द चापागाईं, डा. विष्णु दाहाल र रोहित पौडेललाई सदस्यमा, ज्याति कोइराला पूर्वसांसद मोहनकुमार राईलाई खेलकुद विभाग उपप्रमुखमा, उद्धव खड्का र दिपराज गुरुङलाई सदस्यमा मनोनित गरिएको छ ।

यस्तै, प्रगतिमान रञ्जित र शंखर थापालाई संगठन विभाग सदस्यमा, दिलिप पराजुली, हरिश्चन्द्र केसी, कुमार बजगाईं, जानुका नेपाल र रमशे पौडेललाई शिक्षा विभाग सदस्यमा, प्रसन्नमान श्रेष्ठलाई यातायात समन्वय विभाग सदस्यमा, सलाउद्दिन मिया, मोहम्मद बोसी र मेजान खानलाई मुश्लिम विभाग सदस्यमा राखिएको छ ।

विष्णुभक्त तिमिल्सीना, ईन्द्रबहादुर बराल, राजेन्द्र महर्जन र प्रभाकर पाण्डेलाई संघीय मामिला तथा प्रदेश समन्वय विभागमा, रमेश डंगोल, सीताराम काफ्ले, राममान सिंह महर्जन र उर्मिला डंगोललाई वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा, अच्युत सापकोटा, बसिनारायण श्रेष्ठ र रामप्रसाद पौडेलाई स्थानीय तह समन्वय विभागमा राखिएको छ।

हुमनाथ कोइराला र भगवती खड्कालाई निर्माण व्यवसायी समन्वय विभागमा, जगन्नाथ धिमाल र प्रवल थापालाई तरुण विभागमा, अम्विका शर्मालाई उद्योग व्यवसाय विभागमा, विश्वम्भर प्रधान, रवि सिंह र सुभाष राईलाई आदिवासी जनजाति विभागमा, शम्भु अधिकारी, उमेश भट्टराई, दिव्य घिमिरे र सागरदास रञ्जितलाई राज्य प्रशासन विभागमा, अनार बस्नेत, इन्दिरा कोइराला र कृष्णकुमारी बस्नेतलाई महिला विभागको सदस्यमा मनोनित गरिएको छ ।

धनुषाबाट महेन्द्र यादवलाई यातायात समन्वय विभागको प्रमुखमा, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी समन्वय विभाग प्रमुखमा, रामरुप प्रसाद कुर्मी र रामबाबु यादवलाई सदस्यमा, कुमार कान्त झालाई संगठन विभागमा, गणेश तिवारी र शिवकुमार यादवलाई शिक्षा विभागमा राखिएको छ ।

लियाकत अलिलाइ मुश्लिम विभागमा, मोवारक कवाडीलाई मुश्लिम विभागमा सत्रुघ्न यादवालाई तराई मधेश समन्वय विभागमा, समिर घिमिरे र राम उदय यादवलाई संघीय मामिला तथा प्रदेश समन्वय विभागमा, बासलाल महतोलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग सदस्यमा राखिएको छ ।

भोला परियारलाई स्थानीय तह समन्वय विभागमा, सुरेन्द्र चौधरी (मुन्ना) लाई निर्माण व्यवसायी समन्वय विभागमा, रामानन्द चौधरी (ललन) खेलकुद विभागमा, बजरंग साहलाई उद्योग व्यापार विभागमा, शोभित दास धानुकलाई आदिवासी जनजाति विभागमा, सुधिर गोइतलाई राज्य प्रशासन विभागमा र पुष्पलता लामालाई महिला विभागको सदस्यमा राखिएको छ ।

कैलालीका फकिरसिंह कडायतलाई संगठन विभागमा, विजयबहादुर स्वाँरलाई यातायाता समन्वय विभागमा, नैमुद्धिन भाट, अब्दुल अली कुरेसी र गुलाम रसुल अन्सारीलाई मुश्लिम विभागमा, राजसमझ चौधरी, सूर्यबहादुर शाह र बलबहादुर विष्टलाई तराइ मधेश समन्वय विभागमा राखिएको छ ।

रामचन्द्र ओझा र ई. विरेन्द्र खड्कालाई बन, वातावरण तथा विपत्त व्यवस्थापन विभागमा, भोजबहादुर बमलाई बित्तिय तथा सहकारी संस्था समन्वय विभागमा, रणबहादुर रावल र तीर्थराज बोहरालाई निर्माण व्यवसायी समन्वय विभागमा, प्रकाश विष्ट र कुवेर प्रकाश सिंहलाई खेलकुद विभाग सदस्यमा राखिएको छ ।

राम ससिले चौधरी र फिरु रानालाई उद्योग व्यापार विभागमा, ललिता सुनार र रीता चौधरीलाई महिला विभाग सदस्यमा मनोनित गरिएको छ ।

झापाका केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुखमा र खगेन्द्र पाण्डव अधिकारीलाई सदस्यमा, विनकुमार विश्वकर्मालाई संगठन विभाग सचिवमा, सुरेस सुब्बालाई सदस्यमा, विश्वदिप लिङ्देनलाई संघीय मामिला तथा प्रदेश समन्वय विभागमा राखिएको छ ।

राजेश खड्कालाई शिक्षा विभागमा, दीपेन्द्र पोखरेललाई निर्माण व्यवसायी समन्वय विभागमा, अमिन अलि शेषलाई मुश्लिम विभागमा, सूर्यनारायण ताजपुरियालाई तराई मधेश समन्वय विभागमा, दुर्गा प्रसाद लुईंंटेललाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा र दुर्गा सापकोटा र चन्द्रकुमारी खड्कालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग सदस्यमा राखिएको छ ।

राजेन्द्र घिमिरेलाई स्थानीय तह समन्वय विभागमा, मदनबहादुर बुढाथोकीलाई तरुण विभागमा, पंकज नेम्वाङलाई खेलकुद विभागमा, राजन ढुंगानालाई उद्योग व्यवसाय विभागमा र नारायण बजगाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको सदस्यमा राखिएको छ ।

पर्षाका अजयकुमार चौरसियालाई तराई मधेश समन्वय विभाग प्रमुखमा, रामनारायणप्रसाद कुर्मीलाई सचिवमा र नरेन्द्र साहलाई सदस्यमा, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा र राकेश सिंहलाई संगठन विभाग सदस्यमा राखिएको छ ।

प्रमोद गुप्तालाई शिक्षा विभागमा, सकिम मिया र जागिर हुसैनलाई मुश्लिम विभागमा, डीना गुप्तालाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा, जनार्दन क्षेत्रीलाई स्थानीय तह समन्वय विभागमा, वशिष्ट नारायण कुर्मीलाई निर्माण व्यवसायी समन्वय विभाग सदस्यमा चयन गरिएको छ ।

व्यापारी अनिलकुमार रुग्गटालाई उद्योग व्यवसाय विभागको उपप्रमुखमा, सञ्जय केडिया, वृहस्पति श्रेष्ठ र दिनेश चौधरी थारुलाई सदस्यमा, असोक गुप्तालाई राज्य प्रशासन विभागमा, दुर्गादेवी महतोलाई महिला विभाग सदस्यमा मनोनित गरिएको छ ।

स्याङ्जाका गोपालमान श्रेष्ठ संगठन विभाग प्रमुख हुन भने सदस्यहरु लेखमायाँ पौडेललाई शिक्षा विभागमा, चेतनारायण श्रेष्ठलाई यातायात समन्वय विभागमा, हाजी नसिबुद्दिन मियालाई मुश्लिम विभागमा, मेघ बहादुर खड्कालाई तराई मधेश समन्वय विभागमा, हिरादेवी शर्मालाई वन, वातावरण तथा विपत्त व्यवस्थापन विभागमा मनोनित गरिएको छ ।

भरत ढकाललाई वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा, लालगोपाल अर्याललाई स्थानीय तह समन्वय विभागमा, श्रीप्रसाद श्रेष्ठलाई उद्योग व्यवसाय विभागमा, यामबहादुर गुरुङलाई आदिवासी जनजाति विभागमा, दिपनारायण शर्मालाई श्रमिक तथा ट्रेड युनियन विभागमा जिम्मेवारी दिइएको छ ।

यामप्रसाद पाण्डे र भरत राज शर्मालाई राज्य प्रशासन विभागमा, केशववराज लम्साललाई वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा र खगेश्वरी भण्डारीलाई महिला विभागको सदस्यको जिम्मेवारी दिइएको छ ।

सुर्खेतका गोविन्दबहादुर मल्ललाई वित्तिय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा, पूर्वराज्यमन्त्री तप्तबहादुर विष्टलाई नेपाली जनसम्पर्क समिति समन्व विभागमा, धर्मराज गिरी र भवानी थानीलाई संगठन विभागमा, महेन्द्रकुमार मल्ललाई शिक्षा विभागमा, इन्द्र रावलाई यातायात समन्वय विभागमा, सतार वकसलाई मुश्लिम विभागमा र धनीराम सुनारलाई तराई मधेश समन्वय विभाग सदस्यम ाचयन गरिएको छ ।

डोरप्रसाद शर्मालाई तरुण विभागमा, दिपक राईलाई खेलकुद विभागमा, लिलाराम थापामगरलाई आदिवासी जनजाति विभागमा, तीर्थजंग शाहीलाई श्रमिक तथा ट्रेड युनियन विभागमा, झक्कड बस्नेतलाई राज्य प्रशासन विभागमा र खगेश्वरा आचार्यलाई महिला विभाग सदस्यमा मनोनित गरिएको छ ।

सुनसरीकी लक्ष्मी खतिवडालाई महिला विभाग सचिवमा, र ममता तामाङ्गलाई सदस्यमा, सरोज थापालाई संगठन विभागमा, बद्री नारायण चौधरीलाई शिक्षा विभागमा, लतिफ मियाँलाई मुश्लिम विभागमा, हरिनारायण चौधरी र ममता मेहतालाई तराई मधेश समन्वय विभाग सदस्यमा मनोनित गरिएको छ ।

जितेन्द्र खेरवार र उर्मीला श्रेष्ठलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा, पूर्ण सुवेदीलाई निर्माण व्यवसायी समन्वय विभागमा, किसोर राईलाई खेलकुद विभागमा, विनोदराज मुक्तानलाई आदिवासी जनजाति विभागमा, बाबुराम विष्ट र महेशचन्द्र साहलाई राज्य प्रशासन विभागको सदस्यमा राखिएको छ ।

ललितपुरका मीनकृष्ण महर्जनलाई खेलकुद विभाग सचिवमा, पूर्वसांसद चन्द्र महर्जनलाई श्रमिक तथा ट्रृेड यनियन विभागमा, उर्मिला केसी र भरतलाल न्याछ्योंलाई संगठन विभागमा, दिपेन्द्रविक्रम सिजापतिलाई शिक्षा विभागमा, नन्दकिशोर शाही र केदार गोर्खालीलाई यातायात समन्वय विभागमा, बालकृष्ण श्रेष्ठलाई निर्माण व्यवसायी समन्वय विभागमा राखिएको छ ।

माधव दुलाल र ऋषवदेव घिमिरेलाई श्रमिक तथा ट्रेड युनियन विभागको सदस्यमा , रमेश वखतीलाई राज्य प्रशासन विभागमा र गोकुल खड्कालाई राज्य प्रशासन विभागको सदस्यमा मनोनयन गरिएको छ ।

तनहुँका शंकर भण्डारीलाई तरुण विभाग प्रमुखमा, पूर्ण गुरुङ र अम्विर जोशीलाई सदस्यमा, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्व विभागको प्रमुखमा, इन्दु शर्मा ढकाललाई संगठन विभागमा, हाजी जमालुद्धिन मियाँलाई मुश्लिम विभागमा जिम्मेवारी दिइएको छ ।

हुतमणी अधिकारीलाई संघीय मामिला तथा प्रदेश समन्वय विभागमा, इन्दिरा खनालाई वन, वातावरण तथा विपत्त व्यवस्थापनि विभागमा, चन्द्रकला भट्टराई र झुलबहादुर आलेलाई स्थानीय तह समन्वय विभागमा, समुन्द्र गोदारलाई निर्माण व्यवसायी समन्वय विभागमा र देवकुमार श्रेष्ठलाई उद्योग व्यवासाय विभागमा राखिएको छ ।

पार्टी सभापति देउवावको गृह जिल्ला डडेलधुराका शेरबहादुर भण्डारीलाई संगठन विभागमा, सुरेशराज जोशीलाई शिक्षा विभागमा, राजु भट्ट जोशीलाई वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा, मोहनराज पाठकलाई राज्य प्रशासन विभागमा र नारुदेवी ओझालाई महिला विभाग सदस्यमा मनोनित गरिएको छ ।

भक्तपुरका मुरारी आचार्य र ज्ञानदास प्रजापतिलाई संगठन विभागमा, रञ्जना कक्षपतिलाई शिक्षा विभागमा, मदनकृष्ण श्रेष्ठलाई स्थानीय तह समन्वय विभागमा, रामभक्त थापा मगरलाई निर्माण व्यवसायी समन्वय विभागमा, उमेश खड्कालाई खेलकुद विभागमा र सत्रुघ्न गुरुङलाई श्रमिक तथा ट्रेड युनियन विभागको सदस्यमा जिम्मेवारी दिइएको छ ।

विभाग गठनमा समानता देखिएन

पूर्वसांसद दाङका राजु खनाल र जिल्ला कार्यसमिति कालिकोटका पूर्वसभापति कालीबहादुर सहकारीलाई संगठन विभागको सदस्यमा मनोनित गरिएको छ । त्यस्तै, नेपाली जनसम्पक समिति समन्वय विभागको सदस्यमा पूर्वसांसद टंकप्रसाद राईलाई मनोनयन गरिएको छ ।

सभापति देउवाले १८ वटा विभाग गठन गर्दा मनाङका दुई जना कर्मा गुरुङ र साङ्तो लामालाई क्रमशःतरुण विभाग र आदिवासी जनजाति विभागको सदस्य दिइएको छ । अन्य १६ वटा विभागमा मनाङबाट कसैको पनि प्रतिनिधित्व छैन ।

त्यस्तै, १८ वटा विभागमा मुस्ताङबाट एक जना नर्वु गुरुङको मात्र प्रतिनिधित्व छ । उनलाई आदिवासी जनजाति विभागको सदस्यमा राखिएको छ । नेपाली जनसम्पर्क समिति समन्व विभागले विदेशस्थित समितिका क्रियाशिल सदस्य कसैलाई पनि प्रतिनिधित्व गराएको छैन ।

विभागका प्रमुख गोविन्द भट्टराईले जनसम्पर्क समितिका सदस्यलाई विभागमा नराखे पनि तनहुँ नै गृह जिल्ला भएका केन्द्रीय सदस्य तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले जनसम्पक समिति जर्मनीका रामजी पन्त र जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाका विकास उप्रेतीलाई विभागको सदस्यमा मनोनित गरेका छन् ।

भण्डारीले तरुण दलको सचिवमा नियुक्त भएका मिनकृष्ण महर्जन र सदस्यमा नियुक्त भएका पूर्ण गुरुङको पृष्ठभूमि भने बिबादस्पद रहेको छ ।

महर्जन हातहतियार तथा खरखजना अभियोगमा प्रहरीले प्रक्राउ परेका व्यक्ति हुन भने पूर्ण गुरुङ काठमाडौंको सुन्धारा क्षेत्रका डनको रुपमा चिनिएका छन् । उनलाई पनि प्रहरीले गुण्डागर्दी र जबर्जस्ती असुलीको अभियोगमा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७७ श्रावण २८, १७: ४७: ५४

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७७ श्रावण २८, १७: ४७: ५४

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७७ श्रावण २८, १७: ४७: ५४

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP