नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख गएको केन्दी्रय उद्योग तथा व्यापार विभागको गठन गरेको एक साता नवित्दिै विभागका केन्द्रिय सदस्य केदार थापाले पदबाट राजिनामा दिएका छन् ।
कांग्रेसको इलाम जिल्ला क्षेत्र नं २ बाट महासमिति सदस्यमा निर्वाचित थापाले आफूलाई विभागको केन्द्रीय सदस्यमा मनोनयन गरेकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफ्नो ज्ञान, शिप र अनुभवको आधारमा उक्त विभागमा बसेर पदिय दायित्व निर्वाह गर्न असमर्थ हुने जनाएका हुन् ।
सामाजिक सञ्जाल फेसवुकमार्फत थापाले सो पदमा नबस्ने व्यहोरा विभागका केन्द्रिय अध्यक्ष चिनकाजी श्रेष्ठलाई जनाएको बताएका छन् । जिल्ला अस्पताल विकास समिति इलामको अध्यक्ष समेत रहेका थापा इलामका चर्चित र लोकप्रीय युवा नेता हुन् ।
पार्टी सभपाति शेरबहादुर देउवाले अर्का नेता रामचन्द्र पौडेलसँगको असहमतिका बाबजुद १८ वटा विभागको गठन र दुई वटा विभागको विभागीय प्रमुख नियुक्त गरेपछि विभागको सदस्यमा रहेकाहरुले धमाधम राजिनामा दिन थालेका छन् ।
असन्तुष्ट नेताहरुले महाधिवेशनको कार्यतालिका शुरु भएकाले विभाग गठन गरी आचार संहिता उल्लंघन नगर्न सभापति देउवासमक्ष लिखित माग समेत गरेका छन् ।
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...