काठमाडाैं-सिन्धुपाल्चाेक जुगल गाउँपालिका–२ लिदीमा पुरिएर मृत्यु हुनेकाे संख्या १९ पुगेकाे छ । पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ।
जुगल गाउँपालिकाकाे गोल्छे लिदीमा पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये थप एक जनाकाे शव आईतबार सशस्त्र प्रहरीकाे टाेलिले फेला पारेपछि मृतककाे संख्या १९ पुगेकाे हाे ।
सो पहिरोमा परी अन्य २० जना हराईरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए ।
उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिएको थियो ।
उक्त पहिरोमा परी ज्यान गुमाउने मध्ये ११ जनाकाे शव शुक्रबार फेला परेकाे थियाे । शनिवार थप ७ जनाकाे शव भेटिएको थियो।आईतवार सव फेला परेका थिए ।
प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो।
लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए। पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला विपत व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।
जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार सङ्घले रु एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ। सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो। सङ्घको तर्फबाट रु एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट रु २५ हजार सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए।
नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...
नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...
नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...