July 29, 2021, Thursday

भ्रष्टचारकाे आरोपमा सेनाका सहायक रथी जबरासहित तीन बर्खास्त

नयाँ विकल्प ,

काठमाडाैं- नेपाली सेनाले भ्रष्टचारकाे आरोप लागेका सहायक रथी प्रयाेग जवरा सहित तिनजना सेनाका अधिकारीलाइ बर्खास्त गरेकाे छ ।

भ्रष्टचारकाे आरोप सेनाका उच्च अधिकार अधिकारी माथी कारवाहि भएकाे याे संभवत दाेस्राे ठुलाे कारवाहि हाे ।

पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सहायक रथी प्रयोग ज.ब.रा., महा सेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा माथी आर्थिक हिनामिनाकाे आराेप लागेकाे थियाे ।

श्री समरी जनरल सैनिक अदालतबाट सम्पत्ति र अनुशासन तथा आचरण सम्पत्ति र अनुशासन सम्बन्धी कसूर ,सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका सैनिक अधिकारीहरुलाई कारवाही गरिएकाे जनाइएकाे छ ।

३२ श्रावण आइतवार बसेको श्री समरी जनरल सैनिक अदालतबाट पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा प्रयोग ज.ब.रा., महा सेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्माले सैनिक सेवाबाट हटाउने गरी फैसला भएको छ ।

साथै उक्त अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने गरी फैसला भएको छ ।

आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको नेपाली सेनाले जनाएकाे छ ।

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७७ भाद्र १, ११: १३: ४४

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७७ भाद्र १, ११: १३: ४४

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७७ भाद्र १, ११: १३: ४४

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP