May 14, 2021, Friday

देउवासँग टाँसिएर बस्नेहरू छन्, हामीसँग जनताको बिचमा उभिने कार्यकर्ता छन्

महाअधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसभित्रको विवादको चुरो के हो यहाँलाई के लाग्छ ?

यसमा लोकतन्त्र भनेकै वाद, प्रतिवाद र संवादको व्यवस्था हो । त्यही वाद, प्रतिवाद र संवादले जुन घर्षण भएर निस्कन्छ । त्यो सत्यलाई सबैले कबुल गर्दै अगाडि बढ्ने व्यवस्था हो । त्यसकारण लोकतान्त्रिक पार्टीभित्र वादविवाद हुन्छ भन्ने ठान्नुपर्छ । तर, त्यसको पनि एउटा सीमा हुन्छ ।

यो देशमा तीनवटा ठूलठूला परिवर्तनमा पहिला २००७ राणासँग लडेर श्री ३ तिम्रो हुकुम प्रमांगील हुँदैन, विधिले शासन चल्नुपर्छ भनेम । राजासँग पनि तिम्रो लालमोहर हुकुमप्रमांगीले होइन भनेर आएको नेपाली कांग्रेसभित्र नेतृत्व गर्ने विधिभित्र भएन भने त छताछुल्ला हुन्छ ।

त्यसकारण नेपाली कांग्रेसको अहिलेको विवाद भनेको नीतिभन्दा नेता प्रधान, विधिभन्दा व्यक्ति प्रधान, सत्यभन्दा शक्ति प्रधान । यसरी एकलौटी ढंगले लान खोजिएको छ, त्यसले गर्दा यो परिस्थिति निर्माण भएको हो भन्ने लाग्छ ?

सभापतिले त विधिअनुसार नै गरिरहेको छु भन्नुभएको छ, सभापतिले विभाग गठन गर्न नपाउने हो र ?
विभाग गठन गर्न पाउनुहुन्छ । तर, त्यसको मिति त विधानले तोकिदिएको छ नि । अधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने भनेर । अनि अर्को अहिले हामी प्रतिपक्ष काँग्रेसले चुनाव पनि लड्नुपर्ला ? तर सरकारले निर्वाचन गर्ला । हामीले दुई, दुई चोटी महाधिवेशनको घोषणा गरि सकिएको छ । महाधिवेशन भनेको त नीतिगत निर्णयसँगै नेतृत्वगत निर्णय गर्ने निर्वाचन पनि हो नि ।

भोलि सरकारमा भएका पार्टीले निर्वाचन घोषणा गरिसकेपछि एउटा पनि नियुक्ति, सरुवा, बढुवाका निर्णय ग¥यो भने हामीले आचारसंहिता उल्लंघन ग¥यो भन्छौं । यो लोकतान्त्रिक परम्परा हो । अर्को एक त उहाँले ६ महिनाभित्र गर्नुभएन । दोस्रो कुरा उहाँले पुरै सिद्धिएको चारै वार्षभित्र पनि गर्नुभएन । अनि थपिएको एकवर्ष त्यो पनि महाधिवेशन घोषणा गरिसकेपछि गर्नुभयो ।

अर्को कुरा उहाँले तीन वर्ष नपुग्दै सुशील कोइरालाले गरेको विभाग गठनको विभागको विरोध गरेर त्यसलाई भंग गर्नुपर्ने भएको कुरा उहाँले सम्झनुपर्रयो नि आफैले गरेको कुरा । विधान, नीति सबै कुरालाई लत्याएर यसलाई कब्जा गर्छु भनेर गएपछि त्यसलाई कसरी स्वीर्कानु ।

एक वर्ष थपेर पाँच वर्ष चलाउन पाउने अधिकार त सभापतिलाई विधानले दिएको छ नी होइन र ?
लौ एक वर्ष त थपिए छ, त्यसमा पनि उहाँले छ महिनाभित्र गर्न सक्नुभएन ।

तर यतिबेला भएपनि विभाग गठन गरेर सबै कार्यकर्ता, नेतालाई जिम्मेवारी दिएर उत्साह थपेको जस्तो भएन र ?
सभापतिजीको त्यही बौदिकता आमनिर्वाचन अगाडि गरिदिएको भए हरेक जिल्लामा पाँच जना केन्द्रीयस्तरका नेता हुन्थे । तिनले चार, पाँच मात्रै भएपनि भोट बढाउन सक्थे । त्योबेलामा चाहीं केही नगर्ने ? अहिले उहाँलाई चुनावमा मद्दत गर्छन् कि भनेर पार्टीलाई कब्जा गर्नको निम्ति गर्ने ?

सकारण यो सर्वथा विधि, विधान र परम्परा बिपरीत काम हो । हाम्रो पार्टीको ऐतिहासिक एउटा परम्परा छ त्यसलाई उहाँले मिच्नुभएको छ ।

शेरबहादुर देउवा अहिले टाउको गन्दा पनि बहुमतमा हुनुहुन्छ, उहाँले विभाग गठन गर्दा रामचन्द्र पौडेललगायतका नेताहरुको टाउको दुखाई किन ?
यसमा हाम्रो चित्त दुखाइ होइन । उहाँले ६ महिनाभित्र किन गठन गर्न सक्नुभएन ? आफ्नो अधिकार क्षेत्रभित्र गर्नुपर्ने उहाँको कर्तव्यको कुरा हो । यो महाधिवेशनको घोषणा हुनुभन्दा अगाडि मैले विभाग गठनको कुरा गर्दा उहाँहरु २८ बाट एकैचोटी ४७ मा पुग्नुभयो ।

जब महासमितिले नै २८ विभाग बनाउने भनेर निर्णय गरेको ६ महिना पनि नपुगि २८ बाट ४७ मा पुग्नुभयो । त्यो बेलामा गरेको भए अहिले उहाँहरुले जसरी हामीलाई भनिरहनुभएको त्यसमा तर्क हुन्थ्यो । अनि सभापति भएभन्दैमा विधान मिच्न पाउने अधिकार हो ?

विगतमा पनि त विभागहरु समयमा गठन भएका थिएनन् नि होइन र ?

विगतमा नभएर त शेरबहादुरजीले नै सुशील कोइरालाले गठन गर्नुभएको विभागलाई खारेज गराउनुभयो ।

सभापतिले त मैले रामचन्द्र पौडेललगायत सबैलाई मिलाएर जान खोजेको थिएँ, उहाँहरुले दिनुभएन भन्नुहुन्छ नि ?
यो उहाँको सरासर लगत कुरा हो । उहाँले समयमै गर्न सक्नुहुन्थ्यो । गरेको भए वैधानिक अधिकारभित्र पथ्र्यो । सहमतिले विधि तोड्न पाइँदैन । तर, सहमतिले परिवर्तन चाहीं गर्न सकिन्छ । तर, अहिले आएर पार्टीभित्र बेपत्ताले मान्छेहरु भरिएको छन् । ती हाम्रा पनि हुन् ।

अनि तपाईंहरु किन आत्तिएको त ?
हामी आत्तिएका छँदैछैनौं । हामी यो महाधिवेशनसम्म पार्टी घेराउ गर्नुपरे, त्यही अनसन बस्न पनि तयार छौं । त्यसकारण हामी सत्य र विधिसम्मत प्रक्रियामा लडिरहेका आत्तिएका होइनौं । तर, विधि र नीतिबिहीन भएपछि विवाद हुन्छ ।

१३औं महाधिवशेनमा तपाई उतैबाट महामन्त्रीमा उम्मेद्ववारी हुनुुहन्थ्यो होइन र ?
त्यो धोका दिएको कुरा मलाई किन सोध्नुहुन्छ डा. सशांक कोइरालाको अस्तिको फायर साइड हेर्नुस् न । मैले यी दुईटालाई साच्छी राखेर भनेको अहिले आएर उनीहरुले भने । ती दुई पत्रकारले अहिले नै रामचन्द्रजीलाई भेटौ नभए रामचन्द्रजीलाई हामी बोलाएर ल्याउँछौं पनि भनेका हुन् । भनेपछि म नेपाली जनतालाई भन्न चाहन्छु मलाई कत्रो ग्रान्डडिजाइनबाट हराइएको रहेछ ।

उसोभए शेरबहादुर देउवाको पछाडि तपाईं किन लाग्नुभयो त ?
म त्यतिबेला शेरबहादुरजीको टिमबाट महामन्त्रीमा लडेकै हो । किन लागेँ, लागेँ त्यो त्यहीबेलामा सकियो ।

शेरबहादुर देउवालाई किन विश्वास गर्नुभयो त ?
किन गरेँ म त्यतातिर जान चाहन्न । शेरबहादुरजीले त्यसरी धोका दिनुभएको छ । यसले उहाँको चरित्रको प्रदर्शन गर्छ । यसमा आमजनतालाई फेरि आग्रह गर्न चाहन्छु, दुवै शक्ति एकातिर मिलेर रामचन्द्रजीको हार पनि त्यो हुन सक्छ, म त हारेँ, हारेँ । र स्वयं गगन लड्दा मैले कति भोट पाएँ, र मेरा साथीहरुको ममाथि कति विश्वास रहेछ ।

तपाईंलाई गगन थापासँग प्रतिस्पर्धा गर्नुहुने थिएन भन्ने आरोप पनि लाग्यो नि ?
मैले प्रतिस्पर्धा गरेको होइन । मैले लड्छु भनेर घोषणा गरिसकेपछि, अहिले पनि उहाँले पहिला लड्छु भनेर घोषणा गरेदेखि त्यसमा म पक्कै लड्दिँन ।

ज्वाइँ ससुरा चुनाव लड्नुहुन्छ एउटै पदमा ?
अहिले मैले घोषणा गरिसकेपछि कोही आयो भने त्यसलाई फिर्ता लिन्न । त्योबेला पनि उहाँसँग मैले धेरैचोटी सल्लाह गरेको हुँ । त्यसकारण त्यो बिर्सिइसकेको कुरालाई नकोट्याऊ । त्यो सिद्धिसक्यो ।

त्यसोभए शेरबहादुर देउवासँग जानु गल्ती भयो भन्न खोज्नु भएको हो ?
अहिले किन भन्नु ? कुनै बेला भन्नुपरेछ भने भनौंला ।

रामचन्द्रको टिमबाट लडेको भए तपाई महामन्त्री हुनुहुन्थ्यो नि ?
यसमा रामचन्द्रजीको पनि त्यत्तिकै गल्ती छ । उहाँले टिम घोषणा गर्दा के गरौं भनेर सोध्नुभएको भए जाँदैन थिएँ कि । तीन, चार बसेर आफै घोषणा गर्नुभयो ।

तपाईं शेरबहादुर टिममा नगएको भए उहाँ सभापति हुनुहुन्थ्यो नी होइन र ?
त्यो पनि भन्ने पक्षमा छैन । शेरबहादुरजीले मलाई त्यो चुनावमा धोका दिनुभएको हो । त्यो कुरा मैले मात्रै भनेको आफू हारेर भन्यो भन्ने हुन्थ्यो । डा. सशांक कोइरालाले आफ्नै मुखबाट उहाँले मलाई सहयोग गर्नुभएको भनिसकेपछि प्रष्ट भयो ।

तपाईं गिरिजाप्रसाद कोइराला बाचुन्जेल साथमा रहनुभयो होइन ?
हो ।

सुशील कोइरालासँग पनि तपाईंको सहकार्य रह्यो ?
उहाँलाई मैले धोका चाहीं दिइँन, तर उहाँको काम गर्ने तौरतरिकामा विमतिहरु प्रशस्तै भयो । यदि सुशील कोइराला जीवित भएको भए म यतातिर जाँदैन थिएँ ।

शेरबहादुर देउवालाई सभापति बनाउन तपाईंकै हात छ भन्छन् नी ?
आज आएर त्यो भन्न चाहन्न । मैले जतिसकेँ इमान्दरीपूर्वक सहयोग गरेँ । तर, उहाँकै इतरका वरिष्ठ नेताले भन्दै हुनुहुन्थ्यो तीनवटा भोट दिनु भनेर थ्री एस लेखेर बाँडिएको थियो रे । ती थ्री एसमा सशांक, शेरबहादुर र सीतादेवी भन्ने पनि कुरा आएका छन् । यी यस्ता खेलामेला भएहोलान्, कसैको व्यक्तिगत इच्छा भएहोलान् तर मलाई चाहीं ग्रुपै लागेर हराए ।

त्यसोभए शेरबहादुर देउवा कांग्रेसको असफल सभापति हो त ?
असफल त उहाँका अहिलेका गतिविधिले नै देखाउँछ नि । अहिले जसरी देशमा यत्रो चुनौति छ । त्यसबेला एउटा डाइनामिक ढंगले सशक्त रुपमा पार्टीलाई परिचालित गर्नुपर्नेमा एउटा गिरोह लिएर हिड्नुभएको छ । त्यसलाई मैले कसरी सफल भन्नु ।

अब आउने निर्वाचनमा शेरबहादुरको गठबन्धनमा जान सक्नुहुन्छ ?
कसले जित्ला, कसले हार्ला त्यो समयले देखाउने हो । त्यसैले अहिले नै शेरबहादुरजीसँग जाने हो अर्कोसँग । मैले त आफै लड्छु भनिरहेको छु ।

आउने महाधिवेशनमा तपाई सभापतिको उम्मेदवार हो ?
म सभापतिको उम्मेदवार हो ।

त्यसमा कम्प्रमाइज गर्नुहुन्न ?
त्यो त अहिले पनि भनिरहेको छु नि । अहिले पार्टीभित्र सुधारका लागि हामी ७, ८ जना छौं । तिनीहरुमध्ये जो पनि सहमति भयो भने मेरो उम्मेद्वार हो । त्यसमा हामीहरुमा सहमति भएन भने अहिलेका प्रभावकारी युवाहरुमध्येबाट चयन गरौं । त्यसमा पनि मेरो सहमति छ ।

होइन, समग्र रुपमा सहमति पार्टीलाई गतिशील बनाउनुपर्छ भने अहिलेसम्म भएका म जस्ता भूतपूर्व पदाधिकारी र अहिले भएका पदाधिकारीहरुबाट उम्मेदवार खोजौं त्यसमा पनि सहमत छु । होइन आफूआफू लड्ने हो भने गएको चुनावमा मैले पाएको धोका पनि हिसाव किन गर्नुछ त्यसकारण म आफै लड्छु ।

अब आउने महाधिवेशनमा रामचन्द्र, प्रकाशमानसिंह, सशांक कोइराला, डा. रामशहरण, अर्जूननरहिंस केसीको एउटा टिम छ, त्यसबाट एउटा मात्रै उम्मेद्वार हुन्छ ।

जो भएपनि एउटा मात्रै हुन्छ । अहिले नाम कसैको नसोध्नुहोस् म भन्दापनि भन्दिँन । तर, हामी जो भएपनि एकजना उमम्मेदवार हुन्छ ।

त्यसोभए कृष्णप्रसाद सिटौलाले तपाईंहरुलाई साथ दिनुहुन्छ ?
कृष्णप्रसाद सिटौलाजी पनि हामीसँगै हुनुहुन्छ । उहाँपनि पछिल्लो समय यो पार्टीको पुनर्जागरणको निम्ति हामीसँगै हुनुहुन्छ ।

त्यसोभए तपाईंहरुको गुटबाट एकजना सभापतिको उम्मेदवार हुन्छ ?
हो । त्यसमा तपाईंहरु ढुक्का भएर बस्नुहोस् ।

शेरबहादुर देउवालाई जसरी नी हराउनुहुन्छ ?
हराउने होइन, हामी जित्ने मनसायले अगाडि बढ्छौं ।

त्यो किसिमको कार्यकर्ता छ तपाईंहरुसँग ?
कार्यकर्ता र आमजना त हामीसँग ६० प्रतिशतभन्दा बढी छन् । तर, नेतृत्व गर्ने लेभलमा शेरबहादुरजी बलियो हुनुहुन्छ ।

शेरबहादुर देउवासँग देशभरिका कार्यकर्ता छन् नि ?
उहाँसँग टाँसिएर बस्ने कार्यकर्ता छन् । हामीसँग जनताको बीचमा उभिने कार्यकर्ता छन् ।

अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् नेपाली काँग्रेसको वर्तमान अवस्थाको बारेमा मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ भाद्र १, १४: ४२: २९

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ भाद्र १, १४: ४२: २९

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ भाद्र १, १४: ४२: २९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP