February 27, 2021, Saturday

चिकित्सक र नर्सलाई दुर्व्यवहार अशाेभनीय

महामन्त्री बलदेव तिमल्सिना


नयाँ विकल्प,
काठमाडौं – नेपाल विद्यार्थी संघले कोरोना संक्रमितलाई अपहेलित गर्ने,् संक्रमितको स्याहार तथा कर्तब्य परायणमा लाग्ने चिकित्सक र नर्सहरुलाई संक्रमण देखिएको भन्दै टोल छिमेकबाट भएको दुव्र्यवहार अशोभनिय भएको टिप्पणी गरेको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना संक्रमण देखिएकै आधारमा गाउँले र टोलछिमेक मिलेर चिकित्सकमाथि दुव्र्यवहार गर्ने प्रवृति अशोभनीय भएको भन्दै जटिल परिस्थितिमा दिन रात नभनी अग्रभागमा खटिनेहरुलाई सम्मान गर्न आव्हान गरेका छन् ।

‘आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ । मानवताकै नाताले पनि अहिलेको अवस्थामा एक÷अर्कालाई साथ दिऔँ र सहयोग गरौँ’, तिमल्सिनाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

बिश्वब्यापी महामारी कोभिड १९ बाट बिश्व र नेपालमा पनि दिनानु दिन संक्रमित बढीरहेको, क्वारेन्टिन, आईसोलेसन, हस्पिटलका वार्डमा संक्रमित थपिँदै गएकोमा आफू र आफ्ना तथा स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण स्वस्थ्यकर्मीको सही मूल्याँकन गर्दै सहयोग, माया र सद्भाव राख्न नेविसंघले आव्हान गरेको छ ।

भर्खरै

TOP