November 29, 2020, Sunday

उपत्यकामा भदौ १५ सम्म निषेधाज्ञ बढाउने तयारी

नयाँ विकल्प
काठमाडौं – उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञको अवधी बढाउने तयारी गरिएको छ। तीन प्रमुख जिल्ला अधिकारीको निर्णयबाट लगाइएको साताव्यापी निषेधाज्ञको अवधी बुधबार रातीबाट सकिदै छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहितको बैठक बसेर भदौ १५ सम्म निषेधाज्ञको अवधी बढाउने निर्णय गर्ने तयारी छ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्नेछन् ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन सक्नेछन् ।

भर्खरै

TOP