नयाँ विकल्प,
काठमाडौं – लण्डनस्थित बेलायतको राजदूतावासमा उपनियोग प्रमुखको जिम्मेवारी राेशन खनाललाई दिइएको छ । यसअघि उपनियोग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका शरदराज अरण भने परराष्ट्र मन्त्रालय आएका छन् ।
परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया डेस्कको प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी खनाल यसअघि इजरायलस्थित दूतावासको फस्ट सेक्रेटरीको जिम्मेवारी सम्हालेको अनुभव लिएकी छन् ।
जिम्मेवारी सम्हाल्न खनाल परिवारका सदस्यसहित शुक्रबार लण्डनतर्फ लागेकी छन् । २०६७ सालमा परराष्ट्र सेवामा शाखा अधिकृतको रुपमा नाम निकाल्ने ८ महिलामध्ये खनाल एक हुन् । उनी परराष्ट्र सेवाकाे उपसचिव पदमा कार्यरत छिन् ।
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...