March 5, 2021, Friday

क्वारेन्टाइनमा जनतालाई भेडा, बाख्राजस्तो एकैठाउँमा कोचिएको छः बानियाँ

नयाँ विकल्प,

काठमाडाैं- मुलुकमा कोभिड– १९ महामारीका कारण आर्थिक तथा सामाजिक वातावरण दिन प्रतिदिन कमजोर हुँदै गएको छ । दैनिकी ज्यालादारी गर्नेदेखि उच्च घरानाका व्यापारी समेत निकै ठुलो त्रासमा जिवन यापन गर्न थालेका छन् ।

सरकारले कोरोनाको हल्ला आउनसाथ सावधानी अपनाउनु पर्ने महामारी भित्रिन नदिन अपनाउनुपर्ने विधिहरु लगायत रोकथाम सम्बन्धी किट तथा औषधी सामाग्री खरीद गर्दा गरेको लार्पावाहीका कारण मुलुकमा कोरोनाले झ्याप्पै छोपेजस्तो भएको छ ।

संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले आ–आफ्नो क्षेत्रबाट अपनाउने कुराहरु समयमा नअपनाएको कारण देशका सबैजसो जिल्लामा कोभिड संक्रमण फैलिएको छ । केही जिल्ला कोरोनामुक्त पनि भए तर संघीय सरकारको स्पष्ट निर्देशन र बजेट तर्जुमा समयमा नभएका कारण प्रदेश सरकारले केही काम गर्न सकेन ।

स्थानीय सरकारले जेनतेन केही राहत दिलाएको छ । यत्रो महामारीमा प्रदेश सरकारको भूमिका शुन्य जस्तै छ । यिनै समसामयिक विषयमा केन्द्रीत भएर हाम्रा संवाददाताले बागमति प्रदेशका प्रमुख प्रतिपक्षी दल नेता इन्द्र बानियाँसँग गजरेको कुराकानीको सम्पादीत अंशः


कोरोना नियन्त्रण र रोकथाममा सरकार सफल कि असफल ?


कोरोना नियन्त्रण र रोकथामको लागि यो सरकारले निषेधाज्ञा र लकडाउन गर्न जानेको छ । त्यो बाहेक यो सरकारले, टाइमलाई एक्स्टेन्ड गर्ने काममा पुरै असफल भएको छ ।

त्यो निषेधाज्ञा र लकडाउनभन्दा केही छैन । अहिले आएर अब कसरी आइसोलेसनको व्यवस्था गर्ने, कसरी गर्ने क्वारेन्टाइनको व्यवस्था गर्ने, खाना र तातो पानीदेखि लिएर सबै कुराको व्यवस्था त्यो ठाउँमा कसरी गर्ने ? कतै क्वारेन्टाइनहरुमा शौचालय र पानीको व्यवस्था पनि छैन ।

त्यो कुरा कसरी पूर्ति गर्ने । यस्ता कुरामा सरकारको पहिला पटक्कै ध्यान गएन । अनि अहिले आएर व्यवस्थापन गर्न नसकेर अस्तव्यस्त भएपछि लकडाउन, निषेधाज्ञा गरेर मुलुकको अर्थतन्त्र र जनजीवनलाई तहसनहस बनाउने काम भएको छ । त्यसकारे सरकार यो परिस्थितिसँग जुध्न नसकेर पुरै असफल भएको छ ।

तपाईहरू प्रतिपक्ष दल होइन के हेरेर बस्नुभएको छ, कांग्रेस पुरै सुतेर बसेको छ भन्छन् नि ?

अहिले नेपाली कांग्रेस निषेधाज्ञाको बीचमा पनि १४औँ महाधिवेशनको तयारीमा जुटिरहेको छ । त्यही शिलशिलामा १७१ भन्दा बढी पार्टी प्रवेश गराएर मैरै हेटौँडा नगरपालिकाभित्र सक्रिय रहेको छ । सरकारले कोरोना रोकथामको निहुँमा खाली निषेधाज्ञामात्र गर्छ ।

स्वास्थ्य सेवाको राम्रो प्रबन्ध गर्न सकेको छैन । आइसोलेसन, क्वारेन्टाइन, पानी, शौचालय व्यवस्था गर्न सक्दैन । त्यसकारण यो सरकारले कोरोना रोकथाम र नियन्त्रणमा एकरत्ति काम गर्न सकेको छैन । जनजीवनलाई पनि चलायमान गरेर उद्योगधन्दा चलाउन पाइएको छैन ।

किसान, मजदुरले काम गर्न पाएका छैनन् । काम गर्न नपाएर उनीहरुको बिहान, बेलुकाको हातमुख जोर्न पनि ठप्प भइरहेको छ । कामै गर्न नपाएपछि दिनभरि काम गरेर बेलुका खाने मजदूरले कहाँबाट खाने ? आज कमाए आजै खाने, भोली कमाए भोली खाने उनीहरुको वेहाल छ ।

त्यो वर्गका मान्छेले कसरी छाक टार्ने ? यो सरकारसँग मानवीय संवेदनशीलता खोइ ? त्यसकारण राज्य जनजीवीकाको सवालमा पुरै अनविज्ञ जस्तै बनेको छ ।


उसोभए अवस्थामा प्रतिपक्षी दलको तर्फबाट तपाईहरु चाही के गर्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले प्रतिपक्षले खेल्नुपर्ने भूमिका राम्रोसँग खेलेको छ । हामीले बलबुताले भ्याएसम्म राहत बाड्नेदेखि कोरोना रोकथाम र नियन्त्रणको लागि काम गरेका छौं । सरकारले गरेका जाहेज काममा सहयोग गरेका छौं ।

सरकारले औषधिलगायत स्वास्थ्य सामाग्रीमा गरेको अनियमितताको डटेर विरोध गरेका छौं । अन्य आइसुलेसन, क्वारेन्टाइन व्यवस्थापनमा ब्यापक लापरबाही भएको छ । क्वारेन्टाइनमा राखिएकालाई खान, बस्न, शौचालयको राम्रो प्रवन्ध छैन ।

भेडा, बाख्राजस्तो एकैठाउँमा कोचिएको छ । त्यसलाई सुधार गर्नको लागि नेपाली कांग्रेसका शीर्ष नेताहरुले पटक–पटक सरकारलाई सचेत गराएको छ । अहिलेको निषेधाज्ञाको राम्रो व्यवस्थापन भएको छैन । खाली निषेधाज्ञा मात्रै भनिएको छ ।

खाननपाउनेलाई कुनै राहतको व्यवस्था गरिएको छैन । संक्रमण नफैलिनको लागि उपयुक्त विधि अपनाइएको छैन । निश्चित समय तोकेर पसल खोल्नाले मान्छेहरुको झन् एकैचोटी भिडभाड बढेको छ । त्यसलाई राम्रो भनेका भएका छौं ।

त्यसैले नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकाले प्रतिपक्षले खेल्नुपर्ने भूमिकामा कतै चुकेको छैन । हामीले भनेको कुरा सरकारले सुनिरहेको छैन ।

त्यसोभए अहिलेको अवस्थामा निषेधाज्ञा गर्न आवश्यक छैन भन्ने नेपाली कांग्रेसको धारणा हो ?

निषेधाज्ञा गर्न आवश्यक छैन भन्न खोजेको होइन । निशेषधा गरेर जनतालाई घरमै थुनेर राखेपछि सरकारबाट राम्रोसँग त्यसको व्यवस्था भएन । निषेधाज्ञा गरिसकेपछि राम्रोसँग गरिदैँन भने त्यसको के अर्थ भनेर हामीले भन्नु पर्दैन ?

त्यस्ता विषयमा सरकार छिट्टै नसोचे जनताले तोड्छन् । यो जरुरी छ कि छैन भनेर सबैलाई थाहा छ । राज्यले राम्रो व्यवस्था नगरेर खाली जर्बजस्ती निषेधाज्ञा गरेर मात्र गर्न मिल्छ ? अहिले घरघरमा गएर स्वास्थ्य अवस्था राम्रोसँग मिलाउन नसक्ने भए कहिलेसम्म गर्ने ? पाँच महिना हुन लागिसक्यो ? जनता यस्तो मारमा परेका बेलामा सरकार भने पुरै भ्रष्ट्राचारमा लिप्त छ ।

क्वारेन्टाइन, आइसोलेसनको नाममा सम्पूर्ण सामान खरिद गर्ने ? अनि न्युनतम नेगोशियसन गरेर बन्द भएका सबै होटलहरूमा क्वारेन्टाइन र आइसोलेसन बनाउन सक्दैन राज्यले ? जनताप्रति राज्यको अलिकति पनि सोच छैन ? अहिले सबै होटेल व्यवसायीहरू पीडित छन् ।

राज्यको काम तिनीहरूलाई पनि जोगाउने हो । होटेलहरूको सबै जिम्मेवारी राज्यले लिएर त्यसैमा व्यवस्था गरेमा त्यहाँ ओड्ने ओछ्याउने छ, भाँडाकुँडाहरू छन् । अन्य सबै कुराको व्यवस्थापन भएकाले त्यसको उचित सदुपयोग गर्नुपर्यो ।

त्यसैले अहिले नयाँ संरचना बनाउनुभन्दा होटेलमा व्यवस्था मिलाएमा राज्यको पैसा पनि केही बच्छ भन्ने हाम्रो धारणा रहेको छ ।

तपाई प्रमुख प्रतिपक्षी दलको नेता पनि हुनुहुन्छ, बागमती प्रदेशको मूख्यमन्त्रीले सरकारको भूमिका राम्रोसँग गर्नु भएको छ कि छैन ?

अहिलेको विपद, महामारीको बेलामा सहकार्य, सहमति र एकताको सिद्धान्त हाम्रो स्वर्गीय शुशील कोइरालाले संविधान जारी गरेर देखाउनु भयो । नेपाली कांग्रेस जहिले पनि निकास दिन चाहन्छ ।

चाहे हिजोको विगतमा माओवादीसँगको शान्ति प्रक्रियामा होस्, चाहे आजको संवाद गरेर लोकतन्त्र ल्याउने विषयमा होस्, नेपाली कांग्रेस पार्टी भनेकै जहिले पनि सहकार्य गरेर अगाडि बढ्ने पार्टी हो । हामीले हिजोका नेताहरूको अनुशरण गर्दै त्यही सोचमा सहकार्य गर्नुपर्छ ।

अप्ठ्यारो परेको बेलामा सरकारलाई मद्दत गर्नु हाम्रो दायित्व हो । त्यसमा मानवीय संवेदनशीलता कुरा पनि छन् । अहिलेको यो कोरोना आतंकको बेलामा सकेसम्म सबैले एकजुट भएर काम गर्नुपर्छ । अहिले रोडमा जुलुस, नारा लिएर हिँड्ने अवस्था होइन ।

नेपाली कांग्रेस त्यसो गरेर गैर जिम्मेवारी पार्टी बन्न चाहँदैन । कांग्रेस एउटा डेमोक्रेटिक इतिहास भएको जनताको बलमा उठेको पार्टी हो । नटेरेपछि अति नै भएपछि हामीले भनेको कुराको आधारमा हामी द्वन्द्व गर्न चाहदैनौँ ।

अहिले यो सरकारलाई कांग्रेसले सल्लाह दिएको कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउने काम गरेको छ । यसले मुलुकलाई भोलि भड्खालोमा हाल्छ । आइसोलेसनको व्यवस्था गर्न कति खर्च लाग्छ ? त्यही १० देखि २० अर्ब लाग्ला ।

अहिले अर्थतन्त्र चलायमान नहुँदा ७५ अर्ब उठ्यो । कहाँबाट उठ्छ पैसा ? यसरी कहाँबाट अर्थतन्त्र चल्छ ? यसमा व्यवस्थित गरेर आवश्यक परेको ठाउँमा सेना परिचालन गर्ने हो कि सशस्त्र प्रहरी परिचालन गर्नुपर्ने हो कि ?

कुन कुन सुरक्षा निकायहरू परिचालन गर्नुपर्ने हो ? स्वास्थ्यकर्मीहरू अहिले करारमा लिनुपर्ने हो कि ? आवश्यकता अनुसार जनशक्ति लिएर व्यवस्थापन गर्नुपर्छ । आवश्यक स्वास्थ्यकर्मी करारमा लिएर भएपनि समस्या समाधान गर्नतिर लाग्नुपर्छ ।

त्यो कुरा त परको भयो, फ्रन्ट लाइनमा खटिरहेका स्वास्थ्यकर्मीलाई पनि भनेजस्तो साधन, स्रोतको अभाव छ । निर्धक्क भएर काम गर्ने वातावरण छैन ।


त्यसोभए सरकारले स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री दिनसकेको छैन भन्न खोज्नुभएको हो ?

अन्य मुलुकमा स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्रीहरु जुटाइएको छ । पीपीईलगायतका सामानलाई सर्वसुलभ बनाइएको छ । काम गर्नेलाई स्वास्थ्यका सम्बन्धित निकायबाट हौसला बढाउने काम भएको छ ।

हाम्रो भनेको बेलामा संकलित स्वापको परीक्षणसम्म मेसिन अभावका कारण समयमा हुन सकेको छैन । कतिपय ठाउँमा १७, १८ दिनसम्म पनि रिपोर्ट आएको छैन भन्ने गुनासाहरु सुनिन्छन् । कतिपय ठाउँमा परीक्षणका लागि आफै गएका मान्छेहरुको सामान अभावका कारण परीक्षण गर्न सकेको छैन ।

परीक्षण गरेर संक्रमित देखिएकालाई पनि राम्रोसँग व्यवस्थापन गर्न सकेको अवस्था छैन । कन्ट्र्याक्क ट्रेसिङ पनि राम्रोसँग भएको छैन । जसको कारणले संक्रमणहरु झन् भयावह स्थितिमा फैलिने डर छ ।

निषेधाज्ञा भएका ठाउँमा पनि अनावश्यक मानिसहरुको आवतजावत भइरहेको छ । त्यसकारण निषेधाज्ञाको प्रभावकारिता देखिएको छैन । सरकार नेतृत्व शीर्ष नेताहरु यो रोगप्रति पटक्कै संवेदनशील देखिएका छैनन् । उनीहरु खाली आन्तरिक पार्टी झगडामै व्यस्त छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पनि शेरबहादुर देउवजाले उम्मेदवारी दिनुहुन्छ ?

नेपाली कांग्रेसभित्र कार्यकर्ताले एकदमै मनपराएको मान्छे अहिलेका सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ । त्यसैले आगामी महाधिवेशनमा पनि उहाँ सभापतिको उम्मेदवार बन्न लागिपर्नुभएको छ । उहाँलाई फेरि सभापति बनाउनुपर्छ भनेर तपाई, हामी आ–आफ्नो ठाउँबाट लागियो भने नहुने कुरै छैन । त्यसैगरी देशभरका कार्यकर्ताहरु पनि लागिरहनुभएको छ ।

तपाई त शेरबहादुर देउवाको पक्षमा हुनुहुन्छ, उहाँलाई पार्टी सभापति बनाउनुपर्छ भनेर लागिरहनुभएको होला नि ?

पार्टी सभापति जति दिनसम्म शेरबहादुर देउवा हुने हो त्यति दिनसम्म पार्टीको नियम, अनुशासन, पद्धतिलाई मान्नुपर्छ । भोलि शेरबहादुर देउवाले उठ्न चाहेको अवस्थामा मैले कसलाई मद्दत गर्ने भन्ने कुरा मेरो कुरा भयो ।

तर, अहिले हामी यसलाई, उसलाई बनाउन मद्दत गर्ने, कसलाई सभापति बनाउने भनेर भन्न चाहँदैनौँ । त्यसकारणले सबै जिल्लाबाट प्रतिनिधि छनोट भएर आएपछि छलफल गरेर नेपाली कांग्रेसको उपयुक्र मान्छेलाई छान्छौं । त्यसपछि सर्वसम्मत रुपमा सभापति चयन गर्ने गरी नेपाली कांग्रेसको अधिवेशन गराउने हो ।

त्यसोभए आगामी महाधिवेशनमा नेपाली कांग्रेस सर्वसम्मत सभापति छनोट गर्छ ?

सर्वसम्मत भयो भने धेरै राम्रो हुन्छ । पार्टीभित्र देखिएका फरकमतहरु पनि हराएर जान्छन् । कार्यकर्ताको माग पनि सर्वसम्मत गराउँदा राम्रो हुन्छ भन्ने छ । यो विधिबाट महाधिवेशन भयो भने पार्टीभित्र गुट, उपगुटको अन्त्य पनि हुन्छ ।

सर्वसम्मत सभापति चयन गरेर सबै एकजुट भएर आगामी आमनिर्वाचनमा जाँदा नेपाली कांग्रेसले राम्रो रिजल्ट पनि ल्याउँछ । त्यसकारण पनि आगामी महाधिवेशनमा सभापति चयन सर्वसम्मत हुनुपर्छ भन्ने जोड हुन्छ ।

सम्बन्धित समाचार

युद्धकाे अन्त्य नगर्ने कम्युनिष्ट आन्दाेलन हुन सक्तैनः विप्लव
युद्धकाे अन्त्य नगर्ने कम्युनिष्ट आन्दाेलन हुन सक्तैनः विप्लव
  • २०७७ भाद्र १५, १२: ५९: ३८

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका महासचिव नेत्र विक्रक चन्द विप्लबले नयाँ युगकाे सुरूवातीकालागि शान्तिपुर्ण राजनीति स्विकार गरेकाे...

प्रधानमन्त्री ओली र विप्लव विच ३ बुँदे समझदारी पत्रमा हस्ताक्षर हुँदै
प्रधानमन्त्री ओली र विप्लव विच ३ बुँदे समझदारी पत्रमा हस्ताक्षर हुँदै
  • २०७७ भाद्र १५, १२: ५९: ३८

नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएकाे छ । सहमती...

नेपाली कांग्रेस र नेकपा ( प्रचण्ड-नेपाल पक्ष ) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
नेपाली कांग्रेस र नेकपा ( प्रचण्ड-नेपाल पक्ष ) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
  • २०७७ भाद्र १५, १२: ५९: ३८

नयाँ विकल्पकाठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएका छन्। आज दिउँसो...

भर्खरै

TOP