November 23, 2020, Monday

सरकारकाे क्रियाकलाप पारदर्शी र जवाफदेही छैन – डा. शेखर

नया विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार पारदर्शी र जवाफदेही नभएको आरोप लगाएका छन् ।

काठमाडौंको बसन्तपुर विगत १७ दिनदेखि अनसन बसीरहेका इनफ इज इनफका अभिययन्ता युवा ‘ई’ को अभियानमा ऐक्यबद्धता जनाउन अनसनस्थल पुगेका डा. कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

‘कोरोना भाइरसको संकटको समयमा पनि सरकार अधिनायकवादतर्फ गइरहेको छ’, डा. कोइरालाले भने, ‘सरकारले विज्ञहरुका कुरा सुनेको छैन, जवाफदेही र पारदर्शी पनि छैन ।

कोभिड–१९ को सबल ब्यवस्थापनको माग राख्दै १६ दिन देखि सत्याग्रहमा रहेका ‘इ’ लाई भेट्न नेता कोइराला कांग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र जीवन परियारलाई साथ लिएर सत्याग्रह स्थल पुगेका थिए ।

डा.कोइरालाले युवाहरुको अगुवाइमा भएको सत्याग्रहमा आफ्नो पूर्णसमर्थन रहेको भन्दै संसद र सडकमा प्रतिपक्षको खोजी भइरहेको समयमा युवाहरुले यस्ता गतिविधि गरेर सरकारलाई खबरदारी गरेकोमा धन्यवाद समेत दिए ।

सत्याग्रहमा बसेका युवाहरूको मागलाई सम्बोधन गर्न सरकारलाई आफूहरूले आवश्यक दबाब दिने प्रतिबद्धता जनाउँदै नेता कोइरालाले कोरोना भाइरसको प्रभावकारी व्यवस्थापन गर्न माग गरे ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पछिल्ला दिनमा सत्याग्रही समर्थित युवाहरूहरुको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको अमानवीय ब्यबहार र धरपकडले आफूहरुलाई दुखित बनाएको बताए ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्ण सिटौलले छुट्टाछुट्टै भेटेर अभियानप्रति एैक्यबद्धता जनाएका थिए ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७७ श्रावण १९, १४: ५८: १३

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७७ श्रावण १९, १४: ५८: १३

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७७ श्रावण १९, १४: ५८: १३

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP