April 19, 2021, Monday

साढे १५ किलो नक्कली सुन तस्करी प्रकरण : न्युरोडका दुई सुन व्यापारी पक्राउ

नयाँ विकल्प,

काठमाडाैं-महानगरीय प्रहरी परिसर काठमाडाैंले नक्कली सुन प्रकरणमा जाेडिएका थप दुइ सुन ब्यापारीलाइ नियन्त्रणमा लिएकाे छ ।

प्रहरीका अनुसार सुन्धाराबाट बरामद साढे १५ किलो नक्कली सुन तस्करी प्रकरणमा संलग्न न्युरोडस्थित अष्टमंगल ज्वेलर्सका विजय ताम्राकार र लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय पक्राउ परेका हुन् ।
परिसरको टोलीले उनीहरूलाई कहि दिन पहिले न्युरोडबाट पक्राउ गरि गाेप्य रूपमा अनुसन्धान सुरू गरेकाे थियाे । प्रहरीका अनुसार पक्राउ परेका दुवैजना नक्कली सुन प्रकरणमा सुनको जलप लगाउने काममा संलग्न रहेकाे खुलेकाे छ ।

प्रहरीका अनुसार सुन तस्करीका मुख्य आरोपित बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले उक्त आधा किलो सुन लक्की ज्वेलर्सका म्यानेजर श्रीनिवाससँग खरिद गरेका थिए ।

श्रीनिवासले अष्टमंगल ज्वेलर्सका म्यानेजर विजयसँग र विजयले नेपाल राष्ट्र बैंकबाट उक्त सुन खरिद गरेकाे प्रहरीले जनाएकाे छ ।

उक्त प्रकरणका उल्फात हुसेन गत साउन २९ गते बाराबाट पक्राउ परेका थिए ।

प्रहरीले यस प्रकरणमा इल्ताफसहित निलेश सखिया, विजय पटेल, मनीष मल्लिक, कौशल पटेल, दिवाङ पटेल तथा प्रहरी जवानहरू बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरिसकेको छ । उनीहरूविरुद्ध संगठित अपराध र हातहतियार तथा खरखजाना कसुर अन्तर्गत म्याद थप भई अनुसन्धान जारी छ ।

यस प्रकरणमा जोडिएका न्युरोडकै हुन्डी व्यापारी विकास अग्रवाल र सञ्जय पटेल भने फरार छन् ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ भाद्र २४, १०: ४६: १५

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ भाद्र २४, १०: ४६: १५

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ भाद्र २४, १०: ४६: १५

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP