December 4, 2020, Friday

राजधानीमा हट्याे निषेधाज्ञा ,के गर्न पाइन्छ, के पाइदैन ? यस्ता छन १९ निर्णय


नयाँ विकल्प
काठमाडौं – स्थानीय प्रशासनले विगत तिन हप्ता देखि राजधानी उपत्यकामाा लगाउँदै अाएकाे निधेधाज्ञा हटाएकाे छ । उपत्यकाका नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख र स्वास्थ्य विशेषज्ञ र प्रमुख जिल्ला अधिकारीहरुको सुझाव विपरित सरकारले बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो पर्ने निर्णय गरेको हाे ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बिहीबारदेखि व्यापार, व्यवसाय र यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ ।

सरकारको दबाबमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबारदेखि सबै प्रकारका व्यापार व्यवसाय सशर्त खुल्ला गर्ने निर्णय गरेका हुन् ।

भदौ ३ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात र व्यापार व्यवसाय खोल्ने निर्णयले दैनिक कोरोना संक्रमितको संख्या थपिदै गएको उपत्यकामा कोरोनाले निम्त्याउने संकट समाधानमा झन चुनौति थपिने चिकित्सकहरुले बताएका छन् ।

जोर गते जोर नम्वर प्लेटका र बिजोर गते बिजोर नम्वर प्लेट भएका सवारी बिहीबारदेखि नै उपत्यका भित्र चल्ने भएका छन् । हप्ताको दुई वा तीन दिनको तालिका मिलाएर व्यापारको प्रकृति अनुसार खुल्ला गर्ने निर्णय भए पनि त्यसको स्पस्ट खाका सार्वजनिक भएको छैन ।

धेरै भिडभाड हुने क्षेत्र र उपत्यकाबाट नेपाल भित्रनलाई भने थप कडाई गरिने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेको छ ।

राजधानीका तीन जिल्लामा आठ हजार बढी कोरोनाका संक्रमित रहेका छन् । काठमाडौ जिल्ला सबैभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला हो ।

केही दिनअघि संसदीय प्रतिनिधिसभा मातहतको एक संसदीय समितिको बैठकमा सुझाव दिँदै काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई दशैंसम्म निरन्तरता दिनु पर्ने, उपत्यका छिर्ने नाकामा सेनालाई जिम्मेवारी दिनु पर्ने, सार्वजनिक सवारी साधन खोल्न नहुने लगायतको सुझाव दिएका थिए ।

अर्थमन्त्रालयको समेत जिम्मेवारी आफै सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्योगी व्यवसायीहरुले निषेधाज्ञा जारी गर्दै कर तिर्न म्याद भदौ २५ गतेसम्म तोकेको भन्दै सर्बत्र विरोध र आलोचना भएको थियो ।

सरकारले आमनागरिकको बाँच्न पाउने अधिकारलाई कुण्ठित गर्दै राजश्व संकलनको उदेश्यले मात्र कर तिर्न बाध्य बनाएको तर निषेधाज्ञा जारी गरेर व्यपार व्यवसाय र हिँडडुल समेत गर्न नदिएको भनेर आलोचना भएको थियो ।

सम्बन्धित समाचार

उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
  • २०७७ भाद्र २४, १९: १७: ४७

तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकास र नागरिकको सेवामा के चुनौति छन् ? समाधानका लागि के–के गर्दै हुनुहुन्छ ?म आउँदा...

सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
  • २०७७ भाद्र २४, १९: १७: ४७

नयाँ विकल्पकाठमाडाैं- नेपालकाे पुजि बजार बढ्दै गएर दैनिक रेकर्ड ब्रेक गर्दै गइरहेकाे छ । काराेबार रकम इतिहारमै सबैभन्दा बढि भैइरहेका...

लुम्बिनी प्रदेशमा ४ महिनामा  ८ सय बढि घरेलु हिंसा
लुम्बिनी प्रदेशमा ४ महिनामा ८ सय बढि घरेलु हिंसा
  • २०७७ भाद्र २४, १९: १७: ४७

नयाँ विकल्प बुटबल- लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा...

भर्खरै

TOP