April 19, 2021, Monday

ललितपुरमा फुड बैंक फेरि संचालन, दैनिक हजारौले पाए राहत

फुड बैंकमार्फत खाद्यान्न वितरण गर्दै कांग्रेस तरूण विभाग प्रमुख शंकर भण्डारी


नयाँ विकल्प,
ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरको आदेशका कारण प्रहरीले बन्द गराएको फुड बैंक ललितपुरको चापागाउँमा शुक्रबारबाट फेरि संचालनमा आएको छ ।

नेपाल तरुण दल ललितपुरको संयोजनमा चापागाउँको बाराही मन्दिर क्षेत्रमा संचालित फुड बैंंकको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले शुरुआत गरेका हुन् ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने मूल नाराका साथ संचालनमा आएको फुड बैंकबाट सरकारले जारी गरेको निषेधाज्ञा र लकडाउनका कारण रोजगारी गुमेका कारण खाद्यान्न अभाव भएका स्थानीयलाई दाल चामल लगायको खाद्यान्न वितरण गरिँदै आएको छ ।

कोभिड १९ को महामारीका कारण धेरैले रोजागारी गुमाएको मानिसलाई खाद्यान्न नै अभाव हुन थालेपछि फुड बैंक संचालनमा ल्याइएको थियो । कांग्रेस नेता भण्डारीले समस्यामा परेका नागरिकलाई सहायता गर्ने कार्यको थालनी गरेकोमा तरुण दल ललितपुरलाई धन्यबाद दिएका छन् ।

निषेधाज्ञाको समयमा फुड बैंकमा खाद्यान्न लिन आउनेहरुको भिँडभाँड भएको र यसले भौतिक दूरी कायम नहुँदा कोरोना भाइरसको संक्रमण सर्न सक्ने भन्दै प्रहरीले चापागाउँमा संचालिन फुड बैंक चार दिनअघि रोक्न आयोजकलाई दबाब दिएको थियो ।

नेपाली कांग्रेस र कांग्रृेसका भ्रातृ संस्थाले संचालित कार्यक्रमले सत्तारुढ दल र सरकारलाई नराम्रो छाप पर्न गएको भन्दै फुड बैंक संचलनमा रोक लगाइएको तरुण दलको आरोप छ ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ भाद्र २६, १३: १३: ३७

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ भाद्र २६, १३: १३: ३७

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ भाद्र २६, १३: १३: ३७

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP