नयाँ विकल्प,
काठमाडाैं-नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे ( सिआईवी ) ले विदेशमा अलपत्र परि उद्दार मार्फत नेपाल आएका नागरीकहरुलाई होल्डीङ सेन्टरबाट दिईने सवारी अनुमती पत्र (पास) किर्ते गर्ने ब्यक्तिलाइ नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा गोर्खा आरुघाट गाउपालीका-१० घर भइ काठमाडाैं महानगरपालिका-२६ बस्ने २७ बर्षका बिश्व प्रकाश पनेरु छन् । उनलाइ सिआईवीकाे टाेलीले टोखा नगरपालिका- ७ तिलिंगेटारबाट पक्राउ गरेकाे हाे ।
सिआइवीले कोभिड-१९ को विश्वव्यापी संक्रमणका कारण विदेमा अलपत्र परि नेपाल सरकारले उद्दार गरि स्वदेश आएका नेपाली नागरीकहरुलाई होल्डीङ सेन्टरबाट दिईने सवारी अनुमती पत्र (पास) किर्ते गरेकाे एउटा नक्कली पास दुइ हजारमा बेचेकाे सुचनाका आधारमा उनलाइ पक्राउ गरेकाे जनाएकाे छ ।
पक्राउ परेका पनेरू पानस ब्याङ्क्वेट होल्डीङ सेन्टरमा नेपाल टेलिकमको सिम बितरण गर्न खटिएका डिलर प्रतिनिधि हुन् ।
उनले कोभिड-१९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाण्डौबाट जारी गरीएको विदेशमा अलपत्र परी उद्दार गरीएका यात्रुहरुलाई आ-आफ्नो घर ठेगानामा पठाउनका लागी होल्डीङ सेन्टरबाट दिईने सवारी अनुमती पत्र (सवारी पास) किर्ते सहिछाप गरी सर्बसाधारण व्यक्तिहरुलाई प्रति थान रु २०००(दुई हजार) मा बिक्रि बितरण गर्दै आएका थिए ।
उनलाइ सिआइवीकाे टालीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत्त महाराजगंज पठाईएको छ । उनकाे साथबाट काेभिड-१९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाण्डौबाट जारी गरीएको सही छाप गरेको पास -१ थान ,सही छाप नगरेको पास -१ थान गरि दुइवटा नक्कली पास बरामद गरेकाे सिआइवीले जनाएकाे छ ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...