November 23, 2020, Monday

सिन्धुपाल्चोक पहिरो अपडेटः तीनकाे मृत्यु २८ वेपत्ता

फाेटाे समाजिक सञ्जालबाट


नयाँ विकल्प,
काठमाडाैं- सिन्धुपाल्चोकको फरक तीन स्थानमा गएकाे पहिराेमा परि दुइ जनाकाे मृत्यु भएकाे छ । पहिराेमा परि २२ जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे नगरपालिका- ७ मा पहिराेमा परि दुई जनाकाे मृत्यु भएकाे छ । नाकुचे भन्ने स्थानमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठको शव फेला परेको छ। पहिराेले सात वटा घर बगाएको छ भने १६ जना बेपत्ता छन्।

भिरखर्कको बिक टोलमा दुई घर बगाएको छ। पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको शव फेला परेको छ । ६ जना अझै बेपत्ता भएका छन्।  नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको

जिल्लाकाे चेम्बे भन्ने स्थानमा पनि पहिरो गएको छ पहिराेका कारणा मानविय तथा भाैतिक क्षति बारे बिवरण आइसकेकाे छैन ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डिएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको र उद्दार कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७७ भाद्र २८, ०९: ४६: ४५

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७७ भाद्र २८, ०९: ४६: ४५

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७७ भाद्र २८, ०९: ४६: ४५

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP