नयाँ विकल्प,
काठमाडौं – नेपाल प्रहरीका हरेक कार्यालयको बाहिर वा कार्यालय प्रमुखको कार्यकक्षमा संगठनका प्रमुख अर्थात प्रहरी महानिरिक्षकको फोटो झुण्ड्याउने प्रचालन अन्त्य भएको छ ।
दुई महिनाअघि प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आफ्नो फोटो फोटो झुन्ड्याउनको लागि फोटोको साईज उल्लेख गरी परिपत्र नगर्दा यस्तो प्रचलनको अन्त्य भएको हो ।
आईजीपी थापाले आफ्नै कार्यकक्षमा समेत फोटो झुन्ड्याएका छैनन् । मुलुकभरका कुनै पनि प्रहरी इकाइमा विगत दुई महिनादेखि प्रहरी महानिरिक्षकको फोटो झुण्ड्याइएको छैन् ।
प्रत्येक पल्ट आईजीपी परिवर्तन हुनासाथ सचिवालयले परिपत्र गरी देशभरका प्रहरी कार्यालयलाई फोटोको साईजसहित कार्यकालभर फोटो झुण्ड्याउन निर्देशन दिने गरिन्थ्यो । तर महानिरिक्षक भएका क्षत्रीले व्यक्तिको फोटो झुण्ड्याउने प्रथालाई उचित मानेका छैनन् ।
प्रहरीका प्रवक्ता एसएसपी कुवेर सिंह कडायतले सचिवालयबाट यसअघि यति साईजको फोटो राख्ने भनेर परिपत्र जारी भए पनि यस पटक त्यस्तो परिपत्र नभएको जानकारी दिए । राष्ट्रप्रमुखको तस्वीर कार्यालय प्रमुखले आफ्नो कार्यकक्षमा राख्ने प्रचलन छ ।
कतिपयले सरकार प्रमुखको तस्वीर सरकारी कार्यालयमा इच्छा बमोजिम राख्छन् । प्रहरीमा पनि आइजीपीको तस्वीर राख्ने गरिन्छ । तर आईजीपी क्षत्रीको आफ्नो फोटो नझुण्ड्याउने चलनको धेरैले स्वागत गरेका छन् ।
हलो जोतेको किसानको तस्वीर भित्तामा झुण्ड्याएर त्यससैको आधारमा विकासको योजना राष्ट्रिय योजना आयोगले बनाउनु पर्ने निर्देशन मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले दिएका थिए ।
आइजीपी क्षत्रीको यस्तो कदमले संगठनमा व्यक्ति भक्ति, व्यक्ति पुजाको प्रथा र संस्कारको अन्त्य गर्ने राम्रो परिपाटीको शुरुआत गरेका छन् ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...