January 19, 2021, Tuesday

प्रदेश १ र २ मा कांग्रेसको तीन दिने भर्चुअल प्रशिक्षण


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरुलाई कोभिड–१९ को कारण भर्चुअल माध्यमद्वारा प्रदेश १ र दुईका नौ वटा जिल्लामा प्रशिक्षण दिएको छ ।

भदौं २९ गते प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम र झापा तथा भदौ ३० गते प्रदेश २ का बारा, पर्सा, रौतहट र भदौ ३१ गते सिरहा र सप्तरीका सदस्यहरुलाई दिइएको प्रशिक्षणको उद्घाटन उपसभापति तथा प्रष्ठिानका प्रमुख विमलेन्द्र निधीलेले गरेका थिए ।

निधीले कांग्रेसको आदर्श र सिद्धान्तको आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादमा केन्द्रित रही परिवर्तन र संविधान निर्माणको नेतृत्व कांग्रेसले नै गरेको भन्दै मुलुकमा गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिक निर्वाचन प्रणाली र धर्मनिरपेक्षता जस्ता उपलव्धिहरुको स्वामित्व कांग्रेसले नै लिनु पर्ने बताए ।
उनले अहिंसा र शान्तिपूर्ण मार्गको माध्यमद्वारा आगामी दिनमा देशको विकास गर्नुपर्नेमा जोड दिए ।

दुई सत्रमा प्रत्येक दिन सञ्चालित प्रशिक्षणको पहिलो दिन पार्टीका आमन्त्रित केन्द्रीय सदस्य गोपालकुमार बस्नेत र सुधीरकुमार शिवाकोटीको अध्यक्षतामा, दोस्रो दिन केन्द्रीय सदस्य फरमुल्लाह मंसूर र पूर्वकेन्द्रीय सदस्य सुरेन्द्रप्रसाद चौधरी र तेस्रो दिन सप्तरी सभापति दिनेश यादव र जितेन्द्र देवको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रदेश १ का चार जिल्लाको लागि भएको पहिलो दिनको कार्यक्रममा पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य केशवकुमार वुढाथोकी र सरिता प्रसा, पूर्वमन्त्री केशव थापा, झापा पार्टी उपसभापति राम कट्टेल, पाँचथर उपसभापति मित्र काफ्ले र प्रतिष्ठान सदस्य कान्ता रिजालले प्रशिक्षण दिएका थिए ।

प्रदेश दुईको बारा, पर्षा र रौतहटका कार्यकर्तालाई केन्द्रीय सदस्य अजय चौरसिया र राधेचन्द्र यादव, श्रीकृष्णदेव यादव, शान्ती कार्की, देवेन्द्र नेपाली, पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदी, पूर्व सांसद अनिल रुंगटा, जयकिरण, शम्भुहजारा पासवान् र प्रतिष्ठान सदस्य मधु शाहीले प्रशिक्षण दिएका थिए ।

प्रदेश दुईको सप्तरी र सिरहाका कार्यकर्तालाई प्रशिक्षणको तेश्रो दिन समाजवादी चिन्तक एवम् केन्द्रीय सदस्य प्रदीप गिरीको विशेष प्रशिक्षण दिएका थिए । त्यहाँ केन्द्रीय सदस्य चित्रलेखा यादव, डा. गणेश मण्डल, हेमराज तातेड, अमीयकुमार यादव, रामचन्द्र यादव, नसीर सिद्दिकीले प्रशिक्षण दिएका थिए ।

तीन दिनकै प्रशिक्षण कार्यक्रममा प्रशिक्षणको आवश्यकता वारे प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, पार्टीको विधान बारे प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र वर्तमान सरकारको कार्य समीक्षा प्रतिष्ठानका सदस्य राजु नेपालले प्रस्तुत गरेका थिए ।

अन्तिम दिनको कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष तथा प्रतिष्ठानका सदस्य डा. गोविन्द पोख्रेलले समाजवाद र आजको नेपालको आर्थिक अवस्थावारे प्रशिक्षण दिएको पार्टी केन्द्रीय कार्यलयका सचिव प्रकाश शर्माले जनाए ।

सम्बन्धित समाचार

केश मुण्डनसहित कालो पहिरनमा प्रदर्शन गर्ने नेविसंघका १५ पक्राउ
केश मुण्डनसहित कालो पहिरनमा प्रदर्शन गर्ने नेविसंघका १५ पक्राउ
  • २०७७ आश्विन १, १७: ३६: ४८

नयाँ विकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि स भा विघटन गरेको बिरुद्धमा मंगलबार केश मुण्डनसहित कालो पहिरनमा...

लुटपाटको अभियोगमा डीएसपी ढुुंगेलसँग धरौटी माग
लुटपाटको अभियोगमा डीएसपी ढुुंगेलसँग धरौटी माग
  • २०७७ आश्विन १, १७: ३६: ४८

नयाँ विकल्प, काठमाडौं– नेपाल प्रहरी डिएसपी (प्रहरी नायव उपरिक्षक) कुमुद ढुंगेललाई एक वर्षअघि काठमाडौंको रानिबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाटको घटनामा...

नेकपा पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
नेकपा पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
  • २०७७ आश्विन १, १७: ३६: ४८

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका...

भर्खरै

TOP