नयाँ विकल्प,
काठमाडाैं -शुक्रबार देशभर थपिए अहिले सम्मकै बढी २ हजार २० कोरोना संक्रमित थपिएका छन । पछिल्लाे २४ घन्टामा देशभर ७ काे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । एकै दिन २ हजार बढी संक्रमित थपिएकाे पहिलाे पटक हाे।
काठमाडाै उपत्यकामा मात्र काेराेनाका ८ सय ५९ जना नयाँ संक्रमित थपिएका छन। जसमा काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।
हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै यस दिन मृतक थप ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ३ सय ९० जनामा कोरोना देखिएको छ। यस दिन ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ८ लाख ९४ हजार जनाको पिसिआर परीक्षण भएको छ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...