नयाँ विकल्प
काठमाडाैं-देशका विभिन्न स्थानबाट नेपाल प्रहरीले आइतबार ८ जनाकाे वेवारिसे अवस्थाकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरी मुख्यालयका अनुसार सुनसरी, देवानगंज गाउँपालिका-३ स्थित राजारानी थान मरिया खोलामा सोही ठाउँस्थित मामा घरमा बस्दै आएका दुहवी नगरपालिका-८ सोनापुर घर भएका २४ वर्षीय सन्तोष मण्डल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बिश्वकर्मा पुजा सकेर मूर्ति सेलाउन गएका उनी हराई बेपत्ता भएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।
झापा कन्काई नगरपालिका-८ समाबेशी टोलस्थित नालीमा सोही नगरपालिका-९ बस्ने ४८ वर्षीय बिमल कर्ण आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी शिवसताक्षी नगरपालिका-३ कमलखोलाको पुल मुनी हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, छिपहरमाई गाउँपालिका-४ बन्जारी चोकस्थित नहरमा भारत बिहार बस्ने ९५ वर्षीय गोकुल हजरा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ घरबाट हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१० कुपण्डोल ज्वागल बस्ने ६० वर्षीय योगेन्द्र राई आफ्नै घरको शौचालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
ईलाम, सूर्योदय नगरपालिका-१० याङस्थित सडकमा सोही स्थान बस्ने ६६ वर्षीय टेक बहादुर दर्जी शनिबार मृत अवस्थामा फेला परेका छन् । विगत एक महिना अगाडिदेखि घर छोडेर हिँडेका टेक बहादुरको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सुनसरी, हरिनगरा गाउँपालिका-४ बस्ने २२ वर्षीय सुशिल मेहताको सोही ठाउँस्थित मारिया खोला तर्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ ।
रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१० दोदगहरी बस्ने झिम्की कुर्मीको १० वर्षीय छोरा सुग्रिम कुर्मीको घरबाट करिब ४ सय मिटर टाढा बन्दै गरेको घरको सेप्टी ट्याङ्कीभित्रको पानीमा डुबेर आइतबार मृत्यु भएको छ । शनिबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त ट्याङ्कीमा शव फेला परेको हो ।
धनकुटा, महालक्ष्मी नगरपालिका-२ चोक्टयाङ् झरनाटोल बस्ने खेमलाल चाम्लिङकी ३ वर्षीया छोरी प्रिन्सिका चाम्लिङ्को घरकै छेउमा रहेको पानी बग्ने कुलोले बगाउँदा मृत्यु भएको छ । शनिबार दिउँसो बगाएर बेपत्ता भएकी प्रिन्सिका आइतबार घरबाट करिब ८ सय मिटर टाढा मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...