April 23, 2021, Friday

कतै यही संविधानको प्रयोगले हिटलर नजन्मियोस्

१. पाँच वर्ष पुग्यो नेपालको संविधान(२०७२) घोषणा भएको । २०७२साल असोज ३ गते साँझ नेपालको संविधान , संविधान सभाले बनाएको थियो र तत्कालीन राष्ट्रप्रमुख राष्ट्रपति डाक्टर रामवरण यादवले घोषणा गर्नु भएको थियो ।

महान छिमेकी गणतन्त्र भारतले त्यो संविधानलाई जानकारीमा मात्र यसकारणले राखेको थियो कि संविधान घोषणा गर्ने दिन तोकेपछि संविधान त्यो मितिमा घोषणा नगर्न दबाब दिइरहेको थियो ।

२. दबाबको राजनीतिमा को को संलग्न थिए भनेर खुलासा नै थियो र पनि तत्कालीन कार्यपालिका प्रमुख तथा व्यवस्थापिका प्रमुखले त्यो दबाबलाई टेरेनन् । अचम्म के थियो भने त्यो संविधानले नै तत्काल नयाँ सरकारको व्यवस्थाका लागि ढोका खुलेको थियो र सरकार बनाउने रस्साकस्सीमा मुलुक नाकाबन्दीमा झोसिएको थियो ।

३. संविधान घोषणाको विरुद्धमा देखिएको भारतले नेपालीहरुकै राजनीतिक दलहरुका कारण आफूले त्यस्तो व्यवहार गरेको कुरा भारतीय लोकसभाका बहसको विषय बनेको थियो । जसरी पनि संविधान बनाएरै छोड्ने भनेर, घोषणा गरेरै छोड्ने भनेर अडान लिने प्रधानमन्त्री सुशील कोइरालाको सरकार गयो र तत्कालीन एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीको प्रधानमन्त्रित्वमा सरकार बन्यो र नाकाबन्दीको सामना ग¥यो ।

४. तर त्यो सरकारले निर्वाचनका वारेमा केही गर्न नसकेपछि तत्कालीन नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वम नेपाली कांग्रेसको सहयोगमा सरकार बन्यो जसले स्थानीय निर्वाचनको सुरुवात गरेको थियो र पछि संयुक्त सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउबाले गर्नुभयो र संघीय तथा प्रादेशिक व्यवस्थापिकाको निर्वाचन सम्पन्न भयो ।

काँग्रेससँग सहकार्यकै समयमा एमाले र माओबादी केन्द्रले एकताका लागि संयुक्तरुपमा निर्वाचन लडे र झन्डे वामपन्थीहरुको दुई तिहाईको सुदृढ वहुमत प्राप्त गरे र अहिले त्यही एकीकृत नेकपाको सरकार छ र नेतृत्व संसदीय दलका नेता तथा नेकपाका पहिला अध्यक्ष केपी शर्मा ओलीले नै गरिरहनु भएको छ ।

५.हालैको पार्टी नै फुट्ला जस्तो गरी भएको विवाद, अनि पदीय भागबन्डापछिको अस्थायी सहमति र फेरि एकताबद्धको कामले संविधानको कार्यान्वयनमा बाधा परेको छ । प्रधानमन्त्री ओली शक्ति सञ्चयमा हुनुहुन्छ । शक्ति सञ्चयकै क्रममा तत्कालीन समाजवादी फोरमसँग सहमति पछि सरकारमा सामेल भएको थियो तर बिचैमा छोडेर किन हिँड्यो, अहिलसम्म रहस्यमय छ ।

फेरि पनि राजपा, समाजवादी फोुरमका केही सांसदहरु फोरेर ल्याउने र नेकपाको एउटा गुटलाई बलियो बनाउने जुन खेल भयो, त्यसले राजपा र सपाफोलाई जोड्यो पो । जोडिएर बनेको जनता समाजवादी पार्टी पनि फेरि सरकारमा जाने साइत हेरेर बसेको कुरा राजनीतक वृत्तमा सुनिँदैछ । नेपालको हिमाली भेगको मौसम र नेपालको राजनीतिका मौसम कतिबेर के हुन्छ थाहा हुँदैन भन्ने चलन छ ।

६. मेरो आसय के हो भने आफैँ प्रचण्डसहितको वहुमतमा रहेको नेकपा किन शक्ति सञ्चय गर्न चाहन्छ सधैँ ? के अहिलेका संविधानमा त्यस्तो के संशोधनीय कुरा छ जसले गर्दा अहिलेका वहुमतको सरकारलाई काम गर्न बाधा पुगेको छ ?

७. भनिन्थ्यो, फ्रेडरिक एबर्टले बनाएको वाइमर संविधान साह्रै राम्रो थियो । प्रजातान्त्रिक थियो । प्रजातान्त्रिक समाजवाद र समानताको समाज निर्माणप्रति प्रतिबद्ध थियो । तर संविधान बनेको केही दशकपछि नै एकजना अति महत्वाकांक्षी शासकको उदय भयो र जर्मनीलाई विश्वयुद्धको रापमा झोस्यो ।

त्यो थियो जर्मनीको सर्वशक्तिमान महत्वाकांक्षी चान्सलर एडोल्फ हिटलर । अधिकार जत्ति सबै आफ्नो हातमा लिएर चर्को राष्ट्रवादको नारामा लाखौँ जर्मनहरुलाई जिउँदै जलायो । सरकारको विरुद्धमा लाग्नु भनेको देशको विरुद्धमा लागेको आरोपमा हिटलरले एउटा यहुदी जातको नै जातीय नर संहार ग¥यो । अरु पनि सरकारविरुद्ध लागेको निहँुमा आफ्ना विरोधीहरुलाई सखाप पा¥यो ।

८. असल संविधानले पनि खराब शासक जन्माउँछ भन्ने उदाहरण हो वाइमर संविधान । आज पनि त्यो संविधानका प्रावधानहरुले जर्मनी संसारको सामाजिक न्याय भएको देशको रुपमा मानिन्छ । शिक्षा, स्वास्थ्य, आवास, शरणार्थीहरुको लागि सम्पूर्ण व्यवस्था भएको प्रजातान्त्रिक देशको रुपमा संसारमा गणना हुन्छ ।

मौनताका साथ आफ्नो देशको रक्षा गरिरहेको छ ।
९. हामी संविधानको भावना विपरीत गइरहेका छौँ कि ? संविधानको उदार प्रावधानलाई कसरी समाजवाद उन्मुख राज्य प्रणालीमा परिणत गरिरहेका छौँ ? मौलिक हकहरु संविधानका धारामा सीमित हुँदामात्र कार्यान्वयन भएको मानिँदैन ।

झन अहिलेको कोभिड १९को महामारीमा देखिएको समस्याजनक अवस्था र सरकारको कार्यप्रणालीको अक्षमता र असमन्वयकारी भूमिकाका कारणले डर के पैदा भयो भने सरकार जे पनि गरेको भन्ने अनि कसैले केही भएको नदेख्ने अनि संविधान दिवसको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले बोलेको कुराले झन डर उत्पन्न भएको छ कि मुलुकमा एउटा निरंकुश शासकको उदय पो हुन लागेको हो कि ? संविधान बोल्दैन , त्यो त अभ्यासमा मात्र देखिने हो ।

१०. र अन्त्यमा, सरकारलाई विपक्षीले मात्र सही बाटोमा लैजाने काम गर्ने हो । कहाँ छ विपक्षीको भूमिकाम रहेको कांग्रेस ? जनता प्रत्येक पाइलामा सरकारलाई सतर्क बनाउनका लागि विपक्षीको बाटो हेरेका छन् तर सरकार देखिन्छ तर विपक्षी देखिँदैन ।

सरकारका कामको मूल्यांकन गरेर संविधानको असल कार्यान्वयनका लागि विपक्षी किन मौन बसेको भनेर जनता चिच्च्याइरहेको छ, भोकले चिच्च्याइरहेको छ । रोगले मरिरहेको छ । तर खोइ त घाउमा मलम लगाउने विपक्षी ? कम्तीमा पनि सरकारलाई प्रजातान्त्रिक बाटोमा हिँड्न बाध्य पारको हेर्न चाहन्छन् नेपालीहरु । सरकार कुहिरोको काग बनेको बेलामा सरकारलाई ठिक बाटो देखाउने विपक्षी नै पो अलमलमा र दिग्भ्रमित भएको हो कि ? भन्ने पो लाग्न थालेको छ ।

सम्बन्धित समाचार

भारतमा काेराेना नियन्त्रण बाहिर जान थालेपछि राष्ट्रिय संकटकाल लगाउने तयारी
भारतमा काेराेना नियन्त्रण बाहिर जान थालेपछि राष्ट्रिय संकटकाल लगाउने तयारी
  • २०७७ आश्विन ९, १५: २३: २६

नयाँ विकल्प, काठमाडाैं- भारतीय नयाँ भेरिअन्टकाे काेराेना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि राष्ट्रिय संकटकाल लगाउन भारतकाे सर्वोच्चद्वारा आदेश, दिएकाे छ...

सरकारी तथा गैह्रनाफामूलक संघ–संस्थालाई भारत सरकारको एम्बुलेन्स तथा स्कुल बस उपहार
सरकारी तथा गैह्रनाफामूलक संघ–संस्थालाई भारत सरकारको एम्बुलेन्स तथा स्कुल बस उपहार
  • २०७७ आश्विन ९, १५: २३: २६

नयाँ विकल्पकाठमाडौं–काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ– संस्थाहरुलाई यही बैशाख ९...

कोरोनाको जोखिम बढेपछि पशुपतिनाथ मन्दिर आजदेखि बन्द
कोरोनाको जोखिम बढेपछि पशुपतिनाथ मन्दिर आजदेखि बन्द
  • २०७७ आश्विन ९, १५: २३: २६

नयाँ विकल्प, काठमाडाैं- पशुपति मन्दिर अनिश्चितकालका लागि बन्द गरिएकाे छ । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको...

भर्खरै

TOP