May 11, 2021, Tuesday

नेकपा खोटाङका ३४ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

नयाँ विकल्प,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी खोटाङका जिल्ला र गाउँपालिका स्तरका ३४ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं २ डाँडागाउँ बोफ्लुका ३४ जना नेकपाका अगुवा कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस खोटाङका महाधिवेसन प्रतिनिधि तथा युवा नेता भूपेन्द्र राईले जनाए ।

यसरी नेकपा परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुमा बुद्धिमान तामाङ, दिनेश तामाङ, दोर्जिङ तामाङ, सुनिल तामाङ, मनोज तामाङ, विश्वास तामाङ, गजिन्द्र तामाङ, ओमसिं तामाङ, दिपेन्द्र राई,सुरेन्द्र राई, निशान थापा, रविन थापा, गौरव राई, मिलन तामाङ, धनकुमार राई र महेश तामाङ रहेका छन् ।

त्यस्तै, नेकपाका ज्ञानेन्द्रकुमार थापा, सुनिता राई,सन्जु राइ लिम्बु, धनकुमारी राई, हिराधन राई, विन्द्रबहादुर भुजेल, भिमकुमार तामाङ, दिलकुमारी राई (तामाङ), सान्ताकला तामाङ, साङडोल्मा तामाङ, फूर्वा छिरिङ तामाङ, सुवास खड्का, सम्राट खड्का पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

फूर्वा छिरिङ तामाङ गत २०७४ साल असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सो गाउँपालिकाको वडा सदस्यको रुपमा नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका थिए ।

सोही ठाउँकी रामकुमारी राई, परिमान तामाङ, आङडोल्मा तामाङ, सुमन सुनाम र कौशल सुनाम पनि कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष तथा कांग्रेसका युवा नेता भुपेन्द्र राईले टिका र माला लगाई स्वागत गरेका थिए ।

यसअघि पनि सोही गाउँपालिकाका र खोटाङ जिल्लाका एक सय बढी नेकपाका जिल्ला र गाउँस्तरका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ आश्विन १०, २३: ३०: २२

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ आश्विन १०, २३: ३०: २२

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ आश्विन १०, २३: ३०: २२

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP