April 19, 2021, Monday

अदूरदर्शी नेतृत्वका विरुद्ध जिहाद

संसारका प्रायजसो मुलुकहरुको समृद्धि उक्त मुलुकहरुको मुल राजनैतिक नेतृत्व, नेतृत्वको कार्यकुशलता, वर्तमानका योजनाको स्तर, भविष्यका योजना तथा रणनीतिहरुको तर्जुमाका लागि गर्ने सम्भाव्य तथ्यगत परिस्थितिको पूर्वानुमान तथा विश्लेषण साथै सोही परिवेस अनुसारको निराकरणका उपायहरुको खोजी जस्ता कुराहरुमा निर्भर गर्दछ ।

प्रायजसो विश्वका धनि तथा विकसित मुलुकहरुको समृद्धि तथा विकासको स्थायित्वको मुख्य चुरो कुरा पनि यही हो । जुन कुराको पुष्टी वेला बखत धनि तथा विकसित मुलुकहरुमा अनायास नै पैदा हुने विभिन्न संकटका परिस्थितिहरु र उक्त परिस्थितिलाई सजिलै राज्यको मुल नेतृत्वले दिँदै आएको समाधानका उपायहरुलाई एकै ठाउँमा राखेर विश्लेषण गर्ने हो भने दूरदर्शी नेतृत्व के हो र यसको अर्थव्यवस्थामा के कस्तो भूमिका रहन्छ भन्ने कुराको बोधगम्यताका लागि थप समय खर्च गरीरहनु आवश्यक हुँदैन ।

संसारका कुनै पनि राज्यको शासकीय मूलतत्व नै राजनीति हो र यहि नीतिद्वारा नै समाज र मुलुकहरुको आवश्यकताअनुसार अन्य नीतिहरुको निर्माण भई सोही बमोजिम राज्य सत्ताको सञ्चालन हुन्छ भन्ने कुरामा दुई मत हुन सक्दैन । अपितु राजनीतिमा स्वछन्दता कायम हुन नसकेकै कारण विश्वका विभिन्न मुलुकहरु द्वन्द्व र विग्रहको चपेटामा परेका छन् भन्ने कुरामा कुनै दुविधा भने छैन ।

वर्तमान राज्यको मूलचाहना जनकल्याणकारितामा बृद्धि नै हो भन्ने कुरामा कुनै मतभेद छैन । तथापि अल्पविकसित मुलुकहरुमा जनकल्याणकारिताको बृद्धि जस्ता कुराहरुको बहसमात्र पनि वास्तविक र साँचो अर्थमा मूल केन्द्रीय राजनीतिक नेतृत्वमा रहेको अदूरदर्शी दृष्टिकोणका कारण हुन नसक्नु एक दुःखदायि विषयवस्तु हो । यसैको कारण पनि यस्ता मुलुकहरुमा जनकल्याणकारिता भन्ने विषयवस्तु जनताको पहुँचबाट धेरै टाढाको वस्तु अथवा आकाशको फल आँखा तरी मर भने जस्तो हुन पुगेको छ ।

मुलुकमा जनकल्याणकारिताको सिर्जना तथा बृद्धिका लागि राज्यद्वारा जनताको कल्याणकारितामा बृद्धि गर्ने खालका आयोजनाहरुमा भरपुर मात्राको लगानीका साथै जनकल्याणकारिताको क्षेत्र पहिचान गर्न अत्यावश्यक रहन्छ । जसका लागि राजनैतिक नेतृत्वमा सुझबुझ सहितको दीर्घकालिन दुरदृष्टि भएको राजनैतिक नेतृत्व अपरिहार्य रहन्छ ।

दीर्घकालसम्मको जनकल्याणकारिता र आवश्यकतालाई पहिचान गर्न सक्ने राजनैतिक नेतृत्वले मात्र मुलुक बाहिर र मुलुकभित्र पनि बेलाबखत उत्पन्न हुने असमझदारीहरुलाई बेलैमा खुट्याएर आन्तरिक तथा बाह्य रुपमा बन्न सक्ने अविश्वास तथा असमझदारीहरुलाई बेलैमा के कसरी सिर्जना भएर उक्त अवस्थाको सहज निकास के हुन सक्छ भन्ने कुरालाई बेलैमा प्रष्ट पारी दुरदर्शीताबाट समाज तथा मुलुकलाई थप असमझदारी तथा अविश्वासको सिर्जना हुनबाट एकातर्फ जोगाउँछ भने अर्कोतर्फ थप विग्रह र सामाजिक विसंगति र नैरास्यताबाट मुलुक र जनतालाई मुक्त गर्न सक्दछ ।

साथै दुरदर्शी नेतृत्वले भविष्यमा यस्ता अविश्वासहरु, असमझदारी र विग्रहहरुलाई मुलुकमा प्रश्रय नपाउने अवस्थाको कसरी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ पनि ध्यान केन्द्रित गर्दछ । यसका अलावा राज्यको मुल नेतृत्व मुलुकका समस्याहरुको अल्पकालिन समाधानका लागि सफल हुनुका साथै दीर्घकालिन समाधानको बाटो पहिल्याउन पनि सफल रहन्छ ।

अतः सक्षम तथा दूरदृष्टिकोण सहितको राजनीतिक नेतृत्वमात्र मुलुकभित्र र बाहिर बेलाबखत सिर्जना हुने टकरावहरु, असमझदारीहरु, अविश्वासहरु र असहयोगहरुलाई बेलैमा समाधान गरी मुलुक र जनतामा यस्ता कुराहरुका कारण सिर्जना हुन सक्ने थप दवाव र अफ्ठ्याराहरुलाई समाधान गर्न सक्षम रहन्छ ।

साथै यस्तो नेतृत्वको छत्रछाँयामा मात्र दीर्घकालसम्म जनताले कुनै पनि समस्याहरुको समाधानका लागि रुमल्लि रहनु पर्दैन जसकाकारण जनकल्याणकारिताको सरल बृद्धिमा जोड दिँदै मुलुकलाई निदृष्ट ढाँचासहितको संवृद्धितर्फ उकालो लगाउन सकिन्छ । अन्यथा अथाह सम्भावनाकाबीच पनि मुलुक केवल चुनौतिहरुको मात्र सामना गरी गरिवी, पछौटेपन, अविकासको भूमरिबाट गुज्रिरहनुपर्ने अवस्थाको सिर्जना हुने गर्दछ ।

विश्वका प्रायजसो मुलुकहरुमा राजनैतिक स्थिरता र स्थायित्वको स्तर पनि विद्यमान राजनैतिक नेतृत्वको दुरदर्शिता तथा कार्यकुशलता जस्ता कुराहरुद्वारा निर्धारित हुने गर्दछ । विश्वका विभिन्न मुलुकहरुमा विद्यमान रहेका राजनीतिक परिपाटीका अभ्यासहरुलाई नियालेर विश्लेषण गर्दा के कुरामा प्रष्ट हुन सकिन्छ भने राजनैतिक दूरदर्शिता भएका नेतृत्व पंक्तिले मात्र मुलुकलाई लामो समयसम्म निश्चित राजनीतिक ढाँचामा वा पद्दतिमा डो¥याउन सक्दछ । निश्चित दूरदृष्टीको प्रदर्शन सहित अगाडि बढेको राजनीतिक नेतृत्वले मात्र मुलुकलाई राजनैतिक स्थायित्व प्रदान गर्न सकेका दृष्टान्तहरु हाम्रा सामू प्रशस्तै छन् ।

अनमोल सम्पदाहरुको भण्डार भएर पनि मुलुकहरु कसरी गरिवि र अभावको दुश्चक्रमा फसी रहन बाध्य छन् भन्ने कुराको उदाहरण पनि हाम्रा सामू नभएका होइनन् । राजनैतिक स्थायित्वको जगमा नै उभिएर नै मुलुकहरुले अन्य क्षेत्रगत (शिक्षा, उद्योग, वाणिज्य, व्यापार, स्वास्थ्य, पर्यटन, सेवा, कृषि, बजार, भौतिक पूर्वाधार, सिंचाइ, आदि) संबृद्धि हासिल गरेको देखिन्छ ।

माथिको छलफलका आधारमा के मा प्रष्ट हुन सकिन्छ भने कुनै पनि मुलुकको दीर्घकालिनहित तथा समृद्धिका लागि राजनैतिक स्थायित्व एक अपरिहार्य शर्तहो भने राजनैतिक स्थायित्वका लागि दूरदृष्टि राख्ने र मुलुक तथा जनताप्रति बफादार राजनेता अर्को अनिवार्य शर्त हो ।

माथि उल्लेख गरिएका दुई कुराहरुको उच्चतम समन्वयात्मक उपस्थितिमा मात्र मुलुक वाञ्चित जनकल्याणकारिता सहितको संबृद्धिको बाटोमा अगाडि बढ्न सक्दछ । अन्यथा जनतामा उत्कर्ष इच्छा हुँदाहुँदै पनि मुलुक सधंै विश्वमान चित्रमा नै पिछडिएर उभिन बाध्य रहन्छ ।

राजनैतिक स्थायित्वका लागि दूरदर्शी नेतृत्वको सन्दर्भलाई नेपाली अर्थव्यवस्थाका वर्तमान चरित्रसँग जोडेर विश्लेषण गर्ने हो भने नेपाली अर्थव्यवस्थाका वर्तमान वेथिति, विग्रहका दिनप्रतिदिन देखिन थालेका श्रृंखलाबद्ध घटेका घट्नाक्रमलाई नियाल्दा मुलुकको यस्तो दयनीय अवस्थाको कारक तत्वको रुपमा वर्तमान नेपाली समाजमा विद्यमान राजनैतिक नेतृत्वको अदूरदर्शीता र असक्षमता हो भन्ने कुरामा दुईमत हुन सक्दैन । तथा पियसका लागि आम नेपाली जनमानसहरुमा सदियौँदेखि विद्यमान रहेको सामाजिक, राजनैतिक तथा संरचनागत सोंचहरु पनि त्यति कै जिम्मेबार छन् ।

विगतमा मुलुकको एक निश्चित भूभागलाई केन्द्रमा राखी पुरै मुलुक नै ठप्प हुने गरी ३ महिनादेखि भएको मधेश आन्दोलन र यही आन्दोलनलाई देखाएर भारतद्वारा नेपालको सार्वभौम संविधानमाथि देखिएको ठाडो हस्तक्षेप तत्कालिन नेपाली काँग्रेस सरकारले अघोषित नाकाबन्दीको सम्बन्धमा साँधेको मौनता र त्यसपछि एमाले सरकारले छेडेको वाक्प्रतियोगिता र सरकारको आन्तरिक वस्तु आपुर्ति र पेट्रोलियम पदार्थको कम ढुवानिका बखत देखिएको क्रियाकलाप र व्यवहारलाई एउटै बास्केटमा राखेर विश्लेषण गर्ने हो भने नेपाली नेतृत्वको आन्तरिक तथा बाह्य समस्याहरुको बुझाइको स्तर र यसको समाधानका लागि दृष्टिकोण निर्माणमा दूरदर्शिता छैन भन्ने कुरा बुझ्न त्यति गाह्रो छैन ।

गणतन्त्रको संस्थागत व्यवहार भनेको नै भागबण्डा, आफन्तवाद र आफूलाई लागेको कुरा नै विचार हो भन्ने गलत दम्भका कारण नै पछिल्लो समय यो रोग क्षेत्रीय स्तरका आन्दोलनकर्ताहरुका सरेको स्पष्ट हुन्छ ।

अन्यथा, मधेशकै ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरुद्वारा पारित गरिएको संविधान कि न मधेसी जनताकै विचमा आलोचित भयो भन्ने भ्रमको सिर्जना मात्र हो वावास्तविकता हो भन्ने कुरा प्रस्ट गर्न बाँकी समय गरिरहनु पर्दैन । तर एउटा कुरा के प्रष्ट हो भने नेपाली राजनीतिको मूल नेतृत्व केवल आफ्नो दलगत, गुठगत स्वार्थमा लिप्त हुने प्रवृतिमा हुदै गएको वृद्धिले समस्यालाई बढाउन भूमिका निर्वाह गरेमा यसलाई अनौठो मान्नु पर्ने देखिँदैन ।

नेपालको आन्तरिक मामलामा भारत लगायत अन्य विदेशी मुलुकहरुले हस्तक्षेप गरेभनेर कुर्लिन समय खर्चिन भन्दा आन्तरिक रुपमा समस्या समाधान निश्चित मापदण्ड बनाइ अगाडि आउने परिस्थितिको सिर्जना गर्न नसक्नु नै नेतृत्वमा दूरदृष्टिको कमीहो भन्ने कुरा बुझाइरहनु पर्दैन ।

नेपाली समाजमा राजनीति क्षेत्रमा बढ्दै गएको कुसंस्कार र असहिष्णु विचारलाई बेलैमा रोक्न नसके अरु धेरै विदेशी हस्तक्षेप र ऐक्यबद्धता नेपाललाई हेर्ने भारत नीतिले बाँकी विश्वबाट पाउनेछ । यसो भए हामी अझ धेरै जर्जर रकमजोर हुनेनी निश्चितः प्राय छ ।

अतःप्रभावकारी नेतृत्वविना समस्याको समाधान कल्पनामात्र रहने छ । यसलाई मनन गरी दलीय स्वार्थभन्दा माथि उठेर दुरदर्शिताका साथ समस्या समाधान गर्न वर्तमानको नेतृत्व क्रियाशिल हुन ढीलो प्राय भइसकेको देखिन्छ ।

सबै पार्टी र नेतृत्वमा कमसल व्यक्तिहरुको प्रतिस्थापनबाट मात्र यो सम्भव हुने देखिन्छ । यसका लागि आजैबाट सवै दलका इमान्दार नेता तथा कार्यकर्ताहरुले कुशल नेतृत्व भावी नेपालको उज्ज्वल भविश्यका लागि भनि वर्तमानको अदूरदर्शि नेतृत्वका विरुद्ध जिहाद छेड्नु पर्ने देखिन्छ ।
(लेखक आर्य स्कुलका संस्थापक प्राचार्य हुन् ।)

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ आश्विन १२, ११: ०२: ०२

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ आश्विन १२, ११: ०२: ०२

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ आश्विन १२, ११: ०२: ०२

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP