November 24, 2020, Tuesday

दोब्बर बढी भाडा तिरेर नेपाल फर्किएकाकाे गुनासोः उद्दारको नाममा सरकारले गर्याे गद्दारी


नयाँ विकल्प

काठमाडौं – कोरोना संक्रमणका कारण माल्दिभ्समा रोजगारी गुमाएर अलपत्र  बनेका काठमाडौं थानकोटका चित्र मैनाली ठुलै भनसुन (सोर्स फोर्स) गरेर नेपाल फर्किए ।

नेपालमा आफ्नै साथी ट्राभल्स एजेन्सी सञ्चालक नभएको भए सायद मैनाली नेपाल फर्किन पाउने थिएनन् ।  लामो समय बेरोजगार बनेर बिदेशमा अलपत्र बनेका मैनालीका साथी चितवनका रमेश थापा पनि मैनालीकै साथीको भनसुनमा बल्ल तल्ल हवाई टिकट पाएर नेपाल फर्किए ।

काठमाडौंका मैनाली र  चितवनका थापाले माल्दिभ्सबाट काठमाडौ फकिर्दा ठुलै युद्ध जेतेको महशुस गरे । थापा र मैनाली माल्दिभ्समा होटलमा काम गर्छन, कोरोना संक्रमणको कारण होटल बन्द भएपछि उनीहरु बेसाहरा जस्तै बनेका थिए ।

नेपालबाट माल्दिभ्सको एकतर्फी हवाईभाडा औषत ३० हजार पर्छ । हिमालय एयरलाईन्सको विमानबाट उद्धारको नाममा नेपाल फर्किएका थापा र मैनालीले एकतर्फीकाे जनही ६० हजार तिरे, त्यो पनि ठुलो सोर्सफोर्सबाट ।

दोब्बर भाडा तिरेर काठमाडौं उत्रिएका उनीहरुलाई सिसिएमसीले सामान्य होटलमा राख्यो, १४ दिन क्वारेन्टिनमा बस्ने सर्तसहित नेपाल ल्याइएका उनीहरूलाइ एक दिन समान्य होटलमा बसेको मात्र ४ हजार असुलियो ।
१४ दिनपछि घरमा पुगेका थापा र मैनालीको गुनासो छ हामीलाइ उद्धारको नामामा सरकारले नै गद्धारी गर्यो । दोब्बर पैसा तिरेर हामी नेपाल आउँदा कसरी भयो उद्धार ? मैनाली प्रश्न गर्छन् ।

काठमाडौं ओर्ले पछि थापा र मैनालीले भोगेको अनुभव पनि आफैमा अनौठो  छ । हिमालय एयरलाईन्सको जहाजमा  नेपाल आउँदासम्म कुनै कुनै स्वास्थ्य मापडण्ड अपनाईएन, जो जहाँ गएपनि बसेपनि कुनै मतलब नै भएन ।

तर काठमाडौं ओर्लिएपछि  भने यात्रुहरुमाथी  गरिएको ब्यावहार उनीहरुलाई अनौठो थियो । जहाजबाट ओर्लेपछि प्रत्येक यात्रुलाई दुई मिटरको दुरीमा राखेर  चेकजाँजपछि विमानस्थल बाहिरसम्म ल्याइयो उनीहरुले सम्झे सरकारले राम्रो मापडण्ड बनाएको रहेछ ।
नेपाली सेनाको टोलीले उनीहरुलाई बसमा राखेर होल्डिङ सेन्टर पुर्याउँदा भने उनीहरुको विश्वास तोडियो , कारण एकछिन पहिले अपनाइएको  स्वास्थ्य मापडण्ड मिच्दै बसमा भेडा बाख्रा जस्तै कोचेर होल्डिङ सेन्टरसम्म पुर्याइयो ।

होटलमा ल्याएर राखियो । नयाँ विकल्पको टिम उनीहरु बसेको सिनामंगलस्थित होटलमा पुग्दा  सानो कोठामा दुईजनालाई राखिएको थियो । मैनाली र थापाका अनुसार उक्त कोठाको भाडा दिनको ४ हजार थियो ।

अन्य समयमा कोठाको बढिमा १ हजार पर्ने कोठाको ४ गुणा बढी मुल्य तिरेर घरमा पुगेका उनीहरुको एउटै गुनासो छ , चारगुणासम्म बढी पैसा तिरेर नेपाल फर्किएका हामीलाई सरकारले किन उद्धार गरेको झुटाे दावी गरीरहेको छ ।
     
सरकारले कोरोना संक्रमणका कारण रोजगारीका लागि विभिन्न देशमा पुगेर अलपत्र परेका ७६ हजार ९ सय ७६ नेपाली उद्धार गरेको जनाएको छ । सरकारले आफुहरुलाई उद्धार गरेको भन्दै प्रचार गरिरहेका बेला थापा र मैनालीले साे दाबीलाइ झुटाे सावित गरिदिएका छन् ।

सरकारले पछिल्लो ६ महिनाको अबधिमा ३२ देशमा रोजगारीकालागि पुगेर अलपत्र बनेका ८० हजार १६ जना सहित १ सय ७५ सव नेपाल ल्याएको थियाे । अलपत्र नेपालीमध्ये सवैभन्दा बढी युएईबाट २२ हजार २ सय १४ जनालाई सरकारले ल्याएको जनाएको छ ।
नेपाल सरकार कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टरले ( सिसिएमसी ) जारी गरेको विज्ञप्ती अनुसार असाेजज ८ गतेसम्म भएका विभिन्न उडानमा उनीहरुको उद्धार गरिएको जनाएको छ ।

सिसिएमसीका अनुसार अफगानीस्तानबाट–५०,अस्ट्रेलियाबाट–१ हजार ९१, ओमान –११ सय ५०, कतारबाट–१० हजार ३०६, म्यानमारबाट–२६, कुवेतबाट ८ हजार ३३५ , जापानबाट १ हजार ७५४, थाईल्याण्डबाट–३२६ जना अलपत्र परेका नेपालीलाइ ल्याईएको छ ।

त्यस्तै दक्षिण कोरियाबाट–१ हजार ४४७, बंगलादेश–८८८,मलेसिया–११ हजार ३२५,माल्दिभ्स–८५३,श्रीलङ्का–५,युएई–२२ हजार २१४, साउदी अरेविया, ११ हजार ८१९,सिंगापुर–५५५, हङकङ–३२५, पाकिस्तान–१११,बहराईन– १ हजार २७४, अमेरीकाबाट–४३० जना नेपालीलाई उद्धार गरिएको जनाएकाे छ

सिसिएमसीले वेलायतमा अलपत्र २२९, इजरायल–१२७, चाईना ३३०, टर्की–९३६, फिलिपिन्स–२०१,स्विट्जरल्याण्ड–१०, दक्षिण सुडान–२५०,सेन्टर अफ्रिकन रिपब्लिक–६८ भारत–८५,ईराक–३९, साईप्रस–६४,जोर्डन–३१७ गरि जम्मा ७६ हजार ९ सय ६७ जना अलपत्र नेपालीको उद्धार गरिएको जनाएको छ ।
     

सम्बन्धित समाचार

हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
  • २०७७ आश्विन १२, ११: २९: १२

नयाँ विकल्प काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर...

बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते,  आराेपीकाे घर जलाइयाे
बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे
  • २०७७ आश्विन १२, ११: २९: १२

नयाँ विकल्प बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ...

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
  • २०७७ आश्विन १२, ११: २९: १२

नयाँ विकल्प, काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।...

भर्खरै

TOP