नयाँ विकल्प,
काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शुक्रबार राखेको मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई भनेका थिए – अब तपाईहरुसंग यो हैसियतामा भेट नहुन सक्छ, दुख नमान्नुहोला। तर उनको सो बिदाईपछि लगातर मन्त्रिपरिषदको बैठक बसीरहेको छ।
बिहीबार मात्रै प्रधानमन्त्री ओलीले बिदाई गरेका मन्त्रीहरुको तेस्रो बैठक बस्यो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रीहरुका बिषयमा कुरा नमिल्दा मन्त्रिपरिषद पुनर्गठन हुन सकेको छैन। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।
बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।
ती मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ । आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।
उनको औपचारिक संसदीय सुनुवाई समितिले शिफारिस गरेपछि उनलाई राष्ट्रपति समक्ष औपचारिक शिफारिस गरिने छ।
नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...
नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...
नयाँ विकल्पदमौली–तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाईन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी...