January 15, 2021, Friday

गुप्तचरी प्रहरीकाे परिक्षामा नक्कली इन्सपेक्टर

नयाँ विकल्प ,

पर्सा –  नेपालकाे गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागकाे सहायक सूचकको परिक्षामा परिक्षा सञ्चालक नै नक्कली प्रहरी घुसेपछि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रहरी निरिक्षककाे पाेशाकमा परिक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजयकुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा अनुसन्धान सहायक सूचकको परीक्षा संचालन भईरहेको भन्ने खबर पाएपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई रायले परीक्षा संचालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उक्त परीक्षामा  पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
  • २०७७ आश्विन १५, १५: ३३: २६

नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...

शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
  • २०७७ आश्विन १५, १५: ३३: २६

नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...

तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
  • २०७७ आश्विन १५, १५: ३३: २६

सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...

भर्खरै

TOP