नयाँ विकल्प ,
काठमाडौं –वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको आज पनि सुनुवाई हुँदै छ। संबैधानिक इजलासकाे पेशी सूचीमा पहिलो नम्बरमा यो रिट परेको छ।
गौतम पक्षबाट बहस गर्नका लागि करिव ४० जना कानून ब्यबसायीले बहस गर्न नाम लेखाएका छन् । तर उनीहरुका लागि २ घण्टाको समय छुट्याइएकाे छ। बुधबार संवैधानिक इजलासमा सुरु भएको गौतमविरुद्धको रिट निवेदनको बहस नसकिएर शुक्रबारका लागि हेर्दा हेर्दैमा थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए। बुधबार रिट निवेकदकका तर्फबाट त्रिपाठी, अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गरेका थिए।
गौतमको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गरेका थिए। गौतमविरुद्धको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशरु दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ,र ईश्वर प्रसाद खतिवडा रहेको सबैधानिक ईजलासमा भइरहेकाे छ । .
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...