April 23, 2021, Friday

प्रदेश राजधानी दाङकाे भालुवाङ बनाउने प्रदेश ५ सरकारकाे निर्णय

नयाँ विकल्प ,

बुटवल –प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । अस्थाइ राजधानी रूपन्देहीकाे बुटबलमा रहेकाेमा स्थायी राजधानी सार्ने निर्णय प्रदेश सरकारले गरेकाे हाे ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच सहमति भएलगत्तै प्रदेश ५ को मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले दाङको भालुवाङ बजारसहित वरपरका स्थानीय तहलाई समेटेर प्रदेश राजधानी तोक्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भालुवाङ बजारलाई केन्द्र बनाई त्यस वरपरका स्थानीय तहहरु दाङकै राप्ती, गढवा र अर्घाखाँची जिल्लाको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी तोक्ने निर्णय गरेको हो ।

प्रदेशकाे नाम र राजधानी अन्तिम निर्णय गर्न भने प्रदेश संसदकाे दुइतिहाइ सदस्यबाट अनुमाेदन गराउनु पर्छ । प्रदेश ५ काे सरकार नेकपाले झण्डै दुइ तिहाइ बहुमतका साथ नेतृत्व ग रिरहेकाे छ ।

ब्यापारीक हिसावले केन्द्रमा रहेका बुटबलमा रहेकाे राजधानी दाङ सार्ने प्रदेश सरकारकाे निर्णय कार्यान्वयन गर्न चर्काे जनदवावकाे सामना भने प्रदेश सरकारले गर्नु पर्ने दखिन्छ ।

प्रदेश ५ को राजधानी भालुवाङमा राख्ने प्रदेश ५ को मन्त्रीपरिषद्ले निर्णय गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच त्यहाँ प्रदेश ५ को राजधानी राख्ने सहमति जुटेको हो ।

प्रदेश सभाका सांसदहरुबीच हमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा सांसदबीच मतभेद थियो ।

प्रदेश ५ को नेकपाका इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए । पूर्वमाओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय नै गरेको थियो ।

नेकपा पूर्वमाओवादीले प्रदेश कार्यालयसमेत दाङमै खोलेर दाङलाई नै प्रदेश ५ को राजधानी बनाउने निर्णय गरेका थिए । तर पूर्वएमाले भित्र मुख्यमन्त्री तथा प्रदेश ५ का पार्टी इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलसहितका केही नेता मात्र दाङको पक्षमा थिए ।

पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा भए पनि नेकपा महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा थिए ।

ओली र प्रचण्डबीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि महासचिव विष्णु पौडेल भने नेताद्वयले आफ्नो सुझाव र भावना विपरित निर्णय गरेको भन्दै रुष्ट बनेका छन् ।

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए । बागमती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो ।

राप्ती नदीको पश्चिमतर्फ रहेको भालुवाङ बजार दाङको राप्ती गाउँपालिकामा पर्छ । भालुवाङ प्रदेश ५ को भौगोलिक दृष्टिले मध्यभागमा पर्छ ।

भालुवाङबाट पहाडी जिल्ला प्युठान, अर्घाखाँची र रोल्पासमेत जोडिने भएपछि नेकपा भित्रमा पूर्वमाओवादी भालुवाङकै पक्षमा थिए । भालुवाङ अर्घाखाँची जिल्लाको शितगंगा गाउँपालिकाका पश्चिमी सीमासँग जोडिएको छ ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ आश्विन १६, १४: ११: ४७

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ आश्विन १६, १४: ११: ४७

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ आश्विन १६, १४: ११: ४७

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP