नयाँ विकल्प,
काठमाडाैं- सत्याग्रहमा रहेका डाक्टर गाेविन्द केसीकाे बार्ता टाेलि र सरकार पक्ष विच सिंहदरबारमा बार्ता सुरू भएकाे छ ।
सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ।डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार पौने ११ बजेदेखि सुरू भएको वार्ता अहिले पनि सिंहदरबारमा जारी छ।
सरकारले अनसन स्थगत गर्न डाक्टर केसीलाई आग्रह गरे पनि उनले माग पूरा नभई अनसन नतोड्ने अडान लिएका छन्।विभिन्न ६ बुँदे माग राखेर प्रा डा केसी गत २५ दिनदेखि अनसन बसेका छन्।जुम्लाबाट अनसन सुरू गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन्। उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गइरहेको छ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...